२६ जेठ २०८३, मंगलबार

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी, यी ३ चिनियाँ याप पनि अत्यन्तै लोकप्रिय

चैत २०, २०७९
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी, यी ३ चिनियाँ याप पनि अत्यन्तै लोकप्रिय

अमेरिकामा सर्वाधिक लोकप्रिय याप टिकटकको सम्बन्ध चिनियाँ कम्युनिस्ट पार्टीसँग रहेको भन्दै त्यसमाथि प्रतिबन्ध लगाउन माग उठिरहेका छन् । 

टिकटकका प्रमुख शाउ ची चुले केही दिनअघि संसदमा यस यापका बारेमा सांसदहरूको कठोर प्रश्नको उत्तर दिएका थिए । टिकटक बनाउने कम्पनी बाइटडान्सका बारेमा अमेरिकी सांसदहरूले शत्रुतापूर्ण प्रश्न सोधेका थिए अनि चीनले टिकटकको डेटामा कत्तिको पहुँच पाउँछ भनेर पनि सोधेका थिए । 

पश्चिमी बजारमा तहल्का मच्चाउने टिकटक बाहेक अन्य चिनियाँ यापहरू पनि छन् । 

सित्तैमा पाइने शीर्ष १० वटा मोबाइल यापमध्ये तीनवटा अमेरिकामा अत्यन्तै लोकप्रिय छन् । 

क्यापकट

भिडियो एडिट गर्ने याप क्यापकट पनि गत फेब्रुअरी महिनामा मात्र १ करोड ३० लाखपटक डाउनलोड गरिएको सेन्सर टावर नामक वेबसाइटले जानकारी दिएको छ । 

यसले मोबाइलमा सजिलैसँग भिडियो एडिट गर्ने सुविधा दिन्छ । अनि यसमा भिडियोलाई भाइरल बनाउन फीचरहरू पनि छन् । 

क्यापकट पनि टिकटक बनाउने कम्पनी बाइटडान्सकै उत्पादन हो । 

शीएन

सन् २०१२ मा आएको शीएन विश्वव्यापी फेशन ब्रान्ड हो । यसको कुल मूल्य अहिले १५ अर्ब डलर रहेको फोर्ब्स पत्रिका लेख्छ । 

यसलाई चिनियाँ अर्बपति क्रिस सुले शुरू गरेका थिए र यसको केन्द्रीय कार्यालय सिंगापुरमा छ । 

टिकटक र इन्स्टाग्राममा ह्याशट्याग शीएन राखेर खोज्दा सयौं भिडियोहरू देखिन्छन् । लोकप्रिय व्यक्तित्वहरूले पनि यस ब्रान्डका लुगा लगाएर तस्वीर खिचाएको भेटिन्छ । सस्ता मूल्यमा दिनदिनै सयौं लुगा यसले उपलब्ध गराउँछ । 

टेमु

यो शपिङ याप हो । यसलाई बजारमा ल्याइएको एक वर्ष पनि भएको छैन तर यसले अमेजन र वालमार्टलाई पनि पछि पारिदिएको छ । 

यस अन्लाइन सुपरस्टोरले लत्ताकपडादेखि विद्युतीय सामग्रीसम्मको कारोबार गर्छ । यसले सिधै चिनियाँ उत्पादनसँग सामान किन्ने सुविधा दिएकाले सस्तो पर्छ । 

यसमा भएका सामानको मूल्य एकदमै सस्तो भएकाले यो वैध हो कि हैन भनेर मानिसहरूले इन्टरनेट सर्च गरेका थिए । 

यस कम्पनीको केन्द्रीय कार्यालय बोस्टनमा छ । तर यो चिनियाँ अन्लाइन रिटेल कम्पनी पीडीडी होल्डिंग्सको एक शाखा हो । 

salt training

कमेन्ट गर्नुहोस्