×

NMB BANK
NIC ASIA

जग्गा नापजाँच द्रूतगतिमा अघि बढाउन राष्ट्रिय भूमि अधिकार मञ्चको माग

चैत ४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल जिल्ला कार्यसमिति कञ्चनपुरले जिल्लाका पालिकामा सञ्चालन भइरहेको जग्गा नापजाँचको कार्य द्रूतगतिमा अघि बढाउन माग गरेको छ । 

Muktinath Bank

भूमि सम्बन्धी ऐन (आठौं संशोधन) र भूमि सम्बन्धी नियम अठारौं संशोधनको व्यवस्थाअनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनलाई प्रभावकारी बनाउन आवधिक लक्ष्य निर्धारण गरी सोहीअनुसार बजेट, जनशक्ति र उपकरणको व्यवस्थापन गरी कामलाई गति दिनुपर्नेमा जोड दिइएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भूमि सम्बन्धी ऐन र नियममा भएको व्यवस्थाअनुसार जिम्मेवार निकायलाई प्रभावकारीरूपमा परिचाल नगर्न सैद्धान्तिक र व्यवहारिक ज्ञान सीपका लागि प्रशिक्षणको व्यवस्था गरिनुपर्ने मञ्चका जिल्ला अध्यक्ष कर्णबहादुर बानियाँले बताए । ‘जग्गासम्बन्धी समस्या समाधानका लागि स्थानीयतहमा (पालिका र वडा) सहजीकरण समिति निर्माण गरि परिचालन गर्ने कानूनी व्यवस्थालाई महत्त्वपूर्ण अवसरको रूपमा लिई त्यसलाई जिम्मेवार र सक्षम बनाउन पहल गरिनुपर्छ,’ उनले भने, ‘समितिमा भूमि, आवासको क्षेत्रमा काम गरी अनुभव भएका र स्वस्फूर्तरूपमा योगदान दिन सक्ने व्यक्तिलाई अनिवार्य समावेश गरिनुपर्छ ।’ 


Advertisment
Nabil box
Kumari

भूमिसम्बन्धी नियममा उल्लेख भएअनुसार चरणबद्ध काम गरी व्यवस्थापन प्रक्रियालाई व्यवस्थित र भरपर्दो बनाउनुपर्ने उनको भनाइ रहेको छ । स्थानीय तहमा जनशक्ति अभावले कामका ढिलाइ भइरहेको हुँदा त्यसको व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोगमार्फत पहल गरिनुपर्ने मञ्चका केन्द्रीय सस्दय नन्दादेवी जोशीले बताइन् ।

Vianet communication
Laxmi Bank

‘आगामी वर्षका लागि आवश्यक हुने बजेट अनुमान गरी संघ र प्रदेश तहमा समन्वय गरिनुपर्छ,’ उनले भनिन्, ‘भूमि व्यवस्थापनको कार्यलाई दीगो र सहज बनाउन स्थानीय भूउपयोग योजना तर्जुमा प्रक्रियामा समन्वयकारी भूमिका निर्वाह गरिनुपर्छ ।’ स्थानीय परिवेशमा आधारित भूउपयोग योजना निर्माणका लागि सहजीकरण गरिनुपर्ने उनले उल्लेख गरिन् ।

‘कतिपय ठाउँमा जग्गा विवाद, जोखिम क्षेत्र भनी नापजाँचको कार्य नै गरिएको छैन,’ उनले भनिन्, ‘यसले भूमि समस्या समाधान प्रक्रिया अधुरो रहने भएकाले समग्र समस्या समाधान हुने गरी जग्गा नापजाँच गरिनुपर्छ ।’ 

राजस्व निर्धारण प्रक्रिया झन्झटिलो, महंगो भएका कारण सानो जग्गा भएका भूमिहीनलाई जग्गादर्ता गराउन समस्या भएकाले यसलाई सहज र सस्तो बनाइनुपर्ने राष्ट्रिय भूमि अधिकार मञ्चका सुदूरपश्चिम प्रदेश महासचिव रामबहादुर चुनाराले बताए ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोेबासी र जग्गासम्बन्धीको अधुरा कार्य (सेतो पुर्जा) को व्यवस्थापनका लागि सैद्धान्तिक प्रशिक्षण, लगत संकलन, छानबिन र जग्गा नापजाँचको प्रक्रिया यथाशीघ्र अगाडि बढाइनुपर्ने उनले बताए । राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुंगानाले आयोगको कार्य विधिअनुसार कामकाज अघि बढेको उल्लेख गर्दै केही स्थानीय तहको व्यवस्थापनका कारण समस्या देखिएको बताए । दक्ष जनशक्ति अभावका कारण पनि जग्गा नापजाँचको कार्यलाई द्रूत गतिमा अगाडि बढाउन समस्या भइरहेको उनको भनाइ थियो ।

राष्ट्रिय भूमि आयोगका कामकाज सुस्त भएपछि भूमिहीन परिवारले महेन्द्रनगरमा प्रदर्शन गरेर दबाब दिएका छन् । राष्ट्रिय भूमि अधिकार मञ्चको अगुवाइमा भूमिहीन परिवारले प्रदर्शन गरी आयोग र स्थानीय तहलाई माग पत्र बुझाएका छन् । कञ्चनपुरमा हालसम्म भूमिहीन दलित २ हजार २९८, भूमिहीन सुकुम्बासी २ हजार ७२८, अव्यवस्थित बसोबासी ६३ हजार ९३७ गरी ६८ हजार ९६३ र विगतको अधुरो कार्य (सेतो पुर्जा) का ४ हजार ९६७ परिवारको लगत संकलन गरिएको छ । 

राष्ट्रिय भूमि आयोग जिल्ला समिती कञ्चनपुर, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकामा मञ्चले अवधारणा, मागपत्र तयार गरी भूमिअधिकार वञ्चितको सहभागितामा र्‍याली, प्रदर्शन, गरी सरोकारवाला निकायलाई मागपत्र पेश गर्ने कार्य गरिरहेको छ । जग्गा नापजाँचको कार्यलार्ई गतिशील बनाउन भूमि अधिकार प्राप्तिका लागि खबरदारी अभियानका कार्यक्रम अगाडि बढाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x