×

NIC ASIA

नवरात्र शुरू भएसँगै शक्तिपीठमा दर्शनार्थीको भीड

चैत ९, २०७९

Prabhu Bank
NTC
Premier Steels

चैते नवरात्र शुरू भएसँगै बैतडीसहित सुदूर पहाडका शक्तिपीठ तथा मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।  
    
चैते दशैंसम्म विभिन्न शक्तिपीठ तथा मन्दिरमा पूजाआजा हुने भएकाले नवरात्रको शुरूआतसँगै दर्शनार्थीको भीड लागेको हो ।

Muktinath Bank

यो नवरात्रमा बसाइ सरेर तराई गएका पूजाआजाका लागि आउने गरेका पण्डित जयानन्द भट्टले बताए । उनले भने, ‘नवरात्र शुरू भएसँगै पूजाआजा गर्न आएका दर्शनार्थीको भीड बढ्दै गएको छ । यो क्रम चैते दशैंसम्म रहन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चैते नवरात्रमा निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङाशैनी, पोटलाशैनी लगायत भगवतीका मन्दिरमा पूजाआजा शुरू भएको छ । निङ्गलाशैनी र मेलौली मन्दिरमा चैते दशैंको दिन बलिसहित जात्रा हुने गरेको मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । दोगडाकेदार, सिगास, महारुद्र, शिवनाथ, वासुलिङ्ग, उदयदेव, जगन्नाथ, भूमिराज लगायतका मन्दिरमा पनि चैते नवरात्रमा पूजाआजासहित जात्रा हुने गरेको छ ।  


Advertisment
Nabil box
Kumari

यसैबीच यहाँको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको प्राङ्गणमा हिङ्लो ठड्याइएको छ । चैते दशैंको घटस्थापनाको अवसर पारेर ‘हिङ्लो’ ठड्याइएको हो । 

Vianet communication

हिङ्लो निर्माण समितिका संयोजक प्रकाश बोहराका अनुसार निङ्गलाशैनी भगवती मन्दिरमा रहेको पुरानो हिङ्लो जीर्ण भएपछि नयाँ हिङ्लो राखिएको छ । निङ्गलाशैनी भगवती धार्मिक वनबाट देवदारको रुख काटेर नयाँ हिङ्लो निर्माण गरिएको हो । 

पिङ अर्थात ‘हिङ्लो’मा भगवतीको सवारी भएर पिङ खेल्ने जनविश्वास रही आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x