२६ जेठ २०८३, मंगलबार
विद्यार्थी राजनीति

१४ वर्षपछि आज हुँदैछ स्ववियु निर्वाचन, बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान

१४ वर्षपछि आज हुँदैछ स्ववियु निर्वाचन, बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा आज आइतवार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ ।

स्ववियु निर्वाचनको मतदान आज आइतवार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ ।

विश्वविद्यालयले स्ववियु निर्वाचनमा सहयोग गर्न सबैलाई अपिल गरेको छ । त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले शनिवार विज्ञप्ति जारी गर्दै विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचनमा सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न अपिल गरेका छ ।

उनले सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सुरक्षाकर्मी, पत्रकार नागरिक समाज सबैलाई निर्वाचन सम्पन्न नहुञ्जेलसम्म आवश्यक सहयोग गर्न अपिल गरे ।

स्ववियु निर्वाचनमा अहिलेसम्म २ आंगिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका उनले जानकारी दिए । आइतवार ६० आंगिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । प्रत्येक २/२ वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन । 

salt training

कमेन्ट गर्नुहोस्