×

NMB BANK
NIC ASIA

लगातार तेस्रो जित निकाल्दै एपीएफ फाइनलमा

चैत ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कोशी प्रदेशलाई ७ विकेटले पराजित गर्दै विभागीय टोली एपीएफ राजधानीमा जारी तेस्रो संस्करणको ललितपुर मेयर्स कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

Muktinath Bank

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा एपीएफले लगातार तेस्रो जीत निकाल्नेको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यससँगै एपीएफ एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ।


Advertisment
Nabil box
Kumari

कोशीले दिएको ८८ रनको लक्ष्य एपीएफले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्दै उपाधि नजिक पुगेको हो ।

Vianet communication
Laxmi Bank

एपीएफका लागि ममता चौधरीले अविजीत २१ रन बनाइन् । कप्तान सीता राना मगरले १९ रन बनाउँदा इन्दु बर्माले १८ रनको पारी खेलिन् । यस्तै ओपनर ज्योति पाण्डेले ११ र रोमा थापाले अविजीत ११ रनको पारी खेलिन् । कोशी प्रदेशका लागि अलिशा खडिया, कप्तान रुबिना क्षेत्री, निशा साहले समान १/१ विकेट लिए ।

त्यसअघि टस जीतेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ८७ रन बनायो । कोशीका लागि काजल श्रेष्ठले २९ तथा कप्तान रुविना क्षेत्री २४ रन बनाउँदा अप्सरी बेगमले २२ रन बनाइन् । यस्तै स्मृति कटुवाल ८ रनमा रनआउट भइन् । एपीएफका लागि कप्तान सीता राना मगरले ३ तथा इन्दु बर्माले १ विकेट लिइन् ।

जीतसँगै एपीएफले ३ खेलमा ३ जीतसहित ६ अंक बनाएर अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । एपीएफको समूह चरणको एक खेल बाँकी रहेको छ । यता कोशी प्रदेश २ खेलमा एक जीत निकालेर २ अंकका साथ अंकतालिकाको पुछार छ । कोशीको समूह चरणमा दुई खेल बाँकी रहेको छ ।

प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई पनि ७ विकेटले पराजित गरेको छ ।

यससँगै मधेस प्रदेशले जारी प्रतियोगितामा लागातार दोस्रो हार भोगेको छ ।

यस्तै सुदूरपश्चिमले भने तेस्रो खेलमा दोस्रो जीत निकालेको छ ।

तेस्रो खेलबाट दोस्रो जीत निकाल्ने क्रममा सुदूरले मधेसबाट पाएको ६५ रनको लक्ष्य सुदूरले १० ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

सुदूरका लागि रितु कनौजियाले २१ तथा रुबी पोदारले अविजित १४ रनको पारी खेले । यसअघि कप्तान विन्दुर रावलले १० रन जोड्दै पवेलियन फर्किंदा सम्झना खड्का ९ तथा कविता कुँवर १ रनमा आउट भएका थिए ।

मधेसका लागि सरस्वती चौधरी, सन्तोषी चौधरी र अनुराधा चौधरीले समान १/१ विकेट लिए ।

टस जीतेर पहिले ब्याटिङ रोजेको मधेशले १९ ओभरमा सबै विकेट गुमाएर ६४ रन बनाउन सक्यो । मधेशका लागि अलिसा यादव र सरस्वती कुमारीले समान १५/१५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मधेशलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका लागि लक्ष्मी साउदले ३ तथा सम्झना खड्का र रितु कनौजियाले समान २/२ विकेट निकाले ।

जीतसँगै सुदूरले ३ खेलमा ४ अंक जोडेको छ । सुदूर दोस्रो स्थानमा उक्लिएको छ ।

मधेश भने तालिकाको पुछारमा अंकविहीन छ । प्रतियोगितामा अब खेल सोमबार हुनेछन् । सोमवार पहिलो खेल ललितपुर मेयर्स–११ र मधेस प्रदेश तथा दोस्रो खेल कोशी र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x