जेठ २३, २०८०
गायक सन्दीप न्यौपाने र गायिका सहिमा श्रेष्ठको स्वरमा ‘पान पाते ओठ’ बोलको गीत सार्वजनिक भएको छ । शेर साउदको शब्द र संगीत रहेको यो गीतमा एचबिएन किस्मतको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ । गी...
अभिनेता प्रदीप खड्काले आफ्नो कम्पनी ‘प्रदीप मिडिया प्रालि’बाट नेवारी परम्परामा आधारित रहेर फिल्म निर्माण गर्ने भएका छन् ।
उनले ‘बार्हा सी’ नाममा फिल्म निर्माण गर्ने भएका हुन् ।
चलचित्र विकास बोर्डमा उक्त शीर्षकमा फिल्म दर्ता गर्दै प्रदीपले निर्माण इजाजत लिएका हुन् ।
नेवारी भाषामा राखिएको ‘बार्हा सी’शीर्षकको अर्थ नेवारी समुदायमा गुफा बस्ने चलन हुन्छ । शीर्षकअनुसार यो फिल्म मौलिक सामाजिक कथावस्तुमा बन्न लागेको आँकलन गर्न सकिन्छ ।
पहिलो पटक रजस्वला हुनुअघि वा भइसकेपछि नेवार समाजमा छोरीलाई ‘बार्हा’ राख्ने चलन छ । बार्हा राखिएकी छोरीले घर बाहिर जानु त टाढाको कुरा घाम समेत हेर्न पाउँदैनन् । पुरुषको छायाँ समेत हेर्नु हुँदैन भनेर आफ्नै दाजुभाइ तथा बाबुबाजेबाट पनि टाढा राख्ने गरिन्छ । बढीमा १२ दिनसम्म बार्हा राखिन्छ । यसकै कथावस्तुमाथि रहेर फिल्म ‘बार्हा सी’ बन्न लागेको बुझिएको छ ।
कथा मन परेर फिल्म दर्ता गरेको प्रदीपले बताएका छन् । स्रोतका अनुसार निर्माणको इजाजत लिएपनि तत्काल भने यो फिल्मको काम सुरु हुनेछैन ।
‘प्रकाश’बाट यसैसाता निफमा सर्वश्रेष्ठ अभिनेताको अवार्ड पाएका प्रदीपको रुचि पछिल्लो समय सामाजिक कथावस्तुका फिल्ममा पनि देखिएको छ ।
यतिबेला ‘कामिनो’ फिल्मको वर्कशपको व्यस्त प्रदीपको रिलिज भएको पछिल्लो फिल्म भने ‘प्रेम गीत ३’ हो ।
गायक सन्दीप न्यौपाने र गायिका सहिमा श्रेष्ठको स्वरमा ‘पान पाते ओठ’ बोलको गीत सार्वजनिक भएको छ । शेर साउदको शब्द र संगीत रहेको यो गीतमा एचबिएन किस्मतको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ । गी...
साङ्गीतिक जोडी अर्जुन पोखरेल र दुर्गा खरेल पोखरेल चाँडै बाबुआमा बन्दैछन् । चर्चित संगीतकार अर्जुन र गायिका दुर्गाले केही वर्षको प्रेम सम्बन्धलाई तीन वर्षअघि विवाहमा परिणत गरेका थिए । सामाजिक स...
अहिलेका व्यस्त अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन् । यार्सा फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘कार्साङ’मा उनी अनुबन्धित भएका हुन् । सामाजिक कथामा बन्न लागेको फिल्मम...
वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा श्रेष्ठको दाहिने आँखामा भएको मोतीविन्दुको शल्यक्रिया गरिएको हो । डा. सन्दुक रुइत, डा. रीता गुरुङ र डा. ग...
लक्ष्मण सुनारको लेखन एवं निर्देशनमा फिल्म ‘फनफनी’ निर्माण हुने भएको छ । यस वर्षको वैशाखमा प्रदर्शनमा आएको ‘बुलाकी’ फ्रेम्ड निर्देशकले कमेडी तथा पारिवारिक कथामा नयाँ फिल्म बनाउन...
लोकप्रिय गायक प्रकाश सपूतले क्यानडामा प्रस्तुति दिने भएका छन् । आफ्नो लोकप्रिय गीत ‘बोल माया’को दोस्रो भाग ल्याउने तयारीमा रहेका यी गायकले आउँदो जुलाई १६ मा ‘सकम्बरी साँझ विथ प्रकाश सपूत&rsqu...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...