२६ जेठ २०८३, मंगलबार

चितवन २ मा मनोनयन दर्ता गरेर तनहुँ जाँदै रवि लामिछाने

चितवन २ मा मनोनयन दर्ता गरेर तनहुँ जाँदै रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन–२ मा आफ्नो मनोनयन दर्ता गराएर तनहुँ जाने भएका छन् । तनहुँ २ मा पनि हुने उपनिर्वाचन अन्तर्गत पार्टी उम्मेदवार स्वर्णिम वाग्लेको मनोनयन दर्ताका लागि उनी तनहुँ जान लागेका हुन् । 

वैशाख १० को उपनिर्वाचन अन्तर्गत आज लामिछानेले १० बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनेछन् । 

त्यसअघि बिहान ९ बजे भरतपुर महानगर–११ स्थित विशाल चोकको  पार्टी वडा कार्यालयमा नेता कार्यकर्ता भेला भएर १० बजे मनोनयन दर्ता गराउने तालिका रहेको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए । 

 त्यसपछि २ बजे सभापति तनहुँको दमौलीमा पुगेर वाग्लेको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । 
यस्तै त्यस्तै बारा २ मा रमेश खरेलको मनोनयन दर्ता गर्न पार्टी उपसभापति डिपी अर्याल पुगेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्