×

Nic Asia
Dabur
Prabhu Bank

नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी विचार बोलवाला हुँदै गयो- गिरिराजमणि पोखरेल

चैत ८, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पार्टीभित्र प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण कार्यक्रम चलाइरहेको छ ।

yONNEX
Frooti
Appy

माओवादी केन्द्रको केन्द्रीय स्कुल विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा मंगलवार(हिजो)देखि ‘केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ चलिरहेको छ ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

यस कार्यक्रममार्फत जिल्ला जिल्लामा पार्टीको प्रशिक्षक उत्पादन गर्न लागिएको जनाइएको छ ।


Advertisment
Lokantar App
Saurya island

प्रशिक्षण कार्यक्रममा प्रत्येक जिल्लाबाट १ जना, प्रत्येक प्रदेशबाट २-२ जना, जनवर्गीय संगठनका केन्द्रीय अध्यक्षहरू र केन्द्रीय स्कुल विभागका सदस्यको उपस्थिति छ । ११ गतेसम्म चल्ने प्रशिक्षणमा माओवादी केन्द्रका शीर्ष नेता तथा विषयविज्ञहरूले प्रशिक्षण दिने पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए। 

JYOTI
Vianet communication

स्कुल विभागले तय गरेअनुरूप पाठ्यक्रममा आधारित भएर २६ वटा कक्षा प्रशिक्षार्थीलाई दिइने उनले बताए। 

उपमहासचिव तथा केन्द्रीय स्कुल विभागका संयोजक पोखरेलले पार्टीको विचारधारात्मक स्तर निकै कमजोर हुँदै गएकोले यस किसिमको प्रशिक्षण आवश्यक परेको बताए। उनले प्रशिक्षणबाट आलोचनात्मक चेत भएको मान्छे उत्पादन गर्ने, कार्यकर्तालाई जनसमुदायसँग गाँसिएको सेवक बनाउन खोजिएको बताए।  

उनले भने, ‘हामीले महशुस गरेको कुराचाहिँ हाम्रो विचारधारात्मक स्तर निकै कमजोर भएर गएको छ । हिजो एउटा समयमा हामी स्कुलिङको कामलाई, विचारधाराको कामलाई धेरै ठूलो महत्व दिन्थ्यौँ । अहिले १५ वर्ष भएछ हाम्रो पार्टी स्कुल नचलेको । आज नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी विचार बोलवाला हुँदै गएका छन् । विर्सजनवादी विचारहरु देखापर्दै गएका छन् । हामीले विचारधारात्मक कामहरुलाई हामीले छोड्यौँ । अब हामी मध्यमस्तरीय पढाइ हुँदै अगाडि जान खोजिराखेका छौँ ।'

प्रशिक्षकहरु उत्पादन गर्ने यो कार्यक्रम भएको उनले बताए। भने, 'विचार रिचार्ज गरिराख्नुपर्छ अनि मात्र मान्छे सशक्त हुन्छ । आफूलाई मजबुत बनाउँदछ । हामीले आलोचनात्मक चेत भएको मान्छे पनि बनाउन खोजेका हौँ । जनसमुदायसँग गाँसिएको सेवक पनि बनाउन खोजेका हौँ ।’

नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य कुमार पौडेलले पार्टी नेता, कार्यकर्ताहरुलाई वैचारिक रुपमा अध्ययन गराउन प्रशिक्षणको जरुरी परेको बताए। उनले पार्टीको सिद्धान्त, नीति, कार्यक्रम, मार्क्सवाद, लेनिनवाद र माओवादका आधारभूत सिद्धान्तहरू जनता र कार्यकर्ताहरुमा एकरूपताका साथ लैजान प्रशिक्षण चाहिने उल्लेख गरे। 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २७, २०८०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले फेरि सभापति हुन्छु नभनेको स्पष्ट पारेका छन् । नेपाल डेमोक्र्याटिक लयर एशोसिएशन (डीएलए) को ११औं राष्ट्रिय महाधिवेशनलाई शुक्रवार सम्बोधन गर्दै उनले सबै मिलेर प्...

जेठ २६, २०८०

सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ । आजको बैठकमा छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसि...

जेठ २६, २०८०

नेकपा एमालेका सांसद देवीप्रसाद भट्टचनले नेपालकै सबभन्दा आकर्षक जलाशययुक्त उत्तरगंगा जलविद्युत आयोजनाको काम अगाडि बढाउन आग्रह गरेका छन् । सरकारका नीति तथा कार्यक्रम र बजेटमा जलाशययुक्त आयोजनालाई जोड दिइएपनि उत्त...

जेठ २६, २०८०

परराष्ट्रमन्त्री एनपी साउदले हचुवाको भरमा टिप्पणी गर्दा देशको विदेश सम्बन्धमा आँच आउने बताएका छन् । उनले छिमेकी मित्रराष्ट्रको विषयमा हल्का टिप्पणी गर्दा सन्तुलन बिग्रने भएकाले त्यसतर्फ सतर्क हुनुपर्ने बताए ।  ...

जेठ २६, २०८०

सत्तारूढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे दिएको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको बताएका छन् ।  पूर्वअर्थमन्त्रीसमेत रहेका शर्माले शुक्रवार ...

जेठ २६, २०८०

प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता केदार कोइरालाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव गैरसंवैधानिक रहेको बताएका छन् ।  शुक्रवार आयोगले बोलाएको सर्वदलीय बैठकमा एमालेले जिल्ला निर्वाचन का...

गाँजा फाँडेर भीख मागिरहेको देश !

गाँजा फाँडेर भीख मागिरहेको देश !

जेठ २६, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

ad
x