२६ जेठ २०८३, मंगलबार

मनतातो पानी पिउनुका फाइदा के हुन् ?

कात्तिक २०, २०७४
मनतातो पानी पिउनुका फाइदा के हुन् ?
काठमाडौं — पानी पिउनु स्वास्थ्यका लागि आवश्यक कुरा हो । चिकित्सकहरूका अनुसार प्रत्येक दिन कम्तीमा पनि आठदेखि १० गिलास पानी पिउनुपर्छ । यसले गर्दा शरीरका विषालु पदार्थ निस्कन्छन् । चिसो पानीभन्दा पनि मनतातो पानीले स्वास्थ्यलाई राम्रो बनाउँछ । यसका अन्य फाइदा निम्नबमोजिम छन् :warm water
मनतातो पानी पिउँदा रक्तसञ्चार बढ्छ । हुन त हरेक मौसममा मनतातो पानी पिए हुन्छ तर जाडोमा त अवश्य नै पिउनुपर्छ ।
दिनदिनै बिहान खाली पेटमा मनतातो पानी पिउँदा कब्जियतको समस्यामा मुक्ति पाइन्छ ।
भोक नलाग्ने समस्या छ भने एक गिलास मनतातो पानीमा कागतीको रस, मरिच र नून हालेर पिउनुपर्छ । यसले भोक जगाइदिन्छ ।
दिनभरिको कामले थकान महसूस हुन्छ भने खाली पेटमा मनतातो पानी पिउनु उपयुक्त हुन्छ ।
छालासम्बन्धी समस्या छ भने वा छालामा दाग लागेको छ भने मनतातो पानीले फाइदा गर्छ ।
छाला सुक्खा र मृत छ भने १०-१२ गिलास पानी पिउनुस् । यसले गर्दा छालामा चमक आउँछ ।
दमको रोगीले खाना खाएको आधा घन्टापछि मनतातो पानी पिउँदा आराम मिल्छ ।

salt training

कमेन्ट गर्नुहोस्