×

Nic Asia
Prabhu Bank

च्यांग्राको भुवाको गुणस्तर अध्ययन गर्न नमूना संकलन

चैत ९, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

गुणस्तरीय पश्मिना उत्पादनका लागि च्यांग्रा भुवाको गुणस्तर निर्धारण गर्ने उद्देश्यले मुस्ताङका च्यांग्रा किसानलाई भुवाको नमूना संकलन तालिम शुरू भएको छ ।

yONNEX
Frooti
Appy

१ हप्ता लामो तालिमपछि स्थानीय किसानका १६० च्यांग्रा गोठमा गई तालिमप्राप्त किसानहरूले अन्तर्राष्ट्रिय विज्ञको निगरानीमा ८०० वटा च्यांग्राको भुवा नमूना संकलन गरिने छ । 
        
नेपालमा पहिलोचोटी गर्न लागिएको च्यांग्राका भुवाको गुणस्तर अध्ययनले नेपाली गुणस्तरीय पश्मिनालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सहज हुने विश्वास लिइएको छ । मुस्ताङमा उत्पादन हुने च्यांग्राको ऊनबाट बन्ने पश्मिनाको गुणस्तर र यसले पाउने बजार मूल्यको वैज्ञानिक अध्ययन र विश्लेषण गर्न यो तालिम तथा भुवाको नमूना संकलन गर्न लागिएको हो । चैत १३ गतेसम्म च्यांग्रा भुवा संकलन तालिम र चैत १४ देखि २२ गतेसम्म भुवाको नमूना संकलन गरिनेछ ।
    
युरोपियन युनियनको सहयोगमा सञ्चालित ईयू नेपाल व्यापार तथा लगानी कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार केन्द्रले नेपाल पश्मिना उद्योग संघ, च्यांग्रा पश्मिना किसान संघ तथा नेपाल कृषि अनुसन्धान परिषद्को सहकार्यमा मुस्ताङको घारापजोङ, दामोदरकुण्ड, बाराजोङ–मुक्तिनाथ, लोमाङथान र लो–घेकर गाउँपालिकामा यो तालिम तथा भुवा संकलन कार्यक्रम सञ्चालन गरिँदैछ ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

उच्च गुणस्तरको ठानिएको नेपाली च्यांग्रा पश्मिनाको माग स्वदेशी तथा विश्व बजारमा बढ्दै गएको भए पनि यसको वास्तविक गुणस्तरको वैज्ञानिक परीक्षण हुन सकेको थिएन । च्यांग्रापालक कृषकबाट संकलन हुने भुवाको गुणस्तरबारे पश्मिनाका ग्राहकहरू जानकार हुनु आवश्यक छ ।


Advertisment
Lokantar App
Saurya island

कृषकका १६० गोठमा रहेका च्यांग्राका बथानबाट प्रतिगोठ ५–५ वटा गरी ८०० वयस्क च्यांग्रा छनोट गरिनेछ । संकलित नमूनालाई परीक्षणका लागि सुविधासम्पन्न र अन्तर्राष्ट्रिय मान्यताप्राप्त पशु फाइबर परीक्षण प्रयोगशालामा अध्ययनका लागि पठाइने छ ।

JYOTI
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १७, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकोमा तराई–मधेश केन्द्रित राजनीतिक दलहरूले स्वागत गरेका छन् । राष्ट्रपतिले आज (बुधवार) नागरिकता विधेयक प्रमा...

जेठ १७, २०८०

दुई दिनदेखि बढेको अत्यधिक गर्मीका कारण सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा दिइएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय तहको विद्यालयमा ब...

जेठ १७, २०८०

लुम्बिनी विकास कोषले बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको खयरडाँडामा उत्खनन शुरू गरेको छ ।​ बुधवार कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले संयुक्तरु...

जेठ १७, २०८०

विराटनगरका विद्यालय दुई दिन बन्द रहने भएका छन् । अत्यधिक गर्मीका कारण महानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठन लगायतका गतिविधि ...

जेठ १७, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज (बुधवार) चार जना प्रतिवादीको बयान लिइएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादी गोविन्द चौधरी, नेपाल सरकारका निलम्बित सचिव ...

जेठ १७, २०८०

नहरमा डुबेर कैलालीका एक शिक्षकको ज्यान गएको छ । कैलालीको लम्किचुहा नगरपालिका-३ बल्चौरस्थित रानी जमरा सिचाईं आयोजनाको नहरमा पौडी खेल्ने क्रममा डुबेर ३४ वर्षीय शिक्षक जब्बर बडुवालको निधन भएको इलाका प्रहरी कार्या...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

ad
x