२७ जेठ २०८३, बुधबार

संसदमा सूर्य थापाको प्रश्न– राष्ट्रपतिलाई सामान्य पेट दुख्दा एयर एम्बुलेन्स प्रयोग गर्नुपर्छ ?

बैशाख १५, २०८०
संसदमा सूर्य थापाको प्रश्न– राष्ट्रपतिलाई सामान्य पेट दुख्दा एयर एम्बुलेन्स प्रयोग गर्नुपर्छ ?

राष्ट्रपति रामचन्द्र पौडेलले उपचारका लागि विदेश जाने इच्छा नगर्दा नगर्दै सरकारले भारत लगेकोबारे नेकपा एमालेका सांसद सूर्य थापाले संसद्मा प्रश्न उठाएका छन् ।

प्रधानमन्त्रीले जोड गरेर भारत पठाएको भन्ने राष्ट्रपति कार्यालयको विज्ञप्ति सम्बन्धमा यथार्थ जानकारी गराउन उनले माग गरे । 

शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमाले सांसद थापाले सामान्य पेट दुखेको बिरामीलाई एयर एम्बुलेन्स प्रयोग गर्नुको कारण माग गरेका हुन् । 

‘मुलुकको राष्ट्रपति बिरामी भएर छिमेकी मित्रराष्ट्रको अस्पतालमा उपचार गराइहनुभएको छ । राष्ट्रपति कार्यालयले उहाँ उपचार गर्न जान इच्छुक हुनुहुन्थेन भनेर वक्तव्य जारी गरेको  छ । एयर एम्बुलेन्सबाट लगिँदा अढाइ करोड खर्च भएको कुरा आइरहेको छ,’ सांसद थापाले भने, ‘सामान्य पेट दुख्दा एयर एम्बुलेन्समा खर्च गर्नुपर्ने यति समृद्ध मुलुक हो कि होइन ? प्रधानमन्त्रीले जोड गरेर पठाउनुभएको हो भन्ने वक्तव्यमा उल्लेख छ, यसबारे स्पष्ट परियोस् ।’  
 

salt training

कमेन्ट गर्नुहोस्