असोज ६, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि शनिबार चीन आइपुगेका छन्। प्रधानमन्त्री दाहाल शनिबार चीनको हाङ्चाउ सहर आइपुगेका हुन् । आज स्थानीय समयअनुसार बिहान ...
चैत १०, २०७९
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नयाँ समीकरण बनेसँगै प्रतिनिधिसभाबाट पुनः विश्वासको मत जितेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेका छन् । प्रचण्डले चैत ६ मा संसदबाट विश्वासको मत जितेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिन दलहरुसँग छलफल गर्दै आएपनि सहमति भने जुट्न नसकेको हो । भागबण्डामा मुख्यगरी कांग्रेससहितका साझेदार दलसँग सहमति नजुट्दा मन्त्रिपरिषद् पुनर्गठन प्रभावित बन्न पुगेको छ ।
प्रधानमन्त्रीले बुधबार सत्ता गठबन्धन र शुक्रबार कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए । यस्तै प्रचण्डले गठबन्धनमा आबद्ध अन्य दलसँग पनि छुट्टाछुट्टै वा सामुहिक छलफल गर्ने योजना बनाएका छन् । सबैसँग छलफलपछि सत्ता गठबन्धनको बैठक पुनः बसेर सहमति जुटाउन प्रयास गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसो गर्दा मन्त्रिपरिषद् विस्तारमा १–२ दिन लाग्न सक्ने प्रचण्डको सचिवालयको भनाइ छ । मुख्यगरी अर्थ, गृह, परराष्ट्र जस्ता मन्त्रालय कसले लिने भन्नेमा सत्ता साझेदार दलमा विवाद रहेको छ ।
प्रधानमन्त्रीले यसअघि संसदबाट विश्वासको मत जितेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै चैत १० भित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका थिए ।
००००
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता शरदसिंह भण्डारीले सरकारमा सहभागी हुने दलहरुलाई सम्मानजनक सहभागिता गराउनुपर्ने बताएका हुन् ।
यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीले पनि सरकारमा सहभागी हुने र त्यसका लागि पार्टीको तर्फबाट कार्यदल बनाइएको छ । यस्तै कांग्रेसले सरकारमा सहभागी हुने भनेर यसअघि नै निर्णय गरिसकेको छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले गत पुस १० गतेकै सहमति कार्यान्वयन भए पार्टी सरकारमा जानसक्ने बताएको छ । प्रवक्ता मुकुल ढकालले १० गतेकँ सहमति कार्यान्वयन भएमा सरकारमा जान सक्ने बताए । रास्वपाले पनि प्रचण्डलाई विश्वासको मत दिएको थियो ।
००००
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण वैशाख दोस्रो साताभित्र भइसक्ने बताएकी छन् । बिहीवार भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि उनले यस्तो जानकारी गराएकी हुन् ।
मन्त्री शर्माले प्रधानमन्त्री दाहालले पहिलो विदेश भ्रमण भारतबाट नै शुरु गर्ने र अप्रिल महिनासम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारत सरकारलाई दिएको बताइन् ।
००००
मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्दैछ । शुक्रबार दिउँसो बस्ने तय भएको बैठकले नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गर्ने तयारी छ । वर्तमान आईजीपी धिरज प्रताप सिंह शनिवारदेखि अवकाशमा जाने भएसँगै नयाँ नियुक्ति गर्न लागिएको हो ।
००००
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
गत फागुन ३ गते काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास पड्किएर गम्भीर घाइते भएपछि भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा फागुन ४ गतेदेखि उपचाररत कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो ।
००००
नेपालमा कोरोना भाइरसको सङ्क्रमण बिहीबार ह्वात्तै बढेको छ । शून्यमा झरेको सङ्क्रमण बिहीबार एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ ।
००००
शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षक पदका लागि खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको छ। आयोगले बिहीबार ७७ वटै जिल्लाका लागि ६ हजार १३ जना प्रावि शिक्षक संख्या कोटा खुलाएको हो।
००००
नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० दलीय गठबन्धनलाई खण्डित गर्ने रणनीतिमा एमाले नलाग्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा माओवादी केन्द्रलाई लक्षित गर्दै भने, ‘चुनाव लड्दा कांग्रेससँग मिलेर लड्नुभयो । जनतालाई दिएको वचन पूरा गर्नेतर्फ फर्किनुभएको हो ठीक छ ।’
००००
नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको छ । गण्डकीमा पनि माओवादीको सोही तयारी रहेको छ। यसैबीच बागमतीमा भने मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि शनिबार चीन आइपुगेका छन्। प्रधानमन्त्री दाहाल शनिबार चीनको हाङ्चाउ सहर आइपुगेका हुन् । आज स्थानीय समयअनुसार बिहान ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दी सम्झिँदै देशलाई आत्मनिर्भर बनाउने अभियान छाड्न नहुने बताएका छन् । ओलीले भारतीय नाकाबन्दीको ८ वर्ष पुगेको दिन शनिबार तत्कालीन ना...
नेपाल क्रिकेट सङ्घ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टोलीलाई भारत र पाकिस्तानको उचाइमा पुर्याउने चुनौती रहेको बताएका छन् । क्यानको निर्वाचनबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत अ...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (शनिबार) चीन पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर शुक्रबार न्युयोर्कबाट प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान चीनको हाङचौं शहरमा पुगेका हुन् । हाङचौ...
सरकारसँग भएको सहमतिमा आफूहरूको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकले आज (शनिबार) पनि आन्दोलन जारी राखेका छन् । बुधबारबाट शुरू भएको शिक्षक महासंघको आन्दोलन शुक्रबार सरकारसँग ६ बुँदे सहमति भएपछि टुंगिएको थिय...
राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका–१३ स्थित भयरथान मन्दिरको दर्शन गरेका छन् । उनले आज आफ्नो गृहजिल्लामा रहेको उक्त मन्दिरको दर्शन गरेका हुन् । मिर्लुङकोटको पश्चिमतर्फको खोचमा अवस्थित...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...