जेठ १०, २०८०
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले एमबीएस तथा एमपीए तेस्रो सत्रका लागि विशेष मौका परीक्षाको व्यवस्था गरेको छ । त्रिविले मंगलवार एमबीएस तथा एमपीए कार्यक्रमको तेस्रो सत्रको परीक्षा फाराम भर्ने सूचना जारी गर्...
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा टाढा राख्ने निर्णय सच्याउन विद्यार्थी संगठनले माग गरेका छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियूले बिहीवार विज्ञप्ति जारी गर्दै क्याम्पसभन्दा टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याउन माग गरेका हुन् ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त रूपमा र अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गरी विद्यार्थीलाई पायक पर्ने स्थानमा परीक्षा केन्द्र तोक्न माग गरेका छन् ।
‘हालै सम्पन्न स्ववियुको निर्वाचनमा विद्यार्थी सहभागी भएका अवस्थामा विद्यार्थीलाई अनावश्यक तनाव र दुःख दिने मनसायका साथ विद्यार्थीले अध्ययनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन परीक्षा नियन्त्रण कार्यालयसमक्ष माग गर्दछौं,’ ३ विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस्तै अनेरास्ववियुका अध्यक्ष बडालले पनि विद्यार्थीलाई दुःख दिने अभिप्रायले परीक्षा केन्द्र धेरै टाढा राखिएकाले नजिक पायक पर्ने क्याम्पसमा परीक्षा केन्द्र राख्न माग गरेका छन् । परीक्षा नियन्त्रण कार्यालयले चैत १२ गतेदेखि हुने स्नातक तह चौथो वर्षको परीक्षाको परीक्षा केन्द्र एउटा जिल्लाको क्याम्पसको परीक्षा अर्को जिल्लामा राखेको छ ।
त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सचिव सिद्धान्त भट्टले फरक जिल्लामा परीक्षा केन्द्र नराख्न र पायक पर्ने क्याम्पसमा परीक्षा केन्द्र राख्ने विषयमा परीक्षा नियन्त्रकसँग अनुरोध गरिएको बताए ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले एमबीएस तथा एमपीए तेस्रो सत्रका लागि विशेष मौका परीक्षाको व्यवस्था गरेको छ । त्रिविले मंगलवार एमबीएस तथा एमपीए कार्यक्रमको तेस्रो सत्रको परीक्षा फाराम भर्ने सूचना जारी गर्...
सरकारले सबै विषय पढेकाले शिक्षण अनुमति पत्र लिन पाउने गरी कानूनमा व्यवस्था गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सबै विषय पढेकालाई शिक्षण अनु...
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विद्यार्थीको ट्रान्सक्रिप्ट लगायतका विवरण अब प्रदेश कार्यालयबाट वितरण गर्ने भएको छ । परिषद्को परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक प्रमोदभक्त...
गरीब, जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहज पार्न रसुवाका २ विद्यालयमा निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ । शैक्षिक सामग्री प्राप्त गर्नेमा दक्षिणी भेगस्थित ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना मावि जिविजवेम...
कालीकोटको महाबै गाउँपालिका–२ पादमघाटस्थित तिला माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । सोमवार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढल्न थालेपछि...
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले विद्यार्थीको ट्रान्सक्रिप्ट लगायतका विवरण अब प्रदेश कार्यालयबाट वितरण गर्ने भएको छ । परिषद्को परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक प्रमोदभक्त ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...