असोज ५, २०८०
दुगड ब्रदर्स एण्ड सन्स प्रालिले अहिलेसम्मकै उत्कृष्ट अफर योजना सार्वजनिक गरेको छ । नेपालीहरूको महान चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा भेस्पा र अप्रिलियाको खरिदमा छुट योजना सार्वजनिक गरिएको हो ...
नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले अविश्वसनीय र उत्साहजनक अफरहरूले भरिपूर्ण योजना ल्याएको छ ।
'पावर अफ फाइभ' योजनाअन्तर्गत कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका उपलब्ध गराउने छ ।
त्यस्तै, खरिद गरेपछि फेरि वाइल्ड कार्ड मार्फत १ लाखसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका पाउने छन् ।
खरिद गरेपश्चात् पनि ३ जना भाग्यशाली विजेताहरूले आफ्नो रेफरल कोड सेयर गरी साप्ताहिक रूपमा iPhone 14 वा Apple Watch वा Apple AirPods जित्ने मौका पाउनेछन्।
यो योजना R15 , MT15 र Fascino मोडल बाहेक अन्य यामाहाका मोटरसाइकल र स्कुटरहरूमा मात्र लागु हुने जनाइएको छ।
यामाहा नेपालले यो योजना अन्तर्गत ५ वटा अफर ल्याएको हो ।
पहिलो योजनाअन्तर्गत, जो कोहीले पनि घरमै बसी बसी yamahapowerof5.com मा गएर वा QR कोड स्क्यान गरेर यो योजनामा सहभागी हुन सक्नेछन्।
सहभागी ग्राहकले किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने अवसर प्राप्त गर्नेछन्।
ग्राहकले यामाहा बाइक वा स्कुटर खरिद गरेपछि वाइल्डकार्डमा सहभागी भएर रु. १ लाखसम्मको अर्को क्यासब्याक अफर जित्न सक्नेछन् ।
बाइक वा स्कुटरको खरिदमा ग्राहकहरूले एक पृथक रेफरल कोड पनि प्राप्त गर्नेछन् जुन उनीहरूले iPhone 14 वा Apple Watch वा Apple AirPods जित्नका लागि सकेसम्म धेरै व्यक्तिहरूलाई शेयर गर्न सक्नेछन् ।
एमएडब्लु यामाहाका सीईओ राजु क्षेत्री भन्छन्, 'हामी २०८० को लागि 'पावर अफ फाइभ' अफर शुरू गर्न पाउँदा रोमाञ्चित छौं। यो योजना ग्राहकहरूलाई अधिकतम लाभहरू प्रदान गर्न ल्याइएको हो । हामी हाम्रो 'पावर अफ फाइभ' नयाँ वर्ष २०८० योजनाको अवसरमा फेरि पनि हिमालय रोडिजसँग सहकार्य गर्न पाउँदा उत्साहित छौं । यामाहा सिजन २ देखि नै हिमालय रोडिजको साझेदार रहँदै आएको छ र हामीले प्राप्त गरेका सकारात्मक प्रतिक्रियाबाट उत्साहित छौं । यस सहकार्यमार्फत् हामी प्रदर्शन र गुणस्तरको लागि हाम्रो जोश स्थापित गर्न तथा थप साहस र थ्रिल खोज्ने व्यक्तिहरूसम्म पुग्ने कुरामा आशावादी छौं ।'
साप्ताहिक विजेताहरूको घोषणा हरेक हप्ता लाइभ टेलिभिजनमा लक्की ड्र मार्फत गरिनेछ ।
यो अफर R 15 , MT 15 र Fascino बाहेक सबै यामाहा बाइक र स्कुटरहरूमा लागू हुनेछ भने देशका सबै आधिकारिक शोरूमहरूमा यो उपलब्ध हुनेछ ।
यामाहाको 'पावर अफ फाइभ' योजना यामाहा बाइक वा स्कुटर किन्न चाहने जोकोहीका लागि एक अद्वितीय र रोमाञ्चक अवसर हो ।
खरीदपूर्व नै नगद पुरस्कार, क्यासब्याक, आइफोन, एयरपड्स र एप्पल घडीहरू सहित पाँचवटा विभिन्न अफरहरू रहने यो योजना ग्राहकहरूलाई अधिकतम लाभ दिन डिजाइन गरिएको हो । यी उपहारका साथै ग्राहकले यामाहाका मोटरसाइकल तथा स्कुटरहरू न्यूनतम ब्याजदरमा न्यून डाउनपेमेन्ट तिरेर खरिद पनि गर्न सक्नेछन् ।
दुगड ब्रदर्स एण्ड सन्स प्रालिले अहिलेसम्मकै उत्कृष्ट अफर योजना सार्वजनिक गरेको छ । नेपालीहरूको महान चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा भेस्पा र अप्रिलियाको खरिदमा छुट योजना सार्वजनिक गरिएको हो ...
प्रसिद्ध भारतीय कम्पनी युनाइटेड एकता इन्जिनियरिङ प्रालिले नेपालमा आफ्नो नयाँ उत्पादन ‘जन्तो’ सार्वजनिक गरेको छ । काठमाडौंको बौद्धमा आयोजित एक कार्यक्रमका बीच जन्तोका चिम्नी, कुकटप, मिक्सर, प्यान, कु...
केएफसी नेपालको दरबारमार्ग स्टोर पुनः सञ्चालनमा आएको छ । आधुनिक तथा रमणीय वातावरणसहित ग्राहकलाई खानाको उत्कृष्ट अनुभूति दिलाउने उद्देश्यका साथ केएफसीको दरबारमार्गस्थित स्टोर पुनः सञ्चालनमा ल्याइएको हो । दरबार...
नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो ईभीको बुकिङ उत्साहजनक रहेको बताएको छ । भदौ २६ गतेबाट ३१ गतेसम्म भृकुटीमण्डपमा चलेको १५ औं ‘नाडा अटो शो २०२३&r...
'ट्रेकिङ गियर' तथा 'आउटडोर स्पोर्ट्सवेर'का लागि चर्चित ब्रान्ड 'हुम्तो' आधिकारिक रूपमा नेपाल भित्रिएको छ । हुम्तोका जुत्ताहरू नेपालमा यसअघिबाटै लोकप्रिय रहँदै आए पनि आधिकारिक रूपमा भने...
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बजारमा कमर्सियल भेहिकलतर्फ नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । टाटा मोटर्सले नेपाली बजारमा नयाँ ‘एस इभी’ सार्वजनिक गरेको हो ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...