×

NMB BANK
NIC ASIA

भोजपुर गोल्डकप : ट्राइबेकरमा भारतलाई हराउँदै मोरङ विजयी

चैत ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

 ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप’ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा ट्राइबेकरमा युकेएफसी भारतको टिमलाई हराउँदै मोरङ विजयी भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शुक्रबारदेखि जारी जिल्लाकै प्रतिष्ठित गोल्डकप प्रतियोगितामा दुवैतर्फबाट एक–एक गोल भएपछि ट्राइबेकरमा खेलाइएको खेलमा युकेएफसी भारतलाई हराउँदै डाँगीहाट युथ क्लब मोरङ सेमिफाइनल प्रवेश गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्धारित समयमा भारतका लागि खेलको २०औँ मिनेटमा जर्सी नम्बर–६  का खेलाडी बिरेन प्रधानले एक गोल गरेका थिए भने मोरङका तर्फबाट जर्सी नम्बर ६ का विशाल पाण्डेले खेलको ७४औँ मिनेटमा एक गोल गर्दै खेललाई बराबरी अवस्थामा पु¥याएका थिए । 


Advertisment
Nabil box
Kumari

खेल बराबरी भएपछि समय थप नगरी सिधा ट्राइबेकरमा खेल सञ्चालन गरिएको थियो । सो क्रममा डाँगीहाट युथ क्लब मोरङका तर्फबाट विवेक राई, प्रवीण राई, धिरेन विष्ट र सन याक्खाले चार गोल गरे भने युकेएफसी भारतका तर्फबाट पेमा लामा, तुसार विश्वकर्मा र साहिल राईले तीन गोलमात्र गर्न सफल भए । 

Vianet communication
Laxmi Bank

खेलको म्यान अफ द म्याच डाँगीहाट युथ क्लब मोरङका जर्सी नम्बर १६ का गोलकिपर चरी लिम्बू भएका छन् ।  शुक्रबार भएको पहिलो खेलमा एनबिवाइसी सप्तरीलाई दुईका विरुद्ध चार गोल गर्दै आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ सेमिफाइनल प्रवेश गरिसकेको छ ।

प्रतियोगितामा दुई बाहिरी र छ नेपाली गरी आठ टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा युकेएफसी दार्जिलिङ भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल सङ्घ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्टस् क्लब खोटाङ र बसाहा क्लब उदयपुर सहभागी रहेको खेल संयोजक आङपासाङ शेर्पाले जानकारी दिए ।
 
गोल्डकपको मुख्य प्रायोजक भोजपुर नगरपालिकाले प्रतियोगिता सञ्चालनका लागि रु २५ लाख सहयोग गरेको छ । करिब रु ३२ लाख ८० हजारको लागतमा सञ्चालन भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु पाँच लाख र उपविजेताले रु तीन लाख पाउने छन् भने व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएकोे छ । 

आइतबारको तेस्रो खेल गोर्खा ब्वाइज रुपन्देही र भगवती स्पोर्टस् क्लब खोटाङका बीच हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले बताए । चैत १० बाट सुरु प्रतियोगितामा १० देखि १३ गतेसम्म क्वाटरफाइनल, १४ र १५ गते सेमिफाइनल तथा १६ गते फाइनल खेल सञ्चालन हुनेछ ।रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x