जेठ १, २०८१
शेयर बजारमा मंगलबार जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ । नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ । यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो । मं...
ग्लोबल आईएमई बैंकले युवा/विद्यार्थीहरू माझ वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आयोजना गरिएको ग्लोबल मनी विक भव्यताका साथ सम्पन्न गरेको छ ।
नेपाल राष्ट्र बैंकको वार्षिक कार्यतालिकाअनुरुप हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको एघारौं संस्करण बैंकले चैत्र ६ देखि १२ गतेसम्म सप्ताहव्यापी 'प्लान योर मनी, प्लान्ट योर फ्यूचर'को नारासहित सम्पन्न गरेको हो ।
बैंकले विभिन्न स्कूल तथा कलेजका हजारौं विद्यार्थीको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ ।
यस अभियानअन्तर्गत बैंकले बैंकिङ सेवा तथा वित्तीय बजारलगायत विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ ।
जसअन्तर्गत बैंकका विभिन्न शाखा कार्यालयमार्फत वित्तीय सचेतनामूलक अन्तरक्रिया सञ्चालन भएका छन् ।
साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृष्य सामग्रीहरू पनि प्रसारण गरेको छ ।
साथै युवा/विद्यार्थीलाई बैंकका शाखा कार्यालयहरूको अवलोकन एवम् साक्षात्कार गराउने कार्यक्रम समेत विभिन्न ठाउँमा आयोजना गरिएको छ ।
सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७० भन्दा बढी मुलकमा सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ मूलतः किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो ।
तसर्थ बैंकले पनि यो अभियान शुरू भएदेखि नै प्रत्येक वर्ष नेपाल राष्ट्र बैंकको संयोजकत्वमा वित्तीय चेतनामूलक कार्यक्रमहरू संचालन गरी बैंकिङ शिक्षाको प्रचारप्रसार गर्दै आएको छ ।
शेयर बजारमा मंगलबार जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ । नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ । यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो । मं...
माछापुच्छ्रे बैंक लिमिटेडले त्रिभुवन जन माध्यमिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सुर्खेतको शारदा नगरपालिका वडा नम्बर १५ माल्नेटामा रहेको विद्...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार पनि ओरालो लागेको छ । लगातार ओरालो लागेको बजार बिहीवार पुनः थप ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ९३ अङ्क...
नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...
लक्ष्मी सन्राइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किलोमिटर उत्तरत...
लक्ष्मी सन्राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...
सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...
कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...