×

NMB BANK
NIC ASIA

सक्रिय रूपमा समस्या समाधानको काम गर्नेछु- वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठ

चैत १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठले आफू निर्वाचित भएपछि अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीबीच सेतुको रूपमा काम गर्ने बताएका छन्।

Muktinath Bank

कोशी प्रदेशको काँकरभिट्टामा बुधबार आयोजित ‘लथालिङ्ग अर्थतन्त्र किन, कसरी, को जिम्मेवार ?‘ विषयक कार्यक्रममा उनले भने, ‘विधानमा वरिष्ठ उपाध्यक्षको कामबारे व्याख्या नगरे पनि आफूले सक्रिय रूपमा उद्योगी व्यवसायीहरूको समस्या समाधानमा काम गर्नेछु।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले उद्योगी व्यवसायीहरूको समस्या समाधान गर्दै अर्थतन्त्रलाई सुधार गर्न र सक्रिय रूपमा सहकार्य गर्ने पनि बताए।


Advertisment
Nabil box
Kumari

‘हामी आफैंले एसएमसईबाट व्यवसाय शुरु गरेर अहिलेसम्म यहाँ आएको हुँ। त्यसैले व्यवसायका समस्याबारे पनि परिचित छु,‘ उनले भने, ‘अहिले बजारमा समस्या छ र हामी सबै ऋण र ब्याज तिर्न कठिनाई भोगिरहेका छौं। त्यसलाई कसरी समाधान गर्नेमा पनि उत्तिकै चिन्तित छु।'

Vianet communication
Laxmi Bank

कार्यक्रममा पूर्वअर्थसचिव शिशिर ढुंगानाले अर्थतन्त्र निगरानी प्रणाली कमजोर हुँदा अहिले समस्या आएको भन्दै निजी क्षेत्रसँग समेत सल्लाह नगर्दा यसले थप असर पारेको बताए। 

‘अहिले राजस्व आम्दानी माइनसमा गयो। जसले सरकारको सार्वजनिक खर्च संकुचित बनायो। यसले बजारमा पैसा जान सकेन र सबैतिर समस्या भयो,‘ उनले भने। बैंक तथा वित्तीय क्षेत्रलाई कोभिडपछि सबै छाडिएको तर अहिले सबै एकैपटक कस्ने नीतिले समस्यामा पारेको उनले स्पष्ट पारे।

‘नीति बनाउँदा पर्याप्त सल्लाह नभएको देखिन्छ। सामूहिक सल्लाहसमेत गरिएन र निजी क्षेत्रसँग समेत सरसल्लाह भएन्,‘ पूर्वसचिवले ढुंगानाले भने, ‘मौद्रिक नीतिमा समीक्षा भएन र प्राइभेट सेक्टरसँग छलफल नै गरिएन्।‘

सरकारले अर्थतन्त्र सुधार गर्न आशा सिर्जना गर्नुपर्ने नत्र निजी क्षेत्र निराश हुने र थप आर्थिक असर पर्ने उनको भनाइ छ। 

कार्यक्रममा कोशी प्रदेशमा आधारित रहेर पत्रकारिता गर्दै आएका विराट अनुपमले प्रदेशमा आर्थिक गतिविधिका लागि उच्चतम सम्भावना भएको भन्दै बीबीआईएनमा कोशी प्रदेशले नेतृत्व लिन सक्ने औंल्याए।उनले नेपालको पूर्वी नाकाबाट बंगलादेश, भुटान भारतलगायत देशहरूसम्म यातायात सहज भएको हुँदा यसले बजार विस्तार गर्न सकिने बताए।​

अनुपमले भुटानी नागरिकहरूलाई पूर्वी नाकाबाट भित्र्याएर लुम्बिनीसम्म पुर्‍याउने तथा बंगलादेशीलाई हिमाल हेर्न बोलाउन सकिनेसहित योजनाहरू ल्याउन निजी क्षेत्रसँगसमेत आग्रह गरे। 

जिल्ला नगरतर्फको उपाध्यक्षका प्रत्याशी अरुणराज सुमार्गीले महासंघमा उद्योगीहरूको समस्यामा बोल्ने नेतृत्व चाहिएको भन्दै अन्जन श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष चयन गर्न आह्वान गरे। 

अन्य वक्ताहरूले अर्थतन्त्र पूरै बिग्रिएको नभई लथालिंग भएको र सुधार गर्न सकिने अवस्थामा रहेको बताएका थिए ।

सरोकारवालाहरूले अर्थतन्त्रमा केही समस्या भएको तर यसलाई सबै मिलेर सुधार गरर सही ट्र्याकमा ल्याउन सकिने बताए।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x