जेठ २३, २०८०
गायक सन्दीप न्यौपाने र गायिका सहिमा श्रेष्ठको स्वरमा ‘पान पाते ओठ’ बोलको गीत सार्वजनिक भएको छ । शेर साउदको शब्द र संगीत रहेको यो गीतमा एचबिएन किस्मतको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ । गी...
चैत ५, २०७९
डेढ वर्षअघि सार्वजनिक गीत हो, ‘धोकेबाज हौ तिमी’ । सुवास कार्की (कार्कीजी)को शब्द एवं संगीत, विशाल निरौलाको एरेन्जमा पहिले यो गीत गायिका एलिना चौहानको स्वरमा सार्वजनिक भयो ।
त्यसको तीन महिनापछि शिव परियारको स्वरमा यो गीत सार्वजनिक भएको थियो । दुवै भर्सनलाई स्रोता एवं दर्शकले रुचाएका थिए । यद्यपि, पछिल्लो केही समययता भने यसको फिमेल भर्सन अत्यधिक चर्चामा छ ।
सांगीतिक क्षेत्रमा मात्र नभई राजनीतिक सन्दर्भमा समेत गीतको शीर्षक प्रयोग गर्ने गरिएको छ । सामाजिक सञ्जालमा गीत भाइरल छ । यसरी गीत चर्चामा आउनुको कारण मेला/महोत्सवमा एलिनाले प्रस्तुति दिँदा त्यहाँ उपस्थित दर्शकहरूले देखाएको व्यवहार र उनीहरूको ‘एक्सप्रेसन’ हो ।
उनको प्रस्तुतिमा दर्शकहरूले लिरिक्स मिलाएर लिप्सिङ गरेको एक्सप्रेसन भाइरल भएको थियो । त्यसयता ‘धोकेबाज हौ तिमी’ गीत सर्वाधिक चर्चामा छ । फिमेल भर्सन अत्यधिक चर्चामा रहँदा कतिपय स्रोता दर्शहरूलाई यो गीत शिवले पनि गाएका छन् भन्नेसमेत थाहा नहुन सक्छ । यतिबेला भने उक्त गीतलाई लिएर नयाँ चर्चा चलेको छ, सांगीतिक वृत्तमा । त्यो के भने गीतको क्रेडिट लिन शिव र एलिनाबीच होड चलेको छ ।
गायिका एलिनाको ‘डिमान्ड’ यही गीतका कारण ह्वात्तै बढेको छ । गायक शिव परियारले हरेक स्टेजमा यस गीतलाई प्राथमिकता दिइरहेका छन् । उनले फेसबूक वालमा मेल भर्सन मात्रै सेयर गरेका छन् । अन्तवार्ताहरूमा पनि उनले उक्त गीत आफ्नो स्वरमा गाएर सुनाउने गरेका छन् । उक्त गीतको चर्चा गर्दा उनले फिमेल भर्सनबारे केही पनि बोल्ने गरेका छैनन् । यसले गर्दा शिवले उक्त गीतको ‘क्रेडिट’ लिन खोजेको देखिन्छ । यद्यपि, उक्त गीतमा आफूले ‘क्रेडिट’ लिनु खोज्नुपर्ने कारण नै नभएको उनी बताउँछन् ।
‘मलाई सुन्न चाहनेहरूले मलाई सुनिदिनुभएको छ । फिमेल सिंगरको फ्यानहरूले फिमेल भर्सनलाई सुनिदिनुभएको छ,’ उनले लोकान्तरसँग भने, ‘त्यसमा क्रेडिट लिनुपर्ने कारण नै छैन । मेरो स्वरमा मेल भर्सन आएको हो, त्यो मेरो गीत हो । मैले कसैको कभर गाएको होइन ।’
गायक परियारले आफूले आफ्नो मात्रै भर्सनलाई प्रमोसन गरिरहँदा नकारात्मक प्रतिक्रिया दिनु आवश्यक नरहेको बताए ।
‘यो गीत मैले पनि गाएको छु । अब मैले आफ्नो गीत नराखेर फिमेल भर्सनलाई मेरो फेसबूक ह्यान्डलमा राख्ने कुरा भएन नि,’ उनले भने, ‘म यो गीतमा एउटा गायकको रूपमा जोडिएपछि मैले मेरै भर्सनको प्रमोशन गर्ने हो । त्यही गरेको हुँ ।’
आफूले कसैलाई नजोडी आफ्नो मात्रै कुरा गर्दा आफूमाथि प्रहार भइरहेको उनको आरोप छ ।
शिवको स्वरमा सार्वजनिक ‘धोकेबाज हौ तिमी’ गीत युट्युब ट्रेन्डिङ नम्बर वानमै आएको थियो । गीतको प्रमोसनमा पनि आफूले सक्दो काम गरेको शिव स्मरण गर्छन् । उनले आफूले हरेक स्टेजमा यो गीत गाउँदा ‘वान्स मोर’ आउने गरेको बताए ।
‘धोकेबाज हौ तिमी’ यतिबेला चाइल्ड भर्सनमा पनि आएको बताउँदै उनले अगाडि भने, ‘के अब सुप्रिम मल्लले त्यसलाई मेरो गीत भन्न नपाउने हुन्छ त ? हुँदैन नि । भोलि लिजेन्ड्ररी भर्सनमा कसैले गाउनुहोला । उहाँलाई तेरो होइन भन्न त मिलेन नि ।’
पहिले पनि रुचाइएको तर, फिमेल भर्सनको स्टेज पर्फमेन्सपछि गीत भाइरल भएको उनको स्वाकारोक्ति छ ।
‘त्यसले हामीहरू सबैलाई राम्रो भएको छ । मानिसहरूको त्यो गीतप्रति चासो बढेको छ । त्यो गीत सडकदेखि नेपाली राजनीतिको व्यंग्य प्रस्तुत गर्नमा समेत प्रयोग भएको छ,’ उनले भने, ‘धोकेबाज भन्ने गीत समग्रमा पपुलर छ । त्यो लोकप्रिय कन्टेन्ट/गीतसँग गायकको हिसाबले म पनि जोडिएको छु । मैले मेरो भर्सन सेयर गरिरहेको छु । तर, मानिसहरू अनावश्यक कमेन्ट गर्दै निहुँ खोज्न आइरहेका छन् । त्यो त सिधै ममाथिको प्रहार भइहाल्यो नि ।’
‘अघिका गीतले अगाडिको जेनेरेसनलाई मात्रै सम्बोधन गर्छ’
गायक शिव परियार झण्डै दुई दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय एउटा स्थापित नाम हो । ‘फेवा तालमा साइँली’, ‘क्या दामी भो’ लगायतका थुप्रै गीत 'हिट’ छन् । त्यसकारण चर्चाका लागि उनले अब कुनै गीतको जस लिनका लागि जोडबल गर्नु आवश्यक नरहेको कतिपयको विश्लेषण छ ।
गायक शिवले भने यसअगाडिका गीतले आजभन्दा अगाडिको जेनेरेसनलाई मात्रै सम्बोधन गर्ने गरेको बताउँछन् । गायकले हरेक समय हिट गीत दिन आवश्यक रहेको उनको धारणा छ ।
‘१८/१९ वर्षदेखि लगातार गीत गाइरहेको छु । ११ वटा एल्बम भयो । प्रत्येक परिच्छेदमा एक/एकवटा हिट नम्बरहरू दिइरहेको छु,’ उनले भने, ‘तर जति धेरै गीतहरू गाउँदै गएँ त्यसले आजभन्दा अगाडिको जेनेरेसनलाई मात्रै सम्बोधन गर्छ ।’
‘धोकेबाज’ गीतको माध्यमबाट नयाँ जेनेरेसनका स्रोताले आफूलाई सुनेको शिवले बताएका छन् । अहिलेको टिनएजर्समाझ यो गीतले आफूलाई चिनाएको उनको भनाइ छ ।
‘शिव परियारको खाताबाट धोकेबाज गीत एकछिनका लागि हटाइदिऔं त, कति गाह्रो छ,’ उनले अगाडि भने, ‘दुईवटा गीत फ्लप हुन थालेपछि करियर ओरोलो लाग्छ । मैले ग्राउन्ड रियालिटी बुझेको छु ।’
गायक सन्दीप न्यौपाने र गायिका सहिमा श्रेष्ठको स्वरमा ‘पान पाते ओठ’ बोलको गीत सार्वजनिक भएको छ । शेर साउदको शब्द र संगीत रहेको यो गीतमा एचबिएन किस्मतको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ । गी...
शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को दुई पोस्टर शुक्रवार सार्वजनिक गरिएको छ । यो फिल्म साउने सङ्क्रान्तिको अवसर पारेर आगामी असार २९ गते रिलिज हुँदैछ । सञ्चारकर्मी रव...
शुक्रवारदेखि काभ्रेको भकुण्डेबेसीमा हुने दोस्रो सँस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’का लागि १७ वटा फिल्म छनोट भएका छन् । ३ दर्जन बढी फिल्ममध्येबाट १७ वटा फिल्मलाई छनोट गरिएको आयोजक सेलि...
काभ्रेको भकुण्डेबेंसीमा दोस्रो सँस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । शुक्रवार नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामा, आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापक...
लोकप्रिय गायक प्रकाश सपूतले क्यानडामा प्रस्तुति दिने भएका छन् । आफ्नो लोकप्रिय गीत ‘बोल माया’को दोस्रो भाग ल्याउने तयारीमा रहेका यी गायकले आउँदो जुलाई १६ मा ‘सकम्बरी साँझ विथ प्रकाश सपूत&rsqu...
आगामी शुक्रवारदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर शो आयोजना गरिएको छ । काठमाडौंको केएल टावरमा रहेको एफक्युब हलमा आयोजित शोमा उपस्थित अतिीथहरूले चलचि...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...