२६ जेठ २०८३, मंगलबार

ताइवानमाथि पूर्वतर्फबाट आक्रमणका लागि चिनियाँ सेनाले गर्‍यो अभ्यास, अमेरिकाले हस्तक्षेप गर्न कठिन

चैत २९, २०७९
ताइवानमाथि पूर्वतर्फबाट आक्रमणका लागि चिनियाँ सेनाले गर्‍यो अभ्यास, अमेरिकाले हस्तक्षेप गर्न कठिन

चीनको नयाँ विमानवाहक युद्धपोतले पहिलोपटक ताइवानको पूर्वी तटबाट आक्रमणको अभ्यास गरेको द वाशिङटन पोस्टले खबर दिएको छ । 

ताइवान जलसन्धि तथा प्रशान्त महासागरमा आफ्नो शक्ति प्रदर्शन गर्ने बेइजिङको सुदृढतालाई यसले प्रस्तुत गरेको छ ।

ताइवानकी राष्ट्रपति त्साई इङ–वनले अमेरिकी संसद्का सभामुख केभिन मककार्थीसँग भेटेपछि चिनियाँ सेनाले तइवान नजिक तीन दिनसम्म सैन्य अभ्यास गरेको थियो । 

पश्चिमी प्रशान्त क्षेत्रमा आकाश र समुद्रमा प्रभुत्व कायम गर्ने उद्देश्यका साथ ताइवानको पूर्वी भागबाट आक्रमणको अभ्यास चिनियाँ सेनाले गरेको थियो । यसअघि चीनले ताइवान जलसन्धिबाट आक्रमणको अभ्यास गर्ने गरेको थियो । 

‘चिनियाँ जनमुक्ति सेनाले रणनीतिक रूपमा यस क्षेत्रलाई नियन्त्रणमा लिन सकेमा अमेरिकाले ताइवानमा हस्तक्षेप गर्ने वा सहयोग गर्ने काम कठिन हुनेछ,’ ताइवानको तामकाङ विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक लिन यिङ–युले बताए । 

सैन्य अभ्यासको अन्तिम दिन सोमवार ९१ वटा चिनियाा युद्धविमानहरू ताइवानको हवाईक्षेत्रमा उडेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । तीमध्ये १५ वटा जे–१५ लडाकू विमान चीनको नयाँ विमानवाहक युद्धपोत शानदोङबाट उडाइएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्