×

NMB BANK
NIC ASIA

हेर्नुहोस् शशि कपूरका ५ हिट फिल्म

चैत ४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

शशि कपूर हिन्दी सिनेमाका ती अभिनेता हुन्, जसले आफ्नो फिल्मबाट मानिसहरूको मनमा गहिरो छाप छोडेका छन्।

Muktinath Bank

उनका फिल्म र गीतहरू अझै पनि फ्यानहरू गुनगुनाउने गर्छन्। शशिको जन्म आजकै दिन अर्थान १८ मार्चको १९३८ मा भएको थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बलिउडका चर्चित शशिका बुबा पृथ्वीराज कपुर आफैं फिल्मी जगतका चर्चित अभिनेता हुन् । यही कारण शशि अभिनयमा जम्न पाए। शशिसँगै उनका दुवै दाजु शम्मी कपुर र राजकपुर पनि बलिउडका नाम चलेका अभिनेता हुन् ।   


Advertisment
Nabil box
Kumari

शशिले सन् १९४४ मा आफ्नै पृथ्वी थिएटरबाट अभिनय करियर शुरू गरेका थिए । फिल्मभन्दा पहिले उनले ‘शकुन्तला’ नामक नाटकमा भूमिका निर्वाह गरेका थिए ।

Vianet communication
Laxmi Bank

यसअघि उनी बाल कलाकारको रुपमा चलचित्रमा देखिने गरेका थिए। बिस्तारै उनको अभिनय करियरले यस्तो गति लियो कि उनी बलिउडको उत्कृष्ट अभिनेताको रूपमा चिनिन थाले । शशिले फिल्मी करियरमा बलिउडलाई धेरै हिट फिल्म दिए।  ​

'सत्यम शिवम् सुन्दरम', 'जब- जब फूल खिले', 'दीवार', 'सुहाग', 'दो और दो पाँचु, 'शान', 'नमक हलाल', 'सिलसिला' र 'मुकद्दरका सिकंदर' उनका कालजयी फिल्महरू हुन्। ​

शशिले हिन्दीबाहेक विदेशी फिल्ममा पनि अभियन कौशल देखाएका थिए। 

त्यतिबेला यस्तो मौका पाउने कलाकार निकै थोरै हुन्थे। उनले बेलायती र अमेरिकी फिल्ममा काम गर्न भ्याए। आफ्नो करियरमा उनले करिब १० वटा हलिउड फिल्ममा अभिनय गरे।

शशिलाई भारतकै प्रतिष्ठित पद्मश्री अवार्डबाट पनि सम्मान गरिएको थियो। सँगै हिन्दी सिनेमामा उनको योगदानका लागि उनलाई 'दादासाहेब फाल्के' अवार्ड पनि दिइएको छ । 

उनले अमिताभसँग धेरै फिल्ममा काम गरेका छन्

शशि कपुर र अमिताभ बच्चनको जोडी त्यो समयमा निकै चर्चित बनेको थियो। जसमा ‘दीवार’, ‘नमक हलाल’, ‘कभी कभी’, ‘सिलसिला’, ‘सुहाग’, ‘त्रिशूल’, ‘दो और दो पाँच’, ‘शान’, ‘काला पत्थर’जस्ता फिल्महरू छन्। 

४ डिसेम्बर २०१७ मा ७९ वर्षको उमेरमा उनको निधन भएको थियो। 

१ जब जब फूल खिले

 ;

२ दीवार ​

 ;

३ नमक हलाल 

४ सिलसिला 

५ सुहाग ​

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x