२६ जेठ २०८३, मंगलबार

३ जना मृत अवस्थामा फेला

३ जना मृत अवस्थामा फेला

काठमाडौं । विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।     कास्कीको पोखरा महानगरपालिका-३३ मालेबगरस्थित जागरुक युवा सहकार्य बङ्गुर फर्ममा काम गरी बस्ने धनकुटा घर बताउने ३२ वर्षीय नर बहादुर राई सोही ठाउँस्थित टहरोभित्र सोमबार मृत अवस्थामा पला परेका छन् ।
 

   यसैगरी सिरहाको सिरहा नगरपालिका-१७ पटेर्वा बस्ने २४ वर्षीय देव कुमार चोरवार यादव आफै सुत्ने कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।     स्याङजाको पुतलीबजार नगरपालिका-३ बाडखोलास्थित बाडखोलामा पनि भारत पश्चीम बंगाल घर भई सोही नगरपालिका-३ बस्ने २५ वर्षीय बप्पा दाशको सोमबार मृत अवस्थामा फेला परेका छन् ।   

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्