×

NMB BANK
NIC ASIA

क्रिकेट खेल्न नरोकिएका ललित

आमाबुवाको अवरोधबीच क्रिकेटमा उदाएका ललित

चैत ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘डल्लो बोकेर भविष्य बन्दैन’ भन्दै ललित राजवंशीलाई उनका बुवा अजय नारायणले गाली गर्ने गर्थे । उनले छोरालाई मात्रै गाली गरेनन्, छोराकी आमाले पनि गाली खाइन् ।

Muktinath Bank

हाम्रो समाजमा अहिले पनि छोराछोरीले फट्याइ गरे भने दोषको भागिदार आमा हुनुपर्छ । बिहान–साँझ ललितले क्रिकेट खेलकै कारण आमा सुककुमारीदेवी राजवंशीले पतिको गाली खानुपर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छोरा खेल्न हिँड्दा बिग्रिने भन्दै पहिला पत्नीलाई ‘कस्तो छोरा जन्माइस्’ भनेर अजयले गाली गर्ने गरेका थिए । छोराले प्रगति गर्दै गएपछि अहिले भने अजयले   सुककुमारीदेवीलाई ‘कस्तो राम्रो छोरा जन्माइस्’ भनेर प्रशंसा गर्ने गरेका छन् । त्यति मात्रै होइन, सपनामा कस्तो देखेकी थिइस् र यस्तो राम्रो छोरो जन्माइस् भनेर पतिले भन्ने गरेका सुककुमारीदेवीले बताइन् । 


Advertisment
Nabil box
Kumari

‘हामी गरीब मान्छे । खेल खेलेर केही पनि गर्न सकिँदैन । पढ्नुपर्छ । जागिर खानुपर्छ । खेलाडी भएर माथिल्लो पोस्टमा पुग्न सकिँदैन भनेर गाली गरेको थिए,’ उनले भनिन् । 

Vianet communication
Laxmi Bank

कतिपटक त छोराको शरीरमा निलडाम हुने गरी नै उनले कुटपिट गरेका थिए । जति रोक्न खोजे पनि छोरा ललितलाई क्रिकेट खेल्नबाट कसैले रोक्न सकेनन् । गाउँलेले पनि ‘यो राम्रो खेलाडी हुन्छ’ भनेर सम्झाउँदा पनि बुवालाई भने छोराले प्रगति नगर्ने भयो भनेर चिन्ताले सताइरह्यो ।  

null

अजय नारायणका ४ सन्तान छन्, ३ छोरा र १ छोरी । जेठा छोरा नेपाल प्रहरीमा कार्यरत छन्, माइला इलेक्ट्रिसियन हुन् । कान्छा ललित राष्ट्रिय क्रिकेट टीमका सदस्य छन् । ललित २९ वर्षका भए । विद्यालयको पढाइलेखाइमा पनि उनी अब्बल थिए । बुवा अजयलाई पनि छोरा ललित पढाइलेखाइमा अगाडि आओस् भन्ने लागेको थियो । टोलमै धेरै पढेको व्यक्ति होस् भन्ने उनको चाहना थियो ।

ललितलाई बुवा अजय धेरै पढाउन चाहन्थे तर ललित क्रिकेटमा भविष्य खोज्न थालिसकेका थिए । सानैदेखि क्रिकेटमा उनको रुचि थियो । विद्यालय पढ्दादेखि नै क्रिकेट खेल्ने गरेका थिए । बिहान–साँझ क्रिकेट खेलेर दिउँसो पढ्न जाने गरेका थिए ।

विद्यालय बिदा भएपछि पनि घर नआई साथीभाइसँग क्रिकेट खेल्ने गरेको उनले सम्झिए । घरमा ढिलो आउने र हतारहतार गरेर भात खाएर विद्यालय जाने गरेकाले पढाइ बिग्रिन्छ भन्ने लागेर गाली गर्ने गरेको बुवा अजयले बताए । 

गाउँमै सबैभन्दा बढी पढेको मेरै छोरो होस् भन्ने बुवा अजयको चाहना भए पनि उनले सोचे जस्तो भएन । बीएड पढ्दापढ्दै छोरा ललित खेलकुदमा भविष्य खोज्दै क्रिकेट खेल्न थाले । 

क्रिकेटभन्दा अन्यत्र छोराले मन नलगाउने भयो भनेर सहयोग गर्न थालेको अजयले बताए । खेलका लागि चाहिने सामग्री ललितले आफैं जोडजाम गर्थे । 

विराटनगर महानगरपालिका–१४ मा सामान्य परिवारमा हुर्किएका ललित बाल्यकालदेखि नै क्रिकेट खेलमा अब्बल थिए । पहिला छोराले गाली खुवाए पनि अहिले देशले चिनाउने काम गरेको ललितकी आमा बताउँछिन् । स्कूलमा खाजा खान दिएको पैसा जोहो गरेर क्रिकेट खेलका लागि आवश्यक पर्ने सामग्री खरिद गर्ने गरेका थिए ललितले । ललितले २०१५ सालदेखि व्यावसायिक रूपमा क्रिकेट खेल्न शुरू गरेका थिए ।

२०१८ सालदेखि नेपालको सिनियर टीममा डेब्यु गरेका थिए ललितले । उनले पहिलो खेलमा जिम्बावेसँगै जिम्बावेमै अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलेका थिए ।

हालै भएको खेलमा यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको छ । चैत्र २ गते भएको लिग–टूको अन्तिम खेलमा यूएईलाई डीएलएस मेथडमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

जीतसँगै आईसीसी विश्वकप लिग–२ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ । विश्वकपको क्वालिफायरमा पुर्‍याउनेमध्येका एक खेलाडी हुन् ललित राजवंशी । 

उनी नेपाल टी–२० लिगको एकै खेलमा ५ विकेट लिने पहिलो बलर बनेर चर्चामा आएका थिए  । उनी राष्ट्रिय क्रिकेट टीमका सदस्य पनि हुन् । ललितले विश्वकप लिग–२ शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए । 

विश्वकप जितेको हेर्ने चाहना रहेको बुवा अजयनारायणले बताए । चैत्र २ गते बिहान ८ बजे नै काम सकेर दिनभर टेलिभिजनमा छोरालाई हेरिरहेको उनले सुनाए । छोरा सहितको टीमले जित्यो भन्दा धेरै खुशी लागेको र अब विश्वकप जितेको हेर्ने चाहना रहेको अजय नारायणले बताए । नेपालले जितोस् भनेर अहिलेदेखि नै पूजा गर्न थालेको उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x