×

Nic Asia
Prabhu Bank

सरसर्ती २४ घण्टा : प्रचण्डविरुद्ध बोल्दा मुख थुनियो, धमाधम कालोसूचीमा ठेकेदार

चैत ८, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्दा एक युवकको मुख थुनिएको छ । यो विषयलाई लिएर सरकारको चर्को आलोचना भएको छ । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गरेर नथाक्ने सरकारको यो रवैयाको चर्को आलोचना भएको हो । 

yONNEX
Frooti
Appy

मंगलवार प्रधानमन्त्री प्रचण्ड ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा बानेश्वरमा तीन जना युवाले प्रधानमन्त्री बिरुद्ध नाराबाजी गरेका थिए । कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर प्रहरीले ती युवालाई अनुमति नदिएपछि आक्रोशित हुँदै नाराबाजी गर्न थाले । लगत्तै प्रहरीले नियन्त्रणमा लिएका एकजनाको मुख थुनिएको सार्वजनिक तस्बिरमा देखिन्छ । त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए । त्यसपछि दुवै जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 
प्रधानमन्त्री प्रचण्ड कार्यक्रम स्थलमा जाँदै गर्दा उनकै अगाडि अर्का एक युवाले पनि बैंकको मिटर ब्याज मिनाह गर भन्दै नारासमेत लगाएका थिए । ती युवालाई पनि प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । यस विषयमा प्रहरीले अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन । 
००००
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो भन्दै प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका छन् ।  
‘हामीले गणतन्त्र ल्यायौँ, संघीयता ल्यायौँ, धर्मनिरपेक्षता ल्यायौँ र त सबैले बोल्न पाएका छौं भन्नुहुने प्रचण्ड हेर्नुहोस् त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?’, उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन् । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

उनले चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन तथा देशभित्रै रोजगारी सिर्जनाको वातावरण बनाउन प्रचण्डलाई सुझाव समेत दिएका छन् । 
जुन कुरा सम्भव रहेको उल्लेख गर्दै लिङ्देनले अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू नथुनिने बताएका छन् । सामाजिक सञ्जालमा यस विषयमा चर्को बहस भइरहेको छ । 
००००
जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न उपसमिति बनाएको छ । 
मंगलबार बसेको पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको मूल व्यवस्थापन समितिको बैठकले विधान अधिवेशन तयारीका लागि आर्थिक उपसमिति, प्रचार प्रसार उपसमिति, भोजन आवास तथा हल व्यवस्थापन उपसमिति, स्वयम्सेवक परिचालन उपसमिति गठन गरेको हो ।
००००
नेकपा माओवादी केन्द्रको पाँच दिने पार्टी केन्द्रीय स्कुल मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा सुरू भएको छ। जिल्ला तहमा प्रशिक्षक उत्पादन गर्ने उद्देश्यसहित आयोजना गरिएको पाँच दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई मंगलबार दिउँसो प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्घाटन गरेका हुन्।
००००
तनहुँ १, बारा २ र चितवन २ मा हुने उपनिर्वाचनमा ४७ करोड रुपैयाँ खर्च हुने निर्वाचन आयोगले अनुमान गरेको छ। आगामी वैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ।
००००
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेसलाई अब कुनैपनि गल्ती गर्ने छुट नरहेको बताएका छन् । मंगलबार काठमाडौं आयोजित नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले कांग्रेस अब केही दिनभित्र नै सरकारमा जाने भएकाले कांग्रेसबाट गल्ती हुन नहुने बताए।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा दलित समुदायको लागि विशेष कार्यक्रम घोषणा हुने बताएका छन्। मंगलवार ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस २१ मार्चको सन्दर्भमा काठमाडौंमा आयोजित सार्वजनिक समारोह कार्यक्रममा दलित समुदायका लागि विशेष कार्यक्रम घोषणा हुने बताए।
००००
नेपाली सेनाले औपचारिक कार्यक्रम मंगलबार गरेर यस वर्षको घोडेजात्रा मनाइएको छ । अघिल्ला वर्षझैँ यस वर्ष पनि नेपाली सेनाले काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रमका बीच घोडेजात्रा मनाएको हो ।


Advertisment
Lokantar App
Saurya island

घोडेजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल सरकारका मन्त्रीहरू, कर्मचारी प्रशासनका पदाधिकारीहरू, विभिन्न सुरक्षा निकायका प्रमुखहरूलगायत राज्यका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
००००
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजका चालक दलसहित सात जनालाई ग्राउण्डेड गरेको छ ।   
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सोमबार ताप्लेजुङबाट काठमाडौँ उडान भरेको निगमको नाइन एन एबीटी विमानमा लोड सिटमा भन्दा एक सय पाँच केजी बढी सामान बोकेको पाइएपछि उनीहरूलाई काम गर्न रोक लगाइएको हो । उक्त विमानले क्षमताभन्दा बढी सामान बोकेको र पुरुष यात्रुलाई महिला यात्रुका रूपमा यात्रा गराएको पनि पाइएकाले कारबाही गरिएको प्रवक्ता निरौलाले बताए ।
००००
कलाकार सीताराम कट्टेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने आफ्नो आशा अझै नमरेको बताएका छन्। उक्त रंगशाला निर्माण गर्न नसकेपछि त्यसबाट बाहिरिएका उनी लामो समय गुमनाम जत्तिकै थिए। 

JYOTI
Vianet communication

यस्तोमा मंगलबार उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै अलपत्र चितवनस्थित निर्माणाधीन रंगशालामै पुगेर आफूले डेढ वर्षदेखि मानसिक यातना भोगिरहेको बताएका छन् ।
००००
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको नागरिकता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
ज्ञवालीले उमेर ढाँटेर जागिर खाएको भन्दै प्रमाणसहित उजुरी परेपछि अख्तियारले छानबिनका लागि सोमवार गृह मन्त्रालयलाई पत्राचार गरेको स्रोतले जानकारी दियो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी प्रकरणमामा युवराज सफल सर्वोच्च अदालत जाने भएका छन्। राहदानी दुरुपयोग मुद्दामा महान्याधिवक्ताको कार्यालयले लामिछानेलाई उन्मुक्ति दिएको भन्दै उनले सर्वोच्च अदालतमा रिट दर्ता गर्ने बताएका छन्।
००००
सार्वजनिक खरिद अनुगमन कार्यालयले चालू आर्थिक वर्षको ७ महिनामै कुल १ सय २२ वटा फर्मलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । पछिल्लो १५ वर्षमा कुल ४४८ र चालू आर्थिक वर्षको चैत ३ गतेसम्म १ सय २२ गरी १६ वर्षमा कुल ५ सय ७० वटा फर्म कालोसूचीमा परिसकेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले उपलब्ध गराएको विवरणअनुसार कुल १० पटकको बैठकमा उक्त निर्णय गरिएको हो । फागुनमा २८ वटा, माघमा १२ वटा, पुसमा २१ वटा, मंसिरमा २५ वटा, भदौमा २० वटा र साउनमा १६ वटा फर्मलाई कालोसूचीमा राखिएको हो ।
००००
राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका छन् ।    
मुख्य प्रशिक्षक एनेसले आजदेखि सुरु हुने उक्त प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली खेलाडीको नाम सार्वजनिक गरेको अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । उनले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको आधारमा खेलाडी छनोट गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १६, २०८०

कोशी प्रदेश सरकारले प्रदेशको नामकरणपछि असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका पहिचानवादीलाई वार्तामा आउन आज आह्वान गरेको छ ।  प्रदेश सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री तथा प्रवक्ता भक्ति सिटौलाले...

जेठ १७, २०८०

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाको मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका थप तीनजना आरोपितको बया...

जेठ १७, २०८०

मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले त्यसबाट ह...

जेठ १६, २०८०

मुग्लिनमा बस दुर्घटना हुँदा  ३२ जना घाइते भएका  छन् । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ७७०१ नम्बरको बस आज दिउँसो ४ बजे पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–५ मुग्लिनमा दुर्घटना ...

जेठ १७, २०८०

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुनैसुन लगाएर भाइरल बनाइएको तस्वीरप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बुधवार राजधानीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूलाई सुनप्...

जेठ १७, २०८०

चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड बुधवार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेक...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

ad
x