×

NMB BANK
NIC ASIA

अजिबका पात्र धमला, चर्चादेखि विवादसम्म !

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १७ भदौ– ऋषि धमला – चिन्नका लागि नामै काफी छ । युवा पुष्तादेखि बृद्धबसद्धासम्म टेलिभिजन हेर्नेले धमलालाई नचिन्ने कमै छन् । पुतलीसडकमा हिड्दै गर्दा ट्याक्सी ड्राइभरहरुले देखे भने पनि उनलाई रोकिएर हेर्छन् । मुलकका चर्चित पाँच पत्रकारको नाम लिन लिँदा सर्वसाधारणले सबैभन्दा पहिले उच्चारण गर्ने नाम धमलाकै आउला !

कतिपयले नेताहरुसँग अन्र्तवार्ता लिदा अस्वभाविक प्रश्न गरेको कारणले धमलालाई रुचाउँदैनन् । तर सर्वसाधारण चाहिँ धमलाले गर्ने खरो अन्र्तर्वाता मन पराउँछन् ।

रेडियो नेपालमा ‘परिवेश’, ‘घटना र विचार’ कार्यक्रम हुँदै पछिल्लो समयमा एफएम रेडियोमा ‘वाणी बहस’ हुँदै अहिले नेपाली बहसमा रुपान्तरण भएको रेडियो कार्यक्रम र ‘धमलाको हमला’ नामक टेलिभिजन टक सो उनका सबैभन्दा चर्चित कार्यक्रम हुन् । हरेक सभा समारोहमा धमला देखिन्छन् । हरेक दिन नेताको अन्र्तवार्ता गर्छन् । धमलाले हरेक ठाउँमा सम्बन्ध स्थापित गरेका छन् ।

यस्तो चर्चित पत्रकारको सम्बन्धको नेटवर्क कत्रो होला ? पक्कै पनि निकै ठूलो छ । ‘नेता मन्त्रीदेखि सर्वसाधारण जनतासम्म गरेर दैनिक सात सय सम्म फोन आउँछन्,’ धमला भन्छन्, ‘कम्तीमा ३ सय फोन नआएको त दिन नै हुँदैन ।’

धमलाले आफूलाई नेता मन्त्रीदेखि लिएर किसान, गरीब, पीडित र राज्यले अपहेलाना गरेका सर्वसाधारण सम्मको फोन आउने गरेको बताउँछन् । देशका मै हुँ भन्ने सांसदले समेत बेला बेलामा धमलालाई फोन गरेर राजनीतिक परामर्श लिने गरेको उनले दाबी गर्छन् ।

‘संबिधान संशोधनको विषय चलिरहेको बेला धेरै सांसदले पास हुन्छ कि फेल भनेर मलाई सोधेका थिए,’ उनी भन्छन्, ‘मैले राप्रपामा देखिएको असमझदारीको कारण कुनैपनि हालतमा संशोधन पास नहुने कुरा नेताहरुलाई बताइदिएको थिएँ ।’

ऋषि धमला निकै ‘कुल’ मान्छे हुन् । उनी कोही कसैसँग रिसाउँदैनन् । उनले मदिरा सेवन समेत नगर्ने उनका निकटस्थहरु बताउँछन् ।

दिनमै सात सय फोन, सेभ छैन कसैको नम्बर

धमलाले आफूलाई दैनिक ७ सयवटा सम्म फोन आउने गरेको बताए । तर उनले कसैको पनि ‘नम्बर सेभ’ गरेका छैनन् । नजिकबाट चिन्नेहरु समेत धमलाले कसैको पनि नम्बर सेभ नगर्ने बताउँछन् ।

‘मलाई आवश्यक पर्ने हरेक मान्छेको नम्बर मैले सम्झिरहेको हुन्छु वा याद गरिरहेको हुन्छु,’ उनले भने, ‘तर मेरो मोबाइलमा कसैको पनि नम्बर सेभ छैन । कहिलेकाहीँ त म आफैं पनि अचम्ममा पर्छु ।’ धमलाले आफ्नै श्रीमतीको नम्बर समेत आफ्नो मोवाइलमा सेभ नभएको बताए ।

थरि थरिका फोन

धमलालाई थरिथरिका फोन आउँछन् । कतिपय नेताहरुले धमलाको रेडियो कार्यक्रम तथा टिभिका कार्यक्रममा निम्ता गर्नुस् भनेर समेत फोन गर्ने गरेको उनले बताए । धमलाले अहिलेसम्म आफूले अनुरोध गर्दा कुनैपनि नेताले बहसका लागि अस्वीकार नगरेको दावी गर्छन ।

तर तपाईंको कार्यक्रममा रामशरण महत जहिल्यै रिसाउनुहुन्छ नि ? धमला भन्छन्, ‘रामशरण महत मात्रै होइन, यो देशका कोही पनि नेताले ऋषि धमलाको कार्यक्रममा बहस गर्दिन भन्न सक्दैनन् ।’ नेताले पनि आफ्ना कुरा राख्ने ठाउँ खोजिरहने उनले बताए ।

धमलालाई नेताहरु मात्रै होइन विभिन्न कर्मचारीले सरुवा बढुवाका लागि फोन गर्छन् । सर्वसाधारणले मल विउ नपाउँदा पनि फोन गर्छन् । ‘मैले सकेसम्म सबैका काम गर्दिने कोशिश गर्छु,’ उनले भने ।

केटीका फोन आउँदैनन् !

आफूलाई दैनिक धेरै नै फोन आउने गरेको भएपनि युवतीहरुका फोन चाहिँ नआउने धमलाले दावी गरे । ऋषि धमलाले समय दिन सक्दैन भन्ने बुझेर नै केटीहरुले फोन नगर्ने उनी सुनाउँछन् ।


‘घरकै श्रीमतीलाई त समय दिन सकेको छैन,’ उनले भने, ‘यस्तो मान्छेलाई अरु केटीले फोन गर्ने कुरै हुँदैन ।’ धमलाले बिहे गरेपछि अहिले सम्म श्रीमतीलाई समेत कतै घुमाउन लैजाने समय नमिलेको बताए ।

किसुनजीका ८७ वटा अन्तवार्ता गरें, प्रचण्डको पहिलो अन्र्तवार्ता !

धमलाले आफ्नो पत्रकारिताको करियरमा सबैभन्दा धेरै अन्र्तवर्ता कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको गरको बताए । ‘२०५० सालमा उहाँको पहिलो अन्तर्वाता गरेको थिएँ,’ धमलाले भने, ‘अन्तिम अन्तवार्ता विमर्श साप्ताहिकको लागि गरेको थिएँ ।’ २०४६ सालपछि भट्टराईसँग आफ्नो निरन्तर भेट भएको र भट्टराईले आफूलाई खुब माया गर्ने गरेको उनी सुनाउँछन् ।

खुल्ला राजनीतिमा आए पछि माओवादी अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको पहिलो अन्र्तवर्ता समेत आफूले गरेको उनले दावी गरे । प्रचण्ड भूमिगत राजनीतिबाट बाहिर आएपछि आफूले २०६३ साल असार २ गते राति साढे एक बजे प्रचण्डको अन्र्तवार्ता गरेको उनले बताए । प्रचण्डले आफूलाई घटना र विचारमा धेरै पटक सुनेको कारणले समय दिएको धमलाले दावी गरे ।

चाहिने मान्छे सबैको सूचना छ

धमलाले आफूलाई आवश्यक पर्ने सबै मान्छेको सूचना आफूसँग भएको बताए । ‘गुण्डादेखि नेता मन्त्रीसम्म सबैको सूचना मसँग छ,’ उनले भने, ‘तर मैले आफ्ना स्रोतहरुलाई कहिल्यैपनि बाहिर ल्याउन चाहान्न ।’ आफूले स्रोत बचाउन सकेकै कारणले धेरैको सूचना आफूकहाँ आउने उनले बताए ।



‘प्रचण्डसँग गएर मैले कहिले पनि शेरबहादुरको कुरा गर्दिन,’ उनले भने । नेताहरुले विभिन्न राजनीतिक समिकरणका विषयमा आफूसँग छलफल गर्ने गरेको उनले बताए । तर एकपट्टीको सूचना अर्को पट्टी लगेर नसुनाउने उनले बताए ।

भारतमा राजनाथसँग राम्रो सम्बन्ध छ

धमलाले भारतीय नेताहरुमा राजनाथ सिंहसँग आफ्नो राम्रो सम्बन्ध भएको बताए । ‘सुशील कोइरालालाई राजनाथसँग भेट गराउन मैले भूमिका खेलेको हुँ,’ उनले लोकान्तरसँगको कुराकानीमा भने, ‘अरु नेताहरुको भेट पनि गराएको थिएँ ।’

सुशील कोइराला, प्रकाशमानसिंह र कृष्णप्रसाद सिटौला दिल्ली गएको बेलामा आफूले राजनाथसँग भेट गराएको उनले बताए । ‘नेपालमा सुशील कोइराला प्रधानमन्त्री हुँदै थिए, भारतमा विजेपीको सरकार भन्दैथियो,’ उनले भने, ‘राजनाथले हिन्दु धर्मको कुरा उठाउने भएकोले कृष्ण सिटौलाले राजनाथसँग नभेट्ने भन्नुभयो । तर मैले उहाँहरुलाई भेट्नुपर्ने सुझाव दिएँ ।’

धेरै बोलेर घाँटीमा समस्या देखियो

धमलाले धेरै बोलेको कारण आफ्नो घाटीको पछिल्लो भागमा हल्का समस्या देखिन थालेको बताए । थप समस्या नहोस् भनेर अहिले दैनिक आधा घण्टा घाटीको फिजियो थेरापि गरिरहेको उनले बताए । रेडियो, टेलिभिजन, रिपोटर्स क्लव, भेटघाट लगायतका ठाउँमा धेरै कुरा गर्नुपर्ने भएकोले अहिलेदेखिनै घाँटीको थेरापि गर्न थालेको उनले बताए ।

विहान ४ बजे उठ्छु, १२ बजे सुत्छु

धमला निकै व्यस्त पत्रकार हुन । उनले आफू ४ देखि ५ बजेको बीचमा उठ्ने गरेको बताए । तर बेलुका सुत्दा चाहिँ १२ सम्म बज्ने उनले बताए । विहान ६ नबज्दै आफू रेडियोमा पुग्ने र त्यसपछि सिधै रिपोटर्स क्लवमा आएर भेटघाटहरु गर्ने उनले बताए । त्यसपछि दिनभर समाचार संकलनमा व्यस्त हुने उनले बताए ।

उनले सकेसम्म सबै ठाउँमा आफै पुगेर समाचार संकलन गर्ने बताए । सोही कारणले गर्दा आफूलाई हरेक घटनाक्रम थाहा भएको समेत उनले बताए ।

८ वर्षसम्म एक दिन पनि कार्यक्रम रोकिनँ

धमलाले आफूले रेडियो कार्यक्रम संचालन गर्न थालेको ८ वर्ष भएपनि अहिले सम्म एउटा पनि कार्यक्रम नरोकिएको बताए । उनले वाणि बहस हुँदै नेपाली बहसमा आइपुग्दा एउटा पनि कार्यक्रम नरोकिएको बताए । उनले आफू विदेश हुँदा पनि कार्यक्रम चलाउने जानकारी दिए ।

इष्टमित्र कमाएँ, दाम कमाइन !

धमलाले आफूले निकै धेरै साथीभाई र इष्टमित्र कमाएको बताउँछन् । तर पैसा चाहिँ धेरै नकमाएको बताए । कमाएको पैसा पनि साथीभाई र इष्टमित्रका लागि धेरै खर्च गर्ने उनी बताउँछन् । आफू महात्मा गान्धीबाट प्रभावित भएकोले पैसा पछि नलाग्ने समेत दावी गरे ।

‘एक दिन सबैलाई आर्यघाट जानु त छँदै छ,’ उनले भने, ‘त्यसैले धेरै पैसा कमाउनुपर्छ भनेर जोड गर्दिन ।’ आफू गाउँघरमा हुर्केको सामान्य मान्छे भएकोले अहिलेको अवस्था पनि सामान्यनै रहेको उनी बताउँछन् ।

गिरिजाप्रसाद क्रियाशिल थिए, मदन बोल्नलाई राम्रा !

धमलाले नेपालका दुई चर्चित नेता गिरिजा प्रसाद कोइराला र मदन भण्डारीसँग आफ्नो राम्रो सम्बनध रहेको दावी गर्छन । गिरिजा निकै क्रियाशिल भएकै कारणले राजनीतिमा जम्न सकेको उनले बताए । मदन भण्डारी चाहिँ निकै मिठो बोल्न जान्ने भएकै कारणले लोकप्रिय भएको उनले बताए ।

र, विबादमा धमला !

नेपाली पत्रकारिता क्षेत्रमा दुई दशकदेखि क्रियाशिल धमला बेला बखत विबादमा पनि आइरहन्छन् । कतिपयले उनलाई भारतीय दूतावासमा सूचना पुराउने सम्मको आरोप लगाउँछन् । ऋषि धमलालाई लिएर धेरै किस्सा पनि बनेका छन् ।

रिपोर्टर्स क्लव नामक संस्थाको आजीवन अध्यक्ष भनेर उनको टिकाटिप्पणी हुने गरेको छ । धमलालाई एमाले नेता बामदेव गौतमले आजिव अध्यक्ष भनेर टिप्पणी गरेका थिए ।

टेलिभिजनको पर्दामा देखिन मरिहत्ते गर्ने धमलाको बानी छ । केहीबर्ष अघि एउटा टेलिभिजनले समाचार खिच्दा सकेसम्म धमलाको अनुहार नदेखाउन आफ्ना क्यामेरा मेनलाई निर्देशन दिएछ । तर बर्षौ लामो अनुभव भएका क्यामेरा मेनले समेत नसकेको किस्सा टेलिभिजन क्यामेरा पर्सनबीच चर्चा चलिरहन्छ ।

धमलाले बोलेको अग्रेजीको बिषयलाई लिएर पत्रकारहरुबीच किस्सा चलिरहन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको पूर्वसन्ध्यामा धमलाले एउटा अग्रेजी दैनिक पत्रिकामा लेख लेखे । धमलाले अग्रेजीमा लेख लेखेको भनेर सामाजिक सञ्जालमा उनको खिल्ली उडाइयो ।

देउवाको भारत भ्रमण सफल बनाउन धमला दिल्लीमा भनेर एउटा अनलाइनले समाचार लेखेपछि धमला र धमलाको समाचार बनाउने अनलाइनलाई लिएर हप्ता दिनसम्म टिप्पणी भयो ।

उसोत धमलाले गर्ने अन्तवार्ताकै कारण उनी विबादमा पर्ने गरेका छन् । क्रिकेटर पारश खडकालाई तपाइले वल्डपक कहिले जित्नु हुन्छ भन्ने प्रश्न, ऋचा शर्मालाई ‘ब्वाइ फ्रेण्डसँग के गर्नुभयो ?’ जस्ता प्रश्नले धमलालाई विबादमा तान्यो ।

तर सामाजिक सञ्जालमा हुने विरोधलाई धमलाले मतलव गर्दैनन् । ‘अगाडी बढ्न खोज्ने मान्छेको विरोध भइरहन्छ’ उनी भन्छन् ।

आफूमात्र होइन धमला अरुलाई पनि विबादमा ल्याउछन् । धमलाकै क्लवमा गएर विबादास्पद अभिव्यक्ती दिएका कारण तत्कालिन रक्षामन्त्री शरतसिंह भण्डारीले पद गुमाउनु परेको थियो । एक पटक राजनीतिक संवाद गर्ने भनेर नेतालाई बोलाएर विबादास्पद युनिटी लाइफको बिषयमा बोल्न लगाएको भन्दै नेताहरु धमलासँग फायर भएका थिए ।

भित्रिरुपमा मन पराएपनि नपराएपनि नेताहरु धमलालाई चिड्याउन चाहादैनन्, मध्यम तहका नेताहरु त धमलाकोमा गएर टिभिका क्यामेर अगाडी बोल्न पाएपछि फुरुङ्ग हुने नै भए । नेताका लागि धमला र धमलाका लागि नेता पानी र माछो जस्तै बनेका छन, त्यसैले त केही बर्ष पहिले धमला आजिवन अध्यक्ष रहेको कार्यक्रममा गएर प्रचण्डले भनेका थिए, ‘धमलाजी मायाँ बैगुनी, नभइ नहुनी !’

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x