×

Nic Asia
Dabur
Prabhu Bank

देशाईले बदलेको क्रिकेट

मोन्टी देशाईले ल्याएको अविश्वसनीय लयः यस्ता थिए १२ मध्ये ११ चामत्कारिक जीत

काठमाडाैं | चैत ४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपालले २०२० फेब्रुअरी २५ मा कीर्तिपुरमा ओमानसँग हारबाट शुरू गरेको आईसीसी विश्वकप लिग २ लाई कीर्तिपुरमै यूएईविरुद्ध चामत्कारिक जीत दर्ता गर्दै टुंग्याएको छ ।

yONNEX
IME BANK INNEWS

अविश्वसनीय जीतपछि नेपालले ४ वर्षलाई एकदिवसीय मान्यतालाई मात्रै लम्ब्याएको छैन, जिम्बाबेमा एकदिवसीय छनोटका लागि आईसीसी सुपर लिगको बटम ५ भित्र रहने टिमसँग खेल्ने पक्का गरेको छ। 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

बटम ५ मा वेस्ट इण्डिज, दक्षिण अफ्रिका, श्रीलंका आयरल्यान्ड, आयरल्यान्डस्मध्येकै देश हुनेछन् । यिनैमध्ये र आयोजक जिम्बावेसहित बलिया देशसँग नेपालले एक दिवसीय छनोट खेल्नेछ । लिग २ बाट नेपालसँगै गएका स्कटल्यान्ड र ओमानले पनि खेल्नेछन् ।

अविश्वसनीय कमब्याक गरेको नेपालले लगातार जित्दै कमजोर सधैंको ब्याटिङको तनावलाई पर छोड्दै सकारात्मक सन्देश दिएको छ ।


Advertisment
Lokantar App
Saurya island

किनकि प्रत्येक खेलमा एउटा होइन ओपनर, मध्यपंक्ति र तल्लो तहले पनि सम्हालिएर ब्याटिङको नमुना यसपटक देखाएको छ । यतिमात्रै होइन नेपालले जतिसुकै रनको पहाड चढ्नुपर्ने भए पनि धैर्यतापूर्वक ब्याटिङ गर्दा असम्भव केही नहुने रहेछ भन्ने पनि यसैपटक देखाएको छ । 

७ राष्ट्र सम्मिलित एकदिवसीय विश्वकप छनोटको खेलसमेत रहेको यो खेलमा कीर्तिपुरदेखि कीर्तिपुरसम्म आइपुग्दा नेपालले मध्यम, कमजोर र नाटकीय प्रदर्शनको उतारचढाव बेहोर्‍यो । 

Vianet communication

शुरूआतका १२ खेलमा ६ जितेर नेपालले मध्यम प्रदर्शन गरेको थियो । तर बीचको १२ खेलमा २ जीतसहित ६ अंकमात्रै बटुल्दा नेपाल २४ खेलमा पुग्दा दयनीय अवस्थामा पुग्यो । 

यसैले ७ टिममध्ये अन्तिम २ मा मात्रै रहेको नेपाललाई सीधै एकदिवसीय विश्वकप छनोट खेल्न सपनाजस्तो देखिएको थियो। 

मुस्किलले प्राप्त गरेको एकदिवसीय मान्यता जोगाउन पनि कठिन देखियो । किनकि अंकको पहाड नाघेर नामिबिया, अमेरिका, यूएई जित्दै स्कटल्यान्ड र ओमान पछाडि पुग्नुपर्ने थियो । बाँकी १२ खेलमा कम्तीमा १० वा ११ खेल नजित्दासम्म नेपालको सपना जतिखेर पनि धर्मराउन सक्ने थियो ।

null

शुरूका १२ खेलः मध्यम प्रदर्शन

डिभिजन २ का शुरूवाती १२ खेलमा नेपालको अवस्था मध्यम थियो । १२ मध्ये ६ वटामा जीत र ६ वटामा पराजय बेहोर्न पुगेको थियो । नेपाले अमेरिकाविरुद्ध ३ खेल जित्दा १ खेल हार्‍यो। ओमानसँग ३ खेलमा पराजित हुँदा १ खेल जित्यो । पीएनजीविरुद्ध २ जीत दर्ता गर्दा यूएईविरुद्ध नेपालले २ खेल नै हार्‍यो।

बीचका १२ खेलः कमजोर प्रदर्शन

शुरुवातका १२ खेलमा ५० प्रतिशत नतिजा निकालेको नेपालले बीचका १२ खेलमा भने दयनीय प्रदर्शन गर्‍यो । 

नेपालमा सिरिज हुनु अघिका १२ खेलमा २ जीत एउटा बराबरी र एउटा नतिजा नआउँदा नेपालले ८ खेलमा पराजय बेहोरेको थियो । नेपालले स्कटल्यान्ड र ओमानविरुद्ध मात्रै जित निकालेको थियो ।

अमेरिकासँगको खेल बराबरी हुँदा नामिबियासँगको खेलमा नतिजा नै आएन । नेपालले नामिबियालाई १९८ रनको लक्ष्य दिएको थियो । तर जवाफी ब्याटिङमा उत्रिएको नामिबियाले ४ रन बनाएपछि वर्षाले खेल बिथोल्यो ।

यस क्रममा नेपालले स्कटल्यान्ड र नामिबियासँग ३-३ खेलमा पराजय बेहोर्‍यो । ओमान र अमेरिकासँग पनि १-१ खेलमा पराजय बेहोर्न पुग्यो ।

शुरूका १२ खेलमा १२ अंक जोडेको नेपालले थप १२ खेलबाट २ जीत, एक बराबरी र १ नतिजा नआएको खेलबाट ४ गरी ६ अंकमात्रै बटुल्यो । २४ खेलबाट १८ अंकमा रहँदै नेपाल ७ मध्ये अन्तिम २ पुग्यो । 

यसैले नेपालका लागि बाँकी १२ खेलमा अविश्वसनीय कमब्याक गर्नुको विकल्प थिएन । यी १२ खेलमध्ये घरेलु मैदानमा २ र यूएईमा १ सिरिज थिए । यसैले यी सिरिज नेपालको क्रिकेट जीवनका लागि अति नै महत्वपूर्ण थिए । चामत्कारिक र सनसनीपूर्ण प्रदर्शनको विकल्प नेपालसँग थिएन ।

null

खेल नम्बर १ 

कीर्तिपुरमा सिरिजअन्तर्गत स्कटल्यान्ड, नामिबिया र नेपाल भिडेका थिए । नेपालले पहिलो खेलमा नामिबियाविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको थियो । करण केसीले ५ र सन्दीप लामिछानेले ३ विकेट लिएको खेलमा नेपालले चुनौतीपूर्ण २८६ रनको लक्ष्य पायो । 

तर कुशल मल्लले ११५ को शतकीय पारी र कप्तान रोहित पौडेलले ७२ रनको महत्वपूर्ण योगदान गरेपछि नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर २ विकेटको जित दर्ता गर्‍यो । छिटो जित्ने धुनमा नेपालले लगातारजस्तो तीन विकेट गुमाएपछि साँघुरो जित दर्ता गरेको थियो । 

खेल नम्बर २ 

दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर फेरि फिल्डिङ रोज्यो । सन्दीप लामिछानेको ३ र कुशल मल्लले २ विकेट लिएको खेलमा स्कटल्यान्डले पूरै ५० ओभरमा २७५ रनको लक्ष्य दियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७ ओभरमा ७ विकेट क्षतिमा २७५ रन बनाउँदा खेल ३ विकेट जित्यो ।

नेपालको जितका लागि दीपेन्द्रसिंह ऐरीले ८५ र कुशल मल्लले ८१ रनको महत्वपूर्ण पारी खेले ।

खेल नम्बर ३

लगातार २ खेलमा जीत दर्ता गरेको नेपाललाई एकदिवसीय मान्यता जोगाउन र छनोटमा पुग्न निरन्तर जीत आवश्यक थियो । तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध टस जितेर फेरि फिल्डिङ नै रोज्यो । सन्दीप लामिछानेले ३ विकेट लिनुबाहेक अरू बलरले प्रभावशाली प्रदर्शन गर्न नसकेपछि नामिबियाले ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा २७५ रनको लक्ष्य दियो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि आशिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५, कुशल मल्लले ६२ र कप्तान रोहित पौडेलले ३९ रनको योगदान गरे । चार खेलाडीले सम्मानजक रन बनाएपछि नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाएर ३ विकेटको जीत हात पार्‍यो । 

खेल नम्बर ४

गृह मैदानमा भएको सिरिजअन्तर्गत चौथो खेलमा नेपालले फेरि स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ नै रोज्यो । सन्दीप लामिछानेले ४ र करण केसीले ३ विकेट लिएको खेलमा स्कटल्यान्डले ४६.१ ओभरमा अलआउट हुँदै नेपाललाई २१३ रनको सामान्य लक्ष्य दियो ।

null

सामान्य लक्ष्य पछ्याएको नेपालको लागि रोहित पौडेलले नटआउट ९५, करण केसीले ३१ र ज्ञानेन्द्र मल्लले २१ रन बनाए । ४४.१ ओभरमा ८ विकेट गुमाएर नेपालले लक्ष्य हासिल गर्‍यो । यसरी नेपालले घरमै भएको सिरिजका ४ वटै खेल आफ्नो पक्षमा पारेर महत्वपूर्ण ८ अंक जोड्न पुग्यो ।

यूएईमा यूएईसँगै पपुवा न्युगिनीसँग खेल्नुअघि नेपाल लगातार चार जीतले उच्च मनोबलमा देखियो । नेपालको सिरिजमा कप्तान रोहित पौडेलले सानदार ब्याटिङ गरे । रोहितले चार खेलमा क्रमशः ७२, ६, ३९ र ९५ रनको महत्वपूर्ण पारी खेले ।

खेल नम्बर ५

नेपालमा ४ खेल जितेको नेपालले यूएईमा पपुवा न्युगिनीविरुद्धको खेलमा पनि टस जितेर पहिले फिल्डिङ रोज्यो । गुल्सन झाले ३ र कुशल मल्लले २ विकेट लिएको खेलमा पीएनजीले २०४ रनको मात्रै लक्ष्य दियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि कुशल भुर्तेलले ५६, आशिफ शेखले ४४, आरिफ शेखले ३३ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाएपछि ४५.२ ओभरमा ४ विकेटको जीत निकाल्यो ।

सन्दीप लामिछाने सहभागी नभएको खेलमा नेपालले जीत संख्या लगातार ५ मा पुग्यो।

खेल नम्बर ६

यूएईविरुद्ध नेपालले टस जितेर पहिले फिल्डिङ रोज्यो । बलरले सोचेअनुसारकै उत्कृष्ट प्रदर्शन गरेपछि यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन मात्रै बनायो । नेपालका लागि सन्दीपले ३ विकेट लिए । अरू बलरले पनि किफायती बलिङ गर्दा नेपालले सामान्य लक्ष्य पायो । तर सामान्य लक्ष्य पछ्याएको नेपालका लागि कुशल मल्लले ६० रन बनाउनुबाहेक अरू खेलाडीका रूपमा उच्च रन नै आशिफ शेखको १७ रन हुन पुग्यो ।

३१.५ ओभरमै नेपाल अलआउट हुँदा ६८ रनले पराजित हुन पुग्यो । लगातारका ५ खेलमा विजयी हुँदै आएको नेपालको विजयीयात्रा रोकिन पुग्यो । 

null

खेल नम्बर ७

नेपालविरुद्ध यूएईमा पीएनजीले टस जितेर पहिले ब्याटिङ रोज्यो । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिएको खेलमा अन्य बलरले पनि किफायती बलिङ गरे । जसको परिणाम ४९.२ ओभरमा अलआउट हुँदै पीएनजीले मात्र १८० रनको लक्ष्य दियो । 

सामान्य लक्ष्य पछ्याएको नेपालका लागि आशिफ शेखले ८६ रनको योगदान गरे । तर अरू अग्रपंक्ति र मध्यपंक्ति धर्मराएपछि नेपालले सामान्य लक्ष्य पनि पूरा नगर्ने हो कि भन्ने स्थिति देखा पर्‍यो । कुशल मल्ल र सन्दीप लामिछानेले शेखलाई साथ दिएपछि नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर खेल जित्यो ।

खेल नम्बर ८ 

यूएईमा भएको सिरिजको अन्तिम खेलमा आयोजकविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोज्यो ।

नेपालका लागि भीम सार्कीले ७०, आरिफ शेखले ४३, कुशल मल्लले ३२ र सन्दीप लामिछानेले १७ रनको योगदान गरेपछि नेपालले यूएईलाई २३० रनको लक्ष्य दियो । अग्रपंक्तिका आशिफ खानले ८२ र आर्यन लाक्राले ५० रन  बनाए तर टिमको हार टार्न सकेनन् ।

नेपाली बलरले एकपछि अर्को विकेट लिएपछि ४५ ओभरमा १८७ रनमै अलआउट हुँदा नेपालले ४२ रनले खेल जित्यो । नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ३-३ विकेट लिएपछि नेपालले सनसनीपूर्ण जित निकाल्यो । 

यो ट्राई सिरिजका ४ खेलमा नेपालले ३ वटामा जित हात पारेपछि ३२ खेलबाट ३२ नै अंक जोड्यो । अब घरेलु मैदानमा नेपालको यूएई र पीएनजीविरुद्ध नै अन्तिम सिरिज बाँकी थियो । यो सिरिजका ४ खेल जिते नेपालले एकदिवसीय विश्वकपको ग्लोबल क्लालिफायर सीधै खेल्न सक्थ्यो । 

null

खेल नम्बर ९

विदेश भूमिमा पनि प्रभावशाली प्रदर्शन गरेको नेपाललाई जित्ने बानी नै भइसकेको थियो । यसैले नेपाली टिम उत्साही थियो । पहिलो लक्ष्य दुई खेल जितेर एक दिवसीय मान्यता जोगाउने र दोस्रो सबै खेल जितेर नामिबियालाई पछाडि पार्दै लिग २ का ७ टिममा शीर्ष ३ मा पर्ने लक्ष्य नेपालको थियो । 

नेपालमा भएको सिरिजको पहिलो खेलमा पीएनजीले टस जितेर पहिले नेपाललाई ब्याटिङमा बोलायो । घरेलु मैदानको फाइदा उठाउँदै आशिफ शेखले ११० रनको शतकीय पारी खेल्दा अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए ।

भीम सार्कीले ४४ र रोहित पौडेलले ३० रन बनाएपछि ४९.१ ओभरमा अलआउट हुँदै नेपालले २९८ रनको लक्ष्य दियो ।

चुनौतीपूर्ण लक्ष्य पछ्याएको पीएनजी ४७.१ ओभरमा २४५ रनमा रोकिएपछि नेपालले ५२ रनले गृह मैदानमा महत्वपूर्ण सिरिजको पहिलो खेल जित्यो । नेपालका लागि सन्दीपले ४ र दीपेन्द्रले २ विकेट लिए । अब बाँकी तीन खेलको जीतले नेपालको महत्वपूर्ण यात्रा गर्ने थियो । 

१० औं नम्बरको खेल 

१० औं खेल नेपाल र यूएई दुवैका लागि महत्वपूर्ण थियो । एकदिवसीय टिकिरहन यूएईलाई पनि यो खेल जित्नुपर्ने थियो । नेपालको भने जीतले पक्का हुन्थ्यो ।

null

टस जितेर नेपालले हजारौं दर्शकअघि पहिले ब्याटिङ गर्‍यो । अग्रपंक्तिका खेलाडी नचलेको खेलमा मध्यपंक्तिले सम्माजनक २४८ रन बनायो । यस क्रममा रोहितले ७७, आरिफले ४३, गुल्सन झाले ३७ र दीपेन्द्रले ३४ रन बनाए । 

जवाफी ब्याटिङमा उत्रिएको यूएई नेपाली ब्याटरसामु शुरूबाटै निरीह बन्न पुग्यो । ८ रन जोड्दासम्म ४ विकेट गुमाएको यूएई अन्ततः २२ं५ ओभरमा ७१ रनमा अलआउट भएपछि नेपालले विशाल १७७ रनको फराकिलो जित हात पार्‍यो ।

नेपाललाई फराकिलो जित दिलाउन ललित राजवंशीले ५ र सन्दीपले २ विकेट लिए । अब बाँकी दुई खेलमा जित निकाल्न सक्दा नेपाल अविश्सनीय यात्रामा अघि बढ्ने बाटोतिर लाग्यो ।

खेल नम्बर ११ 

११ औं खेलमा टस जितेर पीएनजीविरुद्ध नेपालले पहिले फिल्डिङ रोज्यो । सन्दीपले ५, कुशल मल्ल र ललितले २-२ विकेट लिएपछि पीएनजी ३२ ओभरमै खुम्चियो। जम्मा ९५ रनमै अलआउट भयो ।

जवाफमा नेपालका आशिफले ५३, कुशल भुर्तेतलले ३३ बनाएपछि नेपालले ७.३ ओभरमै १०० रन बनाएर ९ विकेटको फराकिलो जीत दर्ता गर्‍यो । एक खेल अगाडिको यो फराकिलो जीतले नेपालको आत्मविश्वास निक्कै बलियो बन्न पुग्यो ।

१२ औं खेल

अब नेपाल आफ्नै मैदानमा भएको सिरिजमा निर्णायक खेल जित्न सके सीधै ग्लोबल क्वालिफायरमा पुग्ने थियो ।

अन्तिम ११ खेलमा १० मा जित निकालेको नेपालको मनोबल उच्च भएको थियो । यसैले बिहीबार कीर्तिपुरमा फेरि अर्को जीत निकाल्दै सनसनी मच्चाउने दाउमा नेपाल थियो ।

३० हजारभन्दा बढी घरेलु समर्थक उपस्थित हुने खेल जितेर नेपाल विश्व क्रिकेटलाई सन्देश पनि दिन चाहन्थ्यो । खेलमा टस जितेर यूएईले पहिले ब्याटिङ रोज्यो । नेपाललाई शर्मनाक हार चखाउन सक्दा रनरेटका आधारमा अमेरिकालाई पछाडि छोड्दै यूएईले एक दिवसीय मान्यता जोगाउन पनि सक्थ्यो ।

यसैले उसले नेपालविरुद्ध अघिल्लो खेलमा बेहोरेको शर्मनाक पराजयको हिसाबकिताब पनि गर्ने र अमेरिकालाई पनि उछिन्ने नीति लियो । 

पहिलो ब्याटिङमा उत्रिएको यूएईका लागि आशिफ खानले ४२ बलमा कीर्तिमानी १०१ रनको पारी खेले । विर्त्या अरविन्दले ९४ र मोहम्मद वासिमले ६३ रन बनाएपछि नेपालले ३११ रनको विशाल लक्ष्य पायो ।

नेपालविरुद्ध अन्तिम ५ ओभरमा मात्रै यूएईले ९१ रन जोडेको थियो।

लक्ष्यको पहाड एकातिर तेर्सिँदा लगातार जीतको लय भने नेपालसँग थियो । यसैले नेपालले शुरूआतमै विकेट गुमाए पनि हार मानेन ।

कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख र गुल्सन झाले अर्धशतकीय पारी खेलेपछि नेपाल जीततर्फ लम्कियो । तर कमजोर प्रकाशका कारण ४४ ओभर मात्रै सम्भव भएको खेलमा नेपाल डिएल मेथडबाट ९ रनले निर्णायक खेल जित्दै ग्लोबल क्वालिफायरमा पुग्यो ।

अन्तिम खेलमा चामत्कारिक जीतपछि नेपाल ४० अंकसहित नामिबियालाई उछिन्न सफल भएको हो । अन्तिम खेलमा दर्शकले मैदानमा देखाएको उल्लास र उपस्थितिले पनि एशोसियट क्रिकेटमा नेपाल अब्बल र अग्रणी रहेको सन्देश विश्व क्रिकेटलाई दिन सफल भयो ।

नेपाल देशाई आएपछिका १२ मध्ये ११ खेल जित निकाल्दै विश्व क्रिकेटमै सनसनी र चर्चा बटुल्न सफल भयो। 

मोन्टीले ल्याएको मोमेन्टम 

बाँकी १२ खेलमा शतप्रतिशत जस्तो नतिजा ल्याउन सके मात्रै नेपालको शीर्ष ३ मा पर्ने सम्भावना थियो ।

यतिमात्रै होइन आफूले जितेर मात्रै पनि नहुने तर अर्को टिमको नतिजा पनि आफूअनुकूल आउनुपर्थ्यो । एक हप्ता लगत्तै नेपालले स्कटल्यान्ड र नामिबियासँग घरेलु मैदानमा डिभिजन २ अन्तर्गत ट्राइ सिरिज खेल्नुपर्ने चुनौतीमा नेपाल थियो ।

नेपालको बलियो पक्ष सधैं बलिङ हुने गर्थ्यो । तर मोन्टी प्रशिक्षकको रूपमा आएपछि नेपालले ब्याटिङमा अस्वाभाविक नमुना नै पेश गर्‍यो ।

null

0अघिपछि चौका र छक्का हान्ने धुनमा खराब सट खेल्ने खेलाडी यसपटकका पछिल्ला खेलमा हौसिएको देखिएन । बरु स्ट्राइकट रोटेट गर्दै रन बटुल्ने र खराब बलमा बाउन्ड्री लगाउने धैर्यता खेलाडीले देखाए ।

नियमित स्ट्राइक रोटेट गर्दा प्रतिओभर ४-५ रन आउने र बाउन्ड्री लाग्दा रनरेट बढ्ने भएपछि नेपालको ब्याटिङमा यसपटक निक्कै राम्रो सन्तुलन देखियो ।

यतिमात्रै होइन आशिफ, रोहित, कुशल भुर्तेल, दीपेन्द्र, कुशल मल्ल, भीम, गुल्सनस्ता खेलाडीले यसपटक ब्याटिङमा परेको बेलामा आफूलाई प्रमाणित गरे ।

टिममा स्थान बनाएका सन्दीपले पनि महत्वपूर्ण अवस्थामा विकेट लिने र रनमा समेत साथ दिए ।

त्यस्तै नेपालको स्पीन आक्रमणमा यसपटक ललितले आफूलाई प्रमाणित गरे। अन्तिम खेलमा ३११ रनको पहाड चढ्नसमेत नेपाल तयार हुँदै अघि बढ्नु र चार खेलाडीले एउटै खेलमा अर्धशतक हान्नु मोन्टीले ल्याएको मोमेन्टम हो ।

यसलाई कायम राखेर नेपालललाई अब बलिया देशसँग खेलेर आफूलाई थप निखार्नुपर्ने चुनौती आएको छ ।

को हुन् मोन्टी देशाई ?

भारतका लागि एक टेस्ट र एक एक दिवसीय क्रिकेट खेलेका देशाईसँग धेरै देशको टिमलाई प्रशिक्षण दिएको अनुभव छ । 

null

देशाई फेब्रअरी ६ मा नेपालको प्रशिक्षक नियुक्त भएका थिए । देशाईले २०१८ मा अफगानिस्तान र २०१९ मा यूएईको ब्याटिङ कोच भएर काम गरेका थिए ।

उनले २०१९ मा क्यानडाले लिग २ खेल्दा मुख्य प्रशिक्षकको भूकिा निभाएका थिए ।

लगत्तै उनले दुई वर्ष वेस्ट इण्डिजको ब्याटिङ कोच भएरसमेत काम गरे । देशाई २०१५ र २०१७ मा पनि नेपाली क्रिकेटसँग जोडिएका थिए । देशाईले कुनै समय भारतको आइपीएलमा राजस्थान रोयल्सको हेडकोच भएरसमेत काम गरेका थिए । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ९, २०७९

२०२२ को कतार विश्वकप फुटबलको उपाधि जितेपछि अर्जेन्टिनाले भोलि पहिलो खेल खेल्ने भएको छ । अर्जेन्टिनाले मध्य अमेरिकी देश पानामासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यो खेल नेपाल समयअनुसार शुक्रबार बिहान ५ बज...

चैत ८, २०७९

दशरथ रंगशालामा भएको प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओससँगकाे खेलमा नेपाल २-० गोलअन्तरले विजयी भएको छ।  नेपालले पहिलो र दोस्रो हाफमा १/१ गोल गरेको गरेको हो। नेपालका लागि पहिलो गो...

चैत ९, २०७९

नेपाली राष्ट्रिय टिमका मिडफिल्डर सुजल श्रेष्ठले सन्यासको घोषणा गरेका छन् । सामाजिक संजालमा लेख्दै सुजलले ११ बर्षमा ५१ खेल खेल्न पाउँदा आफूले गर्व महसुस गरेको जनाएका छन् ।  ‘मेरा सम्पूर्ण सुभचिन्त...

चैत ८, २०७९

दशरथ रंगशालामा भएको प्रधानमन्त्री कप थ्री नेसन्स कपमा लाओससँगकाे खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको छ।  अनन्त तामाङले खेलको ३० ‍औं मिनेटमा गोल गरेका हुन्।  नेपालले अर्को खेल चैत...

चैत ९, २०७९

धनगढीमा आज सुरु भएको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप–२०७९ फुटबल प्रतियोगिता’ अन्तर्गतको पहिलो खेलमा बागमती युवा क्लब सर्लाहीले विजयी सुरुआत गरेको छ । बागमतील...

चैत ९, २०७९

ल्याटिन अमेरिकाको चिलीमा भएको शीर्ष डिभिजन फुटबल लिगमा अचम्मको गोल देखिएको छ । कोब्रेसल क्लबका टोलीका अर्जेन्टिनी गोलकिपर लिआन्ड्रो रेक्वेनाले आफ्नो बक्सबाट सीधै प्रहार गरेको बल वपक्षी टिमको पो...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x