जेठ १६, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका थप तीनजना आरोपितको बयान मंगलवारबाट शुरू भएको छ । काठमाडौँ जिल्ला अदालतमा आरोपितहरू इन्द्रजित राई, सन्देश शर्मा र नरेन्द्र केसीको बयान लिन शुरू भएको हो । न्या...
चैत ९, २०७९
प्रहरी महानिरीक्षक (आईजीपी)को रेसमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको भर्ना प्रक्रियालाई लिएर लागेको आरोप पुष्टि नहुने देखिएको छ ।
एआईजी ज्ञवालीको भर्ना प्रक्रियाका विषयमा प्रारम्भिक अनुसन्धान गरेको गृह मन्त्रालय स्रोतका अनुसार उनी तत्कालीन अवस्थामा विद्यमान कानूनी व्यवस्थाअनुसार प्रहरी सेवामा भर्ना हुन योग्य रहेको देखिएको छ ।
नागरिकता र शैक्षिक प्रमाण पत्रमा फरक जन्ममिति रहेको र सेवा प्रवेश गर्दा २५ वर्ष नाघिसकेको भन्दै ज्ञवालीविरुद्ध उजुरी परेको थियो ।
उजुरी सम्बन्धमा प्रारम्भिक छानबिन गरेको गृह मन्त्रालयले प्रहरी नियमावलीको तत्कालीन व्यवस्थाअनुसार नै ज्ञवाली भर्ना भएको देखिएको निष्कर्ष निकालेको छ ।
भर्ना हुँदाको समयमा अर्कै व्यवस्था रहेकोमा अहिलेको नियमावलीसँग तुलना गर्नु तर्कसंगक नहुने गृहका एक अधिकारीले बताए ।
‘कसैले उजुरी गर्दैमा कोही दोषी ठहरिने होइन । उनका सम्बन्धमा खासै समस्या हुने खालको अवस्था देखिएन । महानिरीक्षक नियुक्तिका बेला विवाद निकाल्नु उपयुक्त पनि होइन,' गृह स्रोतले लोकान्तरसँग भन्यो ।
डीआईजीबाट एआईजीमा बढुवा भएका पाँचजना भावी आईजीपीका लागि प्रतिस्पर्धी छन् । पाँचै एआईजीले बुधवार प्रहरी महानिरीक्षकको हातबाट फुली लगाएका छन् ।
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह तथा एआईजीहरूले बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता समेत गरेका थिए ।
के हो ज्ञवालीको विवाद ?
एआईजी ज्ञवालीको नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरक–फरक छ ।
शैक्षिक प्रमाणपत्रमा ज्ञवालीको जन्ममिति २०२५ भदौ २६ गते छ भने नागरिकतामा २०२४ चैत २१ गते देखिएको छ ।
डीआईजी ज्ञवाली २०५० साल पुस ९ गते खुलेको विज्ञापनमा आवेदन दिएर प्रहरी सेवामा भर्ना भएका थिए ।
२५ वर्ष नाघेपछि भर्ना हुन नमिल्ने भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।
प्रहरी नियमावली २०७१ मा प्रहरी निरीक्षकमा भर्ना हुने योग्यताअनुसार उमेरको विवरणमा दरखास्त फारम दर्ता हुने अन्तिम मितिसम्ममा २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको भन्ने उल्लेख गरेको छ । अहिलेको नियमावलीलाई आधार मानेर हेर्दा उनी अयोग्य ठहरिन्छन् ।
तर, ज्ञवाली प्रहरी निरीक्षकमा भर्ना हुँदा कायम रहेको नियमावलीअनुसार उनको भर्नामा कुनै त्रुटि नदेखिएको गृहका एक अधिकारीले दाबी गरे ।
प्रहरी नियमावली २०४९ को दफा १३ मा प्रहरी निरीक्षकमा भर्ना हुन चाहिने योग्यताका बारेमा उल्लेख गरिएको छ।
प्रहरी नियमावली २०४९ को दफा १३ (क)मा ‘छनोट हुने सालको वैशाख १ गते २० वर्ष उमेर पुगेको र २५ वर्ष उमेर ननाघेको’ हुनुपर्ने लेखिएको छ ।
२०७१ सालको संशोधनमा ‘दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको नेपाली नागरिक’ भनेर बनाइएको छ ।
भर्ना हुने सालको वैशाख १ लाई हेर्दा उनी २४ वर्ष ५ महिना मात्र पुगेको देखिन्छ ।
‘अख्तियारले पनि पत्राचार गरेपछि प्रारम्भिक अनुसन्धान गर्दा कुनै समस्या देखिएन । तत्कालीन अवस्थामा विद्यमान कानूनी व्यवस्था हेर्दा उनी प्रहरी सेवामा प्रवेश गर्न योग्य रहेको देखियो,' ती अधिकारीले भने, 'अन्य एआईजीसरह उनी पनि प्रहरी आईजीपीका लागि योग्य रहेको देखिएको छ ।'
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका थप तीनजना आरोपितको बयान मंगलवारबाट शुरू भएको छ । काठमाडौँ जिल्ला अदालतमा आरोपितहरू इन्द्रजित राई, सन्देश शर्मा र नरेन्द्र केसीको बयान लिन शुरू भएको हो । न्या...
झापामा घरेलु हतियारको प्रयोग गरी विगत १० महिनामा १२ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७९ साउनदेखि २०८० वैशाखसम्ममा अधिकांशको आफन्तबाट हत्या भएको सो तथ्याङ्कल...
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बाट नियन्त्रित लागूऔषध डाइजेपाम ४९ थान, नोर्फिन ४७ थान, फेनारगन ५० थान र नगद २५ हजार ५०० रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्व...
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ । प्रहरीले शुक्रवार थप १ जनालाई पक्राउ परेपछि संख्या १७ पुगेको हो । पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेका जिल्ला प्रहर...
एनएमबि बैंकको महोत्तरी शाखाबाट कुल १५ लाख १ हजार ४९३ रुपैयाँ लुटिएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार बैंकको अन्तिम हिसाब मिलान गर्दा कुल १५ लाख १ हजार ४९३ ...
प्रहरीले झन्डै रु दुई करोड पर्ने रक्तचन्दनको तेल बरामद गरी कारोबारमा संलग्नलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त तेलको अवैध कारोबारमा संलग्न आठ व्यक्तिहरुलाई पक्राउ गरी आज क...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...