×

NMB BANK
NIC ASIA

नवरात्रको छेक पारेर गोपाल सत्य साई धाम पुट्टपर्तीतर्फ लाग्यो । साथमा थिइन् पूर्णांगिनी सरला र छोरी शोभना । तिनताका नेपालमा पनि साई भक्तहरू थुप्रै भइसकेका थिए ।

Muktinath Bank

साई बाबाको प्रचार जोडतोडका साथ चल्न थालेको थियो । उनको चमत्कार बरोबर सुन्दै आएको भए पनि हेर्न जाने समय मिलिरहेको थिएन । त्यसैले छोरा सुषेणको होस्टेल छुट्टीको मौका छोपेर त्यतातर्फ लागेको हो ऊ । १५ दिनको यात्रामा पहिले पुट्टपर्ती जाने र पछि सिरडी साई धाम पुगी वनारस हुँदै फर्कने कार्यक्रम थियो उसको । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुनौली नाकासम्म खासै अप्ठ्यारो परेन । बुद्ध एयरबाट भैरहवामा बास बसी भोलिपल्ट बिहानै त्यता लागेको थियो तर नाका पार गर्ने बित्तिकै बाटामा भेटिने भारतीय पुलिसको व्यवहारले दिक्कै बनायो ।


Advertisment
Nabil box
Kumari

आवरणमा उनीहरू सरकारी कर्मचारी थिए । यात्री सुरक्षाको कुरा गर्थे तर व्यवहार भने बर्दीधारी पुलिस अनुकूल कतै थिएन । कहिले के भन्थे, कहिले के ! अनावश्यक निहुँ झिकी खोचे थाप्नु त उनीहरूको मूलभूत विशेषता नै थियो ।

Vianet communication
Laxmi Bank

कुनै पनि निहुँ नपाएपछि २ जना महिला लिएर कता हिँडेको भन्न थाले । गोपाल यिनीहरू मेरा श्रीमती र छोरी हुन् भन्थ्यो उनीहरू सुन्नै चाहँदैनथे । तिनताका सुनौली नाकामा चेलीबेटी बेचबिखनको समस्या अलि बढी नै थियो । यस्तो अवस्थामा केही कडाइ हुनु स्वाभाविकै थियो तर यहाँको उद्देश्य त सुरक्षाको भन्दा पैसा नै प्रतिध्वनित भएको प्रस्टै अनुभूत हुन्थ्यो । 

धन्न धिताल थरी परराष्ट्र मन्त्रालयका तत्कालीन सहसचिव दाइले पास बनाइदिनुभएको थियो र बच्यो । होइन भने भन्न सकिन्न उसले कति दिन पुलिस हिरासतको हावा खानुपर्ने थियो । हुन सक्छ जेलको हावा नै खानुपर्ने अवस्था पो आउँथ्यो कि । उनीहरूको हातमा शक्ति थियो मुखमा कानून । यस्तो अवस्थामा जे पनि हुन सक्थ्यो, जे पनि गर्न सक्थे । भेटी चढाउन सक्ने जो पनि उम्कन्थे, नसक्ने वा नचाहने जो भए पनि थन्किन्थे ।
 
जेहोस् २–३ दिनको रेल्वे यात्रापछि पुट्टपर्ती पुग्यो । रेलमा खासै असहज भएन । कानपुरसम्म एउटै डिब्बामा झण्डै एकचौथाइ जति नेपाली नागरिकताधारी इन्डियन भाइ फेला पर्थे, जो आफूहरू इन्डियन भएर पनि नेपालको नागरिकता लिएको सगर्व बताउने गर्थे । यताको नागरिकता लिनुको उद्देश्य चाहिँ बढी चुनावी रणनीति नै रहेछ उनीहरूको । चुनावको बेला आउने, लगत्तै फर्केर उतै जाने गर्दा रहेछन् । 

सत्य साई टस्टले पुट्टपर्तीमा राम्रै विकास गरेको रहेछ । कतिपय काम त सरकार आफैंले नसकेको पनि टस्टबाट पूरा भएको रहेछ । यद्यपि सत्य साई बाबाको बारेमा कुरा काट्ने पनि धेरै छन् । जोकर भन्ने पनि छन्, उच्चस्तरीय ठग वा जादूगर भन्ने पनि छन् । वास्तविकता के हो ? उनीहरू नै जानुन् तर मानवीय विकास र आत्मिक अनुशासनमा भने एक किसिमले चमत्कार नै गरेका रहेछन् बाबाले । २ रुपैयाँको कुपनमा खाजा र ४ रुपैयाँको कुपनमा पेटभर खाना पाइने । खाना खान जाँदा र आउँदा स्वयंसेवकहरूले नमस्कारका साथ गर्ने स्वागत र बिदाइको दृश्य झनै मनोहर ।

धर्मशालामा निःशुल्क बसोबासको व्यवस्था थियो भने छुट्टै कोठामा बस्न चाहनेले पनि नाम मात्रको शुल्कमा आरामदायी कोठा प्राप्त गर्न सक्थे । 

४–५ दिन पुट्टपर्तीमा बिताएर सिरडी धामका लागि महाराष्ट्रतर्फ लाग्यो गोपाल । यतिबेला भने निकै नमीठो अनुभव गर्नुपर्‍यो उसले । कारण कोपर गाउँ स्टेसनमा ओर्लेर सिरडी जानुपर्ने हुन्थ्यो तर उसको टिकट दौण्डसम्मको मात्र थियो । काउन्टरवालाले उतै गएर मिलाउन सकिन्छ भन्दै दौण्डसम्मको टिकट भिराएको थियो । त्यसैलाई विश्वास गरी गोपालले गोरखपुरदेखि नै टिकट मिलाइदिन आग्रह गर्दै गएको पनि हो तर सबै हुन्छ मात्र भन्थे, काम गरिदिन्नथे ।
 
रेल्वे डिब्बाकै टीटीलाई पनि नगुहारेको होइन उसले तर तिनले पनि हुन्छ मात्र भने, टिकट बनाउने जाँगर चलाएनन् । जब दौण्ड स्टेसन पार गर्‍यो, त्यसपछि वर्षातको जुका जस्तै टीटी बाबुहरू सलबलाउन थाले । टिकट काउन्टरदेखि उसले सम्पर्क गरेको व्यक्ति र निकायले अहिलेसम्म यस्तो जाल बिछ्याइसकेका थिए कि ऊ विना टिकट यात्रा गर्ने अपराधीको पंक्तिमा दर्ता भइसकेको थियो । ऊ बसेको डिब्बामा मात्रै करीब २५ जनाको अवस्था यस्तै थियो । यिनमा अधिकांश नेपाली थिए भने एकाध भारतीय सज्जन पनि पर्थे । जनही ५०० भारुबाट शुरू भएको टीटी बाबुहरूको बार्गेनिङ २०० भारुमा गएर टुंगियो । जब उनीहरूबाट मोटो रकम हत्याउन सफल भए, तब आफैं गई स्टेसन पार गराएर फर्के ।

बल्ल थाहा पायो गोपालले उनीहरूको व्यापारको तरिका कस्तो रहेछ भन्ने कुरा, जसको पूर्वाधार काठमाडौंमै शुरू भइसकेको थियो । थाहा छैन अहिले कस्तो छ । सायद उस्तै होला । विना परिश्रम खाने परजीवीका बानी सितिमिति कहाँ सुध्रिन्छ र ? पल्केको तिल्के घरीघरी मिल्के भन्ने त उखानै छ । जेहोस् विना कसूर जरिवाना तिर्नुपरेकाले अहिले पनि सम्झिँदा कस्तो–कस्तो लाग्ने गर्छ रे गोपाललाई ।

महानवमीको दिन सिरडी धाममा खुट्टा हाल्नेसम्म ठाउँ हुँदो रहेनछ । लाग्छ संसारभरिकै मानिस यतै ओइरिएका हुन् कि क्या हो  । यात्रीहरूलाई बस्नका लागि धर्मशालाको व्यवस्था उत्तिकै राम्रो । धर्मशाला पनि कस्तो ? जति मानिस आए पनि अट्न सक्ने ! गोपालको श्रीमती बिरामी परेकी थिइन् त्यतिबेला । सायद प्रायः बाहिर नहिँड्ने मानिसले एकैसाथ लामो यात्रा गर्नुपरेकाले होला । त्यसैले उसलाई भने होटलमा कोठा लिनुपर्ने अवस्था आयो । होटलवालाको दलाली भने यहाँ पनि उस्तै पायो उसले । १ रातकै सानो कोठाको पनि मौका हेरेर २ हजारदेखि ३ हजारसम्म हत्याउन पनि पछि नपर्ने । 

खानका लागि झण्डै ५ हजार मानिसले एकैपटक खान सक्ने हल थियो, जहाँ बिहानको खाना ९ बजेदेखि १२ बजेसम्म र बेलुकाको खाना ६ बजेदेखि ९ बजेसम्म चल्ने गथ्र्यो । पेटभरको खाना २ रुपैयाँको कुपनमा पाउँदा मानौं सत्ययुग भनेकै यही हो कि जस्तो लाग्यो रे गोपाललाई । मूल मन्दिरको दर्शनका लागि लाइनको व्यवस्था उत्तिकै राम्रो लागेको थियो उसलाई । 

सिरडीको बसाई सकी वनारसतर्फ लाग्यो गोपाल महाराष्ट्रको मनमाड रेल्वे स्टेसनबाट । वनारसको स्थिति भने खासै राम्रो लागेन उसलाई । सबैभन्दा बढी त गंगा नदीको बिग्रेको स्वरूप नै लाग्यो । खुला शौचका दृश्यले शहरको स्वरूपलाई त्यति नै बिगारेको थियो ।

विश्वनाथ मन्दिरमा फूल प्रसादमा हुने दलाली त्यस्तै । यिनै तीता–मीठा अनुभव सँगाली १५ दिनमा स्वदेश फर्कियो ऊ । फर्किंदा बुद्ध जन्मस्थल लुम्बिनीको दर्शन गर्न भने बाँकी राखेन । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x