२६ जेठ २०८३, मंगलबार

विराटनगरमा निषेधाज्ञा, अर्को आदेश नभएसम्म कुनै पनिको सभा, जुलुसमा रोक

विराटनगरमा निषेधाज्ञा, अर्को आदेश नभएसम्म  कुनै पनिको सभा, जुलुसमा रोक

 जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका विभिन्न स्थानमा आइतबार निषेधाज्ञा जारी गरेको छ । कोशी प्रदेश नामकरणको विरोधमा रहेकाहरुले आइतबार वृहत प्रदर्शन गर्ने भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । 

निषेध गरिएको क्षेत्रमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोक देखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र रहेका छन् ।

जसअनुसार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रसासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए ।   

salt training

कमेन्ट गर्नुहोस्