×

NMB BANK
NIC ASIA

१० वैशाखमा हुने उपनिर्वाचनका लागि एमालेले ३ वटै क्षेत्रका उम्मेदवार तय गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

एमालेले तनहुँ १ बाट पूर्व आईजीपी सवेन्द्र खनाल, चितवन २ बाट रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तनहुँ १ मा कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबा स्वर्णिम वाग्ले उम्मेदवार बनेका छन् । अब भट्टराई, वाग्ले र खनालबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । ४ मंसिरमा कांग्रेसबाट जितेका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि यो प्रतिनिधिसभा क्षेत्र रिक्त भएको हो ।  


Advertisment
Nabil box
Kumari

एमालेले चितवनमा न्यौपानेलाई अघि सारेपछि कांग्रेसका जीतनारायण श्रेष्ठ र रास्वपाबाट रवि लामिछानेसँग प्रतिस्पर्धा हुने भएको छ । चितवन २ बाट जितेका रवि लामिछानेको सांसद नागरिकता प्रकरणले गएको थियो । पुनः नागरिकता पाएपछि उनी आफैं फेरि चुनावी मैदानमा उत्रिएका हुन् । 

Vianet communication
Laxmi Bank

बारा २ मा एमाले उम्मेदवार टुंगिन बाँकी छ । जसपाका उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाहा, लोसपाबाट राजेन्द्र महतो र रास्वपाबाट रमेश खरेलसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । बारा २ बाट जितेका जसपाका नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि यो क्षेत्र खाली भएको थियो । 

तनहुँमा एमालेबाट उम्मेदवार बनाइएका सर्वेन्द नेपाल प्रहरीका पूर्व आईजीपी हुन् । उनी ४ मंसिरको निर्वाचनमा काठमाडौं ६ बाट प्रतिनिधिसभा पराजित भएका थिए । 

खनाल रास्वपाका शिशिर खनालसँग पराजय बेहोरको थिए । खनालले १४२०४ मत पाउँदा पराजित एमालेका सर्वेन्द्रले ८९११ मत ल्याएका थिए । 

कांग्रेसका भीमसेन दास प्रधानले ८८०५, राप्रपाका विष्णुप्रसाद आचार्यले १९८० र स्वतन्त्रका सञ्जयमान श्रेष्ठले ५४६ मत ल्याएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x