माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
बैशाख २०, २०८०
विगत केही महिनादेखि युक्रेनले रुसविरुद्ध प्रत्याक्रमण कारवाही गर्ने भनी हल्ला गरिएको भए पनि अहिलेसम्म उक्त कारवाही शुरू भएको छैन ।
उक्त प्रत्याक्रमण कारवाही सफल होला भन्नेमा युक्रेनका पश्चिमा समर्थकहरू नै विश्वस्त नरहेकाले पनि त्यो अघि बढ्न नसकेको हुनुपर्छ । पश्चिमी सञ्चारमाध्यमहरूले अमेरिकी अधिकारीहरूसँग गरेको कुरामा आधारित रही पस्किएको सामग्रीमा निराशाजनक यथार्थ झल्किएको पाइन्छ ।
अघिल्लो लेखमा पंक्तिकारले पोलिटिको र न्युयोर्क टाइम्स पत्रिकाको सामग्रीको सारसंक्षेप प्रस्तुत गरेको थियो ।
पढ्नुहोस् यो पनि :
त्यसैको मर्मलाई बेलायतबाट प्रकाशित हुने टाइम्स पत्रिकाको द सन्डे टाइम्समा रहेको सामग्रीले पनि दोहोर्याएको छ । ‘युक्रेन इजन्ट रेडी फर इट्स बिग अफेन्सिभ, बट इट ह्याज नो चोइस’ शीर्षकको लेखमा मार्क ग्यालिओत्तीले यथार्थ चित्र प्रस्तुत गरेका छन् । युक्रेनी सेनाको हतियार युद्धभूमिमा द्रुत गतिमा नष्ट भइरहँदा पश्चिमले त्यही गतिमा आपूर्ति गर्नै नसकिरहेको उल्लेख उनले गरेका छन् ।
ग्यालिओत्तीका अनुसार, युक्रेनीहरू २३० वटा ट्यांक तथा १५ सय ५० वटा सशस्त्र वाहनका साथ युद्धका लागि तयार भए पनि विशाल प्रत्याक्रमण कारवाही सफल पार्न आवश्यक हवाई प्रतिरक्षाको अभाव झेलिरहेका छन् । अमेरिका र अन्य पश्चिमी साझेदारहरूले युक्रेनलाई लडाकू विमान उपलब्ध गराउन नमानेकाले युक्रेन अहिले रुसको वायुुसेनाको आक्रमणको प्रतिकार गर्न नसक्ने स्थितिमा छ । उससँग भएको थोरबहुत हवाई प्रतिरक्षा नष्ट भइसकेको कुरा त पेन्टागनबाट लीक भएको दस्तावेजमै उल्लेख छ ।
प्रत्याक्रमण कारवाही शुरू गर्न अनेकौं कठिनाइ रहेको सन्दर्भमा राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले कूटनीतिक पहलमार्फत युद्ध अन्त्यका लागि प्रयास पनि सँगसँगै अघि बढाउन खोजेका छन् । त्यसै सोचका साथ उनले चीनका राष्ट्रपति सी चिनपिङसँग फोनमा कुराकानी गरेका थिए र उनले सीलाई ठ्याक्कै के भने भनी अमेरिकालाई स्पष्ट कुरा नबताएकाले अमेरिकीहरू रिसाइरहेको समेत बताइन्छ ।
जेलेन्स्कीको प्रयासका बावजूद युक्रेनको सैन्य गुप्तचरी इकाइका प्रमुख किरिलो बुदानोभ जस्ता युद्धपरस्त व्यक्तिहरू रुससँग अहिले कुनै हालतमा वार्ता गर्न नहुने भनिरहेका छन् । प्रत्याक्रमण कारवाही सफल पारेर रुसलाई युक्रेनी भूमिबाट हट्न बाध्य बनाएपछि बल्ल वार्ता गर्नुपर्ने उनको धारणा छ ।
तर बुदानोभको यो आकांक्षा वास्तविक धरातलमा आधारित छैन । एक वर्षभन्दा बढी समयसम्म चलेको युद्धमा युक्रेनी सेनाले व्यापक रूपमा सैनिक तथा हातहतियारको क्षति बेहोरिसकेको छ । युक्रेनले स्वीकार नगरेको भए पनि उसका लगभग ३ लाख सैनिकहरू युद्धमा मारिइसकेको अनुमान गरिन्छ । युक्रेनी भूमिमा कैयौं किलोमिटर क्षेत्रफलमा देखिएका नयाँ चिहान देख्दा पनि व्यापक संख्यामा हताहती भएको अनुमान लगाउन सकिन्छ ।
अनि पश्चिमले उपलब्ध गराएको हातहतियार पनि युक्रेनी सेनाले नष्ट गरिसकेको छ । उसलाई कुनै बेलामा वार्सा प्याक्टमा रहेका मुलुकहरूले सोभियतकालीन हतियार दिएकोमा त्यो पनि नष्ट भइसकेको छ ।
आफ्ना अनुभवी सैनिकहरू युद्धमा मारिएपछि अहिले युक्रेनले सर्वसाधारणलाई सामान्य सैन्य तालिम दिएर युद्धभूमिमा पठाइरहेको छ । अनि पश्चिमले उपलब्ध गराएको थोरबहुत हातहतियार ती अनुभवहीन मानिसहरूलाई दिइरहेको छ । त्यस्ता व्यक्तिको भरमा युक्रेनले गर्ने प्रत्याक्रमण सफल हुनेमा प्रबल शंकाको स्थिति छ ।
उता रुसी सेनालाई युद्धमा खासै क्षति पुगेको छैन । त्यो कुरा युरोपमा अमेरिकी सेनाका कमान्डर जनरल क्रिस्टोफर जी काभोलीले पनि स्वीकार गरेका छन् । गत साता अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सको हाउस आर्म्ड सर्भिसेस कमिटीले गरेको सुनुवाइमा सांसद जो कोर्टनीले सोधेको प्रश्नको उत्तर दिने क्रममा काभोलीले रुसी सेनाको ठूलो इकाइलाई युक्रेन युद्धले नकारात्मक असर नपारेको बताए ।
युद्धमा क्षति पुगेको भए पनि रुसको स्थलसेनासँग उल्लेख्य क्षमता कायम रहेको उनको भनाइ छ । अनि रुसको वायुसेना, जलसेना, अन्तरिक्ष बल, साइबर बल र आणविक हतियारको जिम्मेवारी पाएको स्ट्राटेजिक फोर्सेसलाई अहिलेको युद्धको कुनै असर नपारेको पनि उनले स्वीकार गरे ।
यस्तो शक्तिशाली शत्रुविरुद्ध युक्रेनले प्रत्याक्रमण कारवाही चलाउनुअघि निकै तयारी गर्नुपर्ने हुन्छ । तर युक्रेनसँग सैनिक र हातहतियार दुवैको पर्याप्त तयारी छैन ।
वास्तवमा युक्रेनी तयारी पूर्णरूपमा पश्चिमी सहयोगमा निर्भर रहेकाले समस्या परिरहेको हो । अमेरिका र पश्चिमले थप हतियार उपलब्ध नगराउन्जेल रुसद्वारा नियन्त्रित क्षेत्रमा कारवाही चलाउन नसकिने युक्रेनी अधिकारीहरूले बताइरहेका छन् ।
जेलेन्स्कीले जापानको योमिउरी शिम्बुन पत्रिकासँग गत मार्च महिनामा दिएको अन्तर्वार्तामा आफूहरूले प्रत्याक्रमण कारवाही शुरू गर्न नमिल्ने किनकि ट्यांक, आर्टिलरी र लामो दूरीको रकेटविना बहादुर सिपाहीहरूलाई अग्रपंक्तिमा पठाउन नहुने बताएका छन् ।
पश्चिमबाट हतियार पाउन ढिलाइ भएपछि युक्रेनका परराष्ट्रमन्त्री दिमित्रो कुलेबाले युरोपेली संघको कठोर आलोचना समेत गरेका थिए । कुलेबाको आक्रोशपूर्ण अभिव्यक्तिपछि युरोपेली संघका परराष्ट्रनीति प्रमुख जोसेफ बोरेलले हतियार द्रुत गतिमा उपलब्ध गराउन सबै प्रयास गर्ने आश्वासन दिएका थिए । युरोपेली मुलुकका सेनासँग जगेडा रहेका गोलीगट्ठा युक्रेनलाई दिलाउने विषयमा सहमति बनेको छ तर आर्टिलरी शेल उत्पादन कुन ठाउँमा गर्ने भन्ने विषयमा विवाद रहेको बताइएको छ ।
अनि त्यसमाथि मौसमले पनि प्रत्याक्रमण कारवाही शुरू गर्न बाधा पुर्याइरहेको छ । युक्रेनमा वसन्त ऋतुमा अत्यधिक पानी परेकाले ट्यांकहरू अघि बढाउनका लागि हिलाम्मे बाटोले अवरोध गरिरहेको द न्युयोर्क टाइम्समा प्रकाशित माइकल स्विर्जको सामग्री ‘युक्रेन वान्ट्स टु पुश फर्वार्ड । नट सो फास्ट, सेज इट्स ब्ल्याक सुपी मड’ मा उल्लेख छ ।
अनि पश्चिमले उपलब्ध गराएको लेपर्ड तथा अन्य ट्यांकहरू पार गराउन सक्ने क्षमताका पुल पनि युक्रेनले बनाउन नसकेकाले प्रत्याक्रमण कारवाही अघि बढाउन नसकेको हो ।
त्यसो त यो हिलाम्मे बाटोले रुसी ट्यांकहरू अघि बढाउन पनि अवरोध गर्नेछ तर रुसलाई विशाल कारवाही गर्ने कुनै हतारो छैन ।
विगत ६ महिनामा युद्धभूमिमा भएको कारवाही हेर्ने हो भने भिडन्तको विन्दु (लाइन अफ कन्ट्याक्ट) मा युक्रेनले नभई रुसले निरन्तर आक्रमण गरिरहेको छ । खासमा युक्रेनको प्रत्याक्रमण क्षमता नै शिथिल भएकाले उसले रुसी सेनाभन्दा पनि डोनबासमा सर्वसाधारणको बस्तीमा आक्रमण गरिरहेको छ ।
विगत दुई सातामा मात्र रुसले खर्सन र पाव्लोग्राद क्षेत्रमा युक्रेनको हवाई प्रतिरक्षालाई रुसले ध्वस्त पारेको थियो । त्यसको स्थानमा नयाँ हतियार प्रणाली ल्याउन युक्रेनले सकेको छैन ।
युक्रेनले गर्ने भनिएको प्रत्याक्रमण कारवाहीको सफलता वा असफलतामा शान्तिवार्ता समेत निर्भर छ । यो सफल भएमा रुसलाई युक्रेनी भूमिबाट पूर्णरूपमा पछि हट्न युक्रेनले बाध्य बनाउन सक्छ । तर यो असफल भएमा युक्रेनले भूमि परित्याग समेत गर्नुपर्ने हुन सक्छ ।
शान्तिवार्ताको वातावरण नबन्दा आम युक्रेनीहरूले चाहिँ एकदमै दुःख पाइरहेका छन् । द गार्डियन पत्रिकामा पिटर ब्युमोन्टले तयार पारेको सामग्री ‘पन शप्स यान्ड ब्रेड क्युज : पुभर्टी ग्रिप्स युक्रेन याज वार ड्य्राग्स अन’ मा उल्लेख गरिएअनुसार, युक्रेनीहरू खानेकुरा किन्नका लागि पैसाको जोहो गर्न आफ्नो घरमा भएका सामान बेच्न बाध्य भएका छन् ।
ब्युमोन्टले विश्व बैंकबाट हालै प्रकाशित एक प्रतिवेदनलाई उल्लेख गर्दै सन् २०२२ मा युक्रेनमा गरीबी ५.५ प्रतिशतबाट ह्वात्तै बढेर २४.२ प्रतिशत पुगेको लेखेका छन् । एक वर्षभित्र ७१ लाख मानिस गरीबीमा धकेलिएको उक्त प्रतिवेदनले देखाएको छ । युक्रेनको इर्पिन पुगेका ब्युमोन्टले गाउँहरूमा दयनीय दृश्य देख्न थालिएको लेखेका छन् ।
शान्तिवार्ता नगरिएमा सर्वसाधारणले थप दुःख पाउनेछन् । त्यसैले युक्रेनी प्रत्याक्रमणको सफलताले शान्तिवार्ताका लागि वातावरण बनाउन सक्छ । तर त्यस्तो सफलता सुनिश्चित छैन ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सहकारीपीडितको अर्बौं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...