फागुन १८, २०७९
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीबाट लेखिएको ‘नइ र मेरो शताब्दी’ नामक निबन्ध कृतिको लोकार्पण गरेका छन् । सो कृतिका सम्पादक रहेका जोशीका ...
तिनताका गोपाल अध्यात्मदर्शन सम्बन्धी स्तम्भ लेख्ने गर्थ्यो । उसले जागिरको शुरूआती दिनदेखि नै नियमित गर्दै आएको थियो यसलाई ।
सायद त्यसै भएर हुनुपर्छ, बरोबर आध्यात्मिक सभा, गोष्ठी, सेमिनार, कार्यक्रम आदिमा निमन्त्रणा आउने गर्थ्यो । उसले पनि यथासम्भव सबैमा सहभागिता जनाउँदै आएको थियो । बिदाको दिन खासै अप्ठ्यारो थिएन । अघिपछि साँझ बिहानको समय भ्याउँथ्यो, लामो कार्यक्रम पर्दा भने बिदा लिने गथ्र्यो ।
एकपटक समाज विकास तथा अनुसन्धानको कामसित सम्बन्धित संस्थाद्वारा आयोजित कार्यक्रममा भाग लिन गोरखा जौवारीको धनसारसम्म जानुपर्ने भयो, संस्थाका तत्कालीन अध्यक्ष धिताल थरी सज्जनको निमन्त्रणामा । उनकै निर्देशनमा त्यहाँका महिला समूहले दैनिक १० मिनेट दान कार्यक्रमबाट कृष्ण मन्दिर बनाएका रहेछन् । त्यसैको उद्घाटन कार्यक्रममा जानुपर्ने भएको थियो ।
सेवा धर्मको पक्षपाती धितालजी जति मृदुभाषी थिए, त्यत्ति नै सहयोगी मनका धनी । गोरखा खरीबोटका धिताल परिवार सबै परोपकारीमै पर्छन् । यसमा उनी मात्र अपवादमा पर्ने कुरै भएन ।
त्यतिबेला अहिले जस्तो यातायात साधनको सहज पहुँच थिएन । सदरमुकामसम्म बस चले पनि त्यहाँबाट झण्डै १ दिन हिँडेर मात्र धनसार पुग्न सकिन्थ्यो । अहिले कस्तो छ कुन्नि ! सायद मोटर बाटो पुगिसकेको होला तर त्यतिबेला पैदल हिँड्नुको विकल्प थिएन । साथमा थिए शुरूदेखि नै संस्थाको विकासमा तन र मन दिँदै आएका मित्रद्वय न्यौपाने र अधिकारी थरका सज्जनहरू । बाटामा खासै अप्ठ्यारो परेन । मिलनसार मित्रहरूको साथ पाउँदा कतिबेला सदरमुकाम पुग्यो, पत्तै पाएन उसले । त्यसरात बिसौनी होटलमा बिताएर भोलिपल्ट सखारै धनसारतिर लाग्यो ।
यतिबेला उसलाई राम्रै लज्जाबोध भयो उसलाई । कारण उसले बडेमानको सुटेकेश बोकेर गएको थियो । जब ऊ सुटकेस झुण्ड्याएर हिँड्न लाग्यो, तब साथीहरूले बाध्य भएर भने, ‘सुटकेस लिएर जान त्यति सहज नहोला । बरु सामान के–के छ दिनुस्, हामी झोलामा राखिदिनेछौं ।’
साथीहरूले किन त्यसो भने तत्काल नबुझे पनि उनीहरूको आग्रहअनुसार सुटकेश त्यहीँ छाडी झोला भिरेर हिँडेको थियो ऊ । केही पर पुगेपछि पो थाहा पायो किन त्यसो भनेका रहेछन् भन्ने कुरा । बर्खा मासमा गाउँको बाटो किन हिँडिसाध्य हुन्थ्यो र ? कतै आली, कतै कुलो, कतै खोला र कतै खेतैखेत । त्यस्तो बाटोमा बडेमानको सुटकेश झुण्ड्याएर गएको भए हालत के हुन्थ्यो होला ? धन्य साथीहरूले सचेत गराएकाले त्यस्तो नौमत व्यहोर्नुपरेन तर त्यति सानो कुरामा पनि बुद्धि नपुर्याउने आफ्नो बाल बुद्धि सम्झेर लाज लाग्न भने अहिलेसम्म पनि छाडेको छैन उसलाई ।
खेत, पाखा, वन र दरौंदीको तिर हुँदै साँझपख जौवारी धन्सार पुग्यो । त्यहाँ पुगेपछि पो थाहा पायो सो संस्थाले गाउँको स्वरूप त अर्कै पो बनाइसकेको रहेछ । भदौको महिनामा पनि बाटोघाटोका सरसफाइ त्यतिकै, धारा, कुवा तथा पानी पँधेरोको सरसफाई त्यतिकै । सबैभन्दा ठूलो कुरा त एक घर एक चर्पीको अभियान राम्रो लाग्यो उसलाई ।
यी सबै संस्थाको नियमित बचत र १० मिनेट दान कार्यक्रमको करामत रहेछ । अर्को कुरा एक घर एक अतिथि लगायतका केही अभियानबाट ग्रामीण पर्यटन विकासको खाका पनि त्यतिबेलै कोरिसकेको रहेछ ।
घरगाउँको अवस्था अहिले कस्तो छ कुन्नि सायद अन्यत्र पनि एक घर एक चर्पी नै होलान् तर त्यतिबेलासम्म प्रायः सबैतिरका ग्रामीण महिला–पुरुष खुला स्थानमै शौच गर्न बाध्य हुन्थे, जसले गर्दा हिउँदयाममा नानाभाँतीका रोग फैलिने गथ्र्यो भने बर्सातको मौसममा हिँडडुल गर्न निकै मुस्किल पथ्र्यो स्यूस्यू लागेर । त्यसै भएर संस्थाले सर्वप्रथम एक घर एक चर्पीको अभियान चलाएको रहेछ ।
हाल गाउँघरमा घरैपिच्छे जे–जति चर्पी देखिएका छन्, त्यसको गर्भाधान यहीँबाट भएको हो भन्न त्यति अप्ठ्यारो मान्नुपर्ला जस्तो लाग्दैन ।
नियमित बचत र स्वास्थ्य बीमाको शुरूआत पनि यहीँबाट भएको जस्तो लाग्छ । यसो त विश्वमा सहकारीको नामबाट नियमित बचत गर्ने कार्यक्रमको शुरूआत धेरै पहिले नै भएको हो । नेपालकै परिप्रेक्ष्यमा पनि त्यति नौलो होइन यो तर त्यसलाई जनस्तर खासगरी ग्रामीण महिलाहरूको पहुँचसम्म पुर्याउने काम भने सोही संस्थाकै अगुवाइमा भएको हो ।
अहिले त मुुलुकमा सहकारीको नामबाट नियमित बचत गर्ने कार्यक्रमको लहर नै चलेको छ । यो छुट्टै कुरा हो कि कतिपय सहकारी बदनाम पनि भएका छन् तर सहकारी आफैंमा नराम्रो चाहिँ होइन । जरो खोज्दै जाँदा वेदिक ग्रन्थसम्मै पुगिन्छ यसको । वेदमा ‘सहनाववतु सहनौ भुनक्तु सहवीर्यं करवावहै’ भन्ने एउटा मन्त्र छ, जसको आशय हो हरेक काम आपसी सहकार्य कार्यबाट गर्दा राम्रो हुन्छ वा गर्नुपर्छ । एकाकी प्रयासबाट सानै काम पनि गर्न गाह्रो पर्छ । मिलेर गरे जे पनि गर्न सकिन्छ । एकले थुकी सुकी, सयले थुकी नदी भन्ने त उखानै छ । संस्थाको नियमित बचत सम्बन्धी कार्यक्रमको गर्भमा यी र यस्तैयस्तै भावना अनुभूत गर्न सकिन्छ ।
जहाँसम्म स्वास्थ्य बीमाको कुरा छ, त्यसको जग बसाउने कार्यमा पनि सोही संस्थाको अग्रसरता देखिन्छ । पछि कांग्रेसी नेता गगनकुमार थापा स्वास्थ्यमन्त्री भएपछि भने यसले सरकारी स्वरूप नै पाएको हो तर यसमा पनि संस्थाका अध्यक्ष धितालजीकै अगुवाइ रहेको बुझिन्छ । उनले मन्त्रीलाई अनुभव बाँडेपछि मात्रै मन्त्रीको ध्यान यता गएको हो । यद्यपि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा स्वास्थ्यमन्त्री बनेका डा. उपेन्द्र देवकोटाको पालामा पनि केही प्रयास नभएको होइन तर उनको कार्यकाल छोटो भएकाले खासै प्रगति हुन पाएन ।
अहिले त सरकार आफैंले यसलाई अभियानको स्वरूप दिएको छ भन्ने सुनिन्छ । हो, होइन उही जानोस् । यदि सत्य हो भने राम्रो तर यसको श्रेय भने धितालजी र उनको टीमलाई दिनुपर्ने हुन्छ ।
जे होस् भोलिपल्ट कार्यक्रम सकियो । पर्सिपल्ट बिहान हिँडेर उही बिसौनी होटलमा बास बसी पाँचौं दिन काठमाडौं फर्केको थियो गोपाल । त्यतिबेला उसले गाउँको स्वरूप देखेर पहिले त पत्याउनै सकेको थिएन । बिस्तारै सबै कुरा खुल्दै गएपछि ऊ यति प्रभावित भयो कि केही सहभागीको भनाइ समेटेर समाचार नै बनाएको थियो तर प्रकाशित गराउन भने सकेन । किनकि उसले व्यक्तिगत खर्चमा तयार पारेको समाचार थियो त्यो ।
संस्था आफैंले खर्च गरेको समाचारलाई मात्र मान्यता दिने बानी बसेकाहरूलाई व्यक्तिगत खर्चमा आएको समाचार किन मान्य हुन्थ्यो र !
एकाध पटक उसले ताकेता गरेको पनि हो । यहीँ समाचार लिन कति खर्च गर्नुपथ्र्यो, जब १ पैसा पनि खर्च नगरी आएको छ भने किन छापिन्न भनेर आपत्ति जनाएको पनि हो तर बतास भने कसैको पनि कानमा छिरेन । त्यसपछि भने ‘यस्तै रहेछ यहाँको चलन’ भन्ने गीत सम्झेर चित्त बुझाएको थियो उसले ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीबाट लेखिएको ‘नइ र मेरो शताब्दी’ नामक निबन्ध कृतिको लोकार्पण गरेका छन् । सो कृतिका सम्पादक रहेका जोशीका ...
काभ्रेको पनौतीमा शनिबार पाँच कविलाई सम्मान गरिएको छ । अक्षरमाला साहित्यिक संस्थाद्वारा आयोजित वसन्त काव्यगोष्ठी, कवि सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा कवि रवीन्द्र आशिष शैली, ध्रुवनारायण जोन्छेँ, सीता विष्ट कार्की...
कवि श्यामबहादुर भावुकद्वारा रचित ‘फेरि जन्मन्छन् जन्मदैनन्’ काव्यकृतिको लोकार्पण गरिएको छ। दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजना तथा प्राध्यापक एवम् प्राज्ञ दिनेशराज पन्तको प्रमुख आतिथ्यतामा स...
प्रसिद्ध साहित्यकारद्वय वैरागी काइँला र गोपाल पराजुलीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ । साहित्यकार डा वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि एक लाख ५० हजार रुपै...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार गीता खत्रीलाई अनेसास डायस्पोरा नारीरत्न २०२३‘ पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । अनेसास बोर्ड अफट्रष्टीका निवर्तमान सभापति खत्रीले साहित्यिक सिर्जनाका साथै अनेस...
१० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै ३ दिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...