×

Nic Asia
Prabhu Bank

विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

चैत ९, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताएका छन् ।

yONNEX
Frooti
Appy

एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय संगठन (इफाप्का) र नेपाल निर्माण व्यवसायी महासंघले संयुक्तरूपमा बिहीवार राजधानीमा आयोजना गरेको अन्तक्र्रियामा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको हकमा पूर्वाधारमा पर्याप्त लगानी नभएको धारणा राखे । पर्याप्त लगानीबाहेक निर्माण उद्योगमा गुणस्तरको अभाव तथा समयमा परियोजना नसकिने परिपाटी देखिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

‘पूर्वाधारमा लगानी’ विषयक अन्तक्र्रियामा उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत शैलीमा काम गरेका कारण पनि नेपालको निर्माण उद्योगमा चुनौती थपिएकाले अब नयाँ शैलीमा काम गर्नुपर्ने धारणा व्यक्त गरे । निर्माणमैत्री ऐन, कानून नहुँदा निर्माण उद्योगमा समस्या देखिएको स्वीकार गर्दै उनले समयसापेक्ष ऐन, कानून बनाउन नेपाल निर्माण व्यवसायी महासंघजस्ता संस्थाको महत्त्वपूर्ण भूमिका रहने बताए ।


Advertisment
Lokantar App
Saurya island

भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा विकास गर्न आफूले विभिन्न कार्यदल गठन गरी काम थालिसकेको जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले आफू सबैसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

JYOTI
Vianet communication

इफाप्काका अध्यक्ष समेत रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपालमा मात्र नभएर विश्वभरि नै दिगो पूर्वाधार विकासको आवश्यकता बढ्दै गएको बताए ।

कमजोर वित्तीय अवस्था तथा प्रविधिका कारण नेपालजस्ता मुलुकलाई दिगो विकासको लक्ष्य हासिल गर्न कठिन भएको अध्यक्ष सिंहले बताए । इफाप्काका महासचिव पनि रहेका नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार वीरेन्द्रराज पाण्डेले इफाप्काको उद्देश्यमाथि प्रष्ट पार्दै ४६औं इफाप्का सम्मेलन आगामी मंसिर ४ देखि ८ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागिएको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १८, २०८०

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज बिहीवार भेटवार्ता हुँदैछ । औपचारिक भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड बुधवार भारतको नयाँदिल्ली पुगिसकेका ...

जेठ १७, २०८०

नेकपा (एमाले) नेतृत्वको एकमात्रै प्रदेश सरकार संकटमा पर्ने देखिएको छ । जनता समाजवादी पार्टी, नेपाल समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि कोशी प्रदेश सरकार संकटमा पर्ने संकेत देखिएको हो ।  जसपा समर्थन ...

जेठ १७, २०८०

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधवार साँझ बुटवलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलको पुत्ला दहन गरेको छ । राष्ट्रपतिले विवादास्पद नागरिकता विधेयक...

जेठ १७, २०८०

४ दिने औपचारिक भ्रमणको शिलशिलामा प्रधामनन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिल्लीमा भेटवार्ता शुरू गरेका छन् । बुधवार अपराह्न दिल्ली पुगेका प्रचण्डले पहिलो भेट प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाह...

जेठ १७, २०८०

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अघिल्लो प्रतिनिधि सभाबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाएर सरकारले संसदको अधिकारमाथि हमला गरेको आरोप लगाएको छ ।  एमाले संसदीय दलका उपनेता सुवास ने...

जेठ १७, २०८०

नेपाली कांग्रेसका १४ जिल्ला सभापतिहरू  ‘कोशी’ प्रदेशको नाम पुनर्विचार गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । कोशी प्रदेशका १४ जिल्ला सभापतिहरूले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै नाम पुनर्विचार गर्न ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

ad
x