×

NMB BANK
NIC ASIA

कर्णालीका दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पुर्‍याउनुपर्छ : मुख्यमन्त्री शर्मा

चैत ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम बस्तीसम्म सञ्चारको सहज पहुँच पुर्‍याउनुपर्ने बताएका छन् ।

Muktinath Bank

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा शुक्रवार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, सेवाको विस्तार, भावी योजना र दूरसञ्चार सेवाको गुणस्तर सुधार लगायतका विषयमा दूरसञ्चार सेवा प्रदायक र सरोकारवालासँगको अन्तर्क्रिया कार्यक्रम’मा मुख्यमन्त्री शर्माले माथिल्लो कर्णालीका जिल्लाका जनता सञ्चारको सहज पहुँचमा नरहेको जनाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आजको युग विज्ञान र प्रविधिको युग हो,’ उनले भने, ‘दूरसञ्चार सेवालाई सबै जनतामाझ पुर्‍याउनुपर्दछ । यसको सहज पहुँचबाट मात्र उनीहरूको सूचनाको हक पूरा हुन्छ । गुणस्तरीय इन्टरनेट सेवा नभएका कारण धेरै भुक्तानी रोकिएर सेवाग्राही मर्कामा परेकाले सेवा प्रदायकले भनाइ खानुपरेको उनको भनाइ थियो । 


Advertisment
Nabil box
Kumari

आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले दूरसञ्चार प्राधिकरणले सेवाको विस्तारका साथै क्षमता वृद्धि गर्नुपर्ने जनाए । विद्युत् आपूर्ति, प्राविधिक जनशक्तिको व्यवस्थापन, सहुलियत प्याकेज प्रदान गर्न नियमनका लागि कानून निर्माण गर्न आवश्यक रहेको उनले बताए ।

Vianet communication
Laxmi Bank

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जितबहादुर मल्लले कर्णालीका मुगु, डोल्पा र हुम्लाका नागरिकले फोन गर्न अग्लो डाँडो वा रुखमा जानुपर्ने बाध्यता रहेको जनाए । आवाबाट शुरू भएको सेवा आज निकै विकसित, सुदृढ र प्रभावकारी बनेको अवस्थामा दुर्गमवासी सञ्चारको सहज पहुँचमा नरहेको बताउँदै उनले टावर राख्ने सन्दर्भमा वन मन्त्रालयसँग सम्बन्ध राख्न अनुरोध गरे ।

भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्री उर्मिला विकले कर्णालीका दुर्गम स्थानमा सञ्चार पुर्‍याउने कुरामा प्राधिकरणले ध्यान दिनुपर्नेमा जोड दिए । राष्ट्रिय प्रसारण लाइन जोडिन नसक्दा पनि डोल्पा, हुम्ला, मुगुमा फोन तथा इन्टरनेट सेवा सञ्चालनमा समस्या भएको उनको भनाइ थियो । 

प्राधिकरणका उपभोक्ता हित संरक्षण महाशाखाका निर्देशक अर्जुन घिमिरेले दूरसञ्चारको समस्याको जानकारी लिने, उपभोक्तालाई सूसुचित गर्ने, स्वीकृति प्राप्त सेवा प्रदायकसँग स्थानीय तहमा छलफल गरी समस्याको जानकारी लिई समाधानको उपायको पहिचान गर्ने उद्देश्यले कर्णाली प्रदेशमा दूरसञ्चार सेवासम्बन्धी अन्तक्र्रिया गरिएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x