कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
पालतो शरीर, आकाशे रंगको निलो सर्ट, कालो जिन्स पाइन्ट अनि खुट्टामा सामान्य चप्पल ।
जाडो सकिएर तराईमा गर्मी उकालो चढ्दै थियो । कपिलवस्तुको पुरातात्विक तिलौराकोट क्षेत्रभित्र उभिएर त्यहाँको महत्त्वबारे जानकारी गराउँदा पर्यटकको क्यामराले उनीमाथि ‘निसाना’ लगाउँछन् ।
कपिलवस्तु नगरपालिका–३ शिवगढ घर भएका पथ प्रदर्शक (टुरिस्ट गाइड) राजकुमार यादव ‘ग्रेटर एरिया अफ लुम्बिनी’बारे पर्यटकलाई जानकारी गराउँछन् । ‘ग्रेटर लुम्बिनी’मा बुद्धसँग सम्बन्धित ३ जिल्लाका लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदह पालिका पर्छन् ।
बुद्ध सर्किटमा पर्ने महामानव भगवान गौतमबुद्धले २९ वर्ष बिताएको तिलौराकोटदेखि आसपासका पुरातात्विक क्षेत्रमा पुग्ने आन्तरिक र बाह्य पर्यटकले त्यहाँको इतिहास र महत्त्व उनै यादवबाट थाहा पाउँछन् । फागुन अन्तिम हप्ता त्यहाँ पुग्दा लुम्बिनी र त्यससँग जोडिएका क्षेत्रबारे पर्यटकले राखेका जिज्ञासा लाइसेन्स प्राप्त ३३ वर्षीया ‘टूर गाइड’ यादवले अंग्रेजी, नेपाली, हिन्दी र चाइनिज भाषामा महामानव बुद्ध र तिलौराकोटको महत्त्वबारे धाराबाहिक रूपमा जानकारी गराउँदै थिए ।
हेर्दा सामान्य लाग्ने तर बुद्धसर्किटको जीवन्त ज्ञान संगालेर पथ प्रदर्शक बनेका यादव १० वर्षदेखि आफ्नै आँगन अगाडिको ऐतिहासिक, पुरातात्विक र बुद्धिस्ट क्षेत्रको प्रचारबारे पर्यटकलाई बताउँदै हिँडेका छन् ।
‘हाम्रो सरकार र लुम्बिनी विकास कोषले पनि विश्वले मान्दै आएको यस क्षेत्रको विकासमा ध्यान पुर्याउन सकेन,’ यादव भन्छन्, ‘यहाँ आउने विभिन्न राष्ट्रका ‘टुरिस्ट’लाई यस क्षेत्रको महत्त्व बुझाउने व्यक्ति नहुँदा निराश भएर फर्किन बाध्य भएको मैले देखें । त्यसपछि आफैं पर्यटकको मागदर्शक बन्ने रुचि जाग्यो अनि अध्ययन गरेर यस क्षेत्रमा लागेको हुँ ।’
लुम्बिनी र तिलौराकोट नेपाललाई विश्वमा चिनाउने अग्रणी सम्पदा हुन् । तिलौराकोट शाक्यहरूको राजधानी हो । जहाँ आजभन्दा २ हजार ५०० वर्ष अगाडि गौतम बुद्धले २९ वर्षसम्म बाल्यकाल र किशोरावस्था बिताएका थिए ।
तिलौराकोटदेखि गोटिहवा, निग्लीहवासम्मका सबै पुरातात्विक वस्तुबारे उनीसँग ज्ञान छ । तिलौराकोट उत्खननको शुरूआतदेखिको जानकारी उनलाई सबै थाहा छ । पाँचौं शताब्दीमा चिनियाँ यात्री फाहियान र सातांै शताब्दीमा ह्विन सानले तिलौराकोटको विषयमा लेखेका कुरा पनि उनले सबै पर्यटकलाई बताउँछन् । पछिल्लो समय बेलायतको दुराम विश्वविद्यालय र पुरातत्विक विभागले गरेको उत्खननबारे पनि अध्ययन गरेर सबै ज्ञान बटुलेका छन् ।
पर्यटकले उनलाई तिलौराकोटको महत्त्व गोटिहवा, तत्कालीन राजदरबार र त्यहाँको आर्कोलोजी र ‘कल्चर’बारे सोधेको प्रश्नको उनले सजिलै जवाफ र वर्णन गर्छन् । अहिले श्रीलंका, चीन, भारत, बर्मा, थाइल्याण्ड, भियतनाम लगायतका विभिन्न राष्ट्रका पर्यटकहरू बुद्धभूमिको दर्शन र ध्यानका लागि आउने गर्छन् । तिलौराकोटमा कोरोना महामारीपछि पर्यटक बढेर अहिले दैनिक १ हजार पुग्ने गरेका छन् ।
विश्व सम्पदा क्षेत्रमा काम गर्ने युनेस्कोले रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका १५ जना युवाहरूलाई ‘हायर’ गरेर गरिएको ‘बुद्धिस्ट एरिया’को तालिममा यादव सहभागी भए । काठमाडौंमा नेपाल एकेडेमिक टुरिज्म एशोसिएशन होटल म्यानेजमेन्टबाट पनि उनले तालिम लिए । ‘तालिम त मैले धेरै लिएँ तर अध्ययन मैले आफैं गरें, ज्ञान संगालें,’ उनले भने ।
कपिलवस्तको शान्ति निकेतन स्कूलबाट विक्रम संवत् २०६४ सालमा तत्कालीन एसएलसी गरेका उनले कपिलवस्तु बहुमुखी क्याम्पसबाट आईएस्सी गरेका छन् । त्यसपछि उनी भैरहवाको बृहस्पति कलेजमा म्यानेजमेन्ट गर्न स्नातक तहमा भर्ना भए तर पढाइ पूरा गर्न पाएनन् । पढाइ त्यसै अल्झियो । उनी भन्छन्, ‘अहिले फेरि कपिलवस्तुबाट मानविकी संकायमा स्नातक गरेको छु ।’
उनीसँगै टूर गाइड बन्ने लक्ष्यका साथ अगाडि बढेकाहरू सबै पलायन भइसके तर उनी यहीँ अभियानमा लागिरहने बताउँछन् । राज्यबाट उनले अझै आर्थिक रूपमा केही पाउँदैनन् । ‘देशको महत्त्वबारे निरन्तर लाग्दा समेत राज्यले केही गरेको छैन,’ उनी भन्छन्, ‘केही ट्राभल्स एजेन्सीहरूले मलाई बोलाएर यहाँको बारेमा जानकारी लिन चाहे दैनिक ३ हजार ५०० रूपैयाँसम्म लिने गरेको छु ।’
‘बुद्धिष्ट’ क्षेत्रमा राज्यले पथ प्रदर्शक राख्नुपर्ने हो तर राखेको छैन । जहाँ यादवले अहिलेसम्म लाखौं पर्यटकसामु बुद्धको जीवनबारे वर्णन गरेका छन् । उनीसँग बुद्ध र कपिलवस्तुबारे लेखिएका पुस्तकहरू प्रशस्त छन् । उनी पुस्तकहरू निरन्तर अध्ययन गर्छन् ।
‘आफूभित्रको सम्भावना पहिचान गरें । कठोर मेहनत गरेर सपना साकार पार्ने दिशामा निरन्तर कदम चालिरहें । आफन्त र साथीहरूको सहयोग हरेक कदममा पाइरहें,’ टुर गाइड यादव भन्छन् ।
तिलौराकोटमा ईशापूर्व छैटौं शताब्दीमा योजनाबद्ध शहरीकरण शुरू भएको विभिन्न समयमा भएका उत्खननबाट पाइएको छ । चारैतर्फ किल्ला र पर्खालले घेरिएको, उत्तरतर्फ स्तूप, दक्षिणमा औद्योगिक स्थल, पूर्वमा बिहार र पश्चिममा बसोबास रहेको बताइन्छ । दरबारभित्र बुद्धले नुहाउने कोठा, आराम गर्ने कक्ष समेत भेटिएको यादवले बताउँछन् ।
पर्खाल, पोखरीको किनारका साथै बिहारको जगमा चाँदीका ४९७ पञ्चमार्क मुद्रा पनि उत्खननका क्रममा भेटिएका छन् । तिलौराकोटमा बुद्धभन्दा २०० वर्ष अगाडिको मानव सभ्यता विकास भएको अनुसन्धानबाट देखाएको छ । त्यसबेलाका महत्त्वपूर्ण चिजवस्तु पुरातत्व विभागले राखेको छ ।
तिलौराकोटको नयाँ अनुसन्धान गर्दा सिद्धार्थ गौद्धबुद्धलाई जोगाउनका लागि २ वटा विशाल पर्खाल लगाएको भेटिएको छ । कपिलवस्तु सांस्कृतिक, सबैभन्दा पुरातात्विक र ऐतिहासिक जिल्ला हो । सरकारले अहिले तिलौराकोट क्षेत्र वरिपरिको गाउँलाई पनि अधिग्रहण गरेको छ ।
यादवसहित धेरै परिवारको जग्गा पुरातत्व विभागले अधिग्रहण गरी परिवारलाई मुआब्जा दिएर स्थानान्तरण गरेको छ । यहाँ व्यवस्थित गुरूयोजना बनाएर विश्व सम्पदा सूचीमा लगेर यो क्षेत्रलाई व्यवस्थित विकास गर्नका लागि तयारीहरू भइरहेका छन् । बुद्धका धेरै अनुयायीलाई लुम्बिनीसम्म ल्याउन सकिएको छैन । धेरैभन्दा धेरै बुद्ध धर्मालम्बीलाई लुम्बिनीको महत्त्व संसारभर चिनाउन सके सबैभन्दा धेरै पर्यटक आउने पर्यटकीय स्थलका रूपमा लुम्बिनीको विकास गर्न सकिन्छ ।
बौद्ध धर्मावलम्बीका लागि महत्त्वपूर्ण पर्यटकीय केन्द्र लुम्बिनी र आसपासका क्षेत्र हुन् । अपार सम्भावना भएको लुम्बिनीलाई राज्यले चिन्न सक्नुपर्ने यादवको बुझाइ छ ।
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...