×

NMB BANK
NIC ASIA

सन्दर्भ : भ्रष्टाचारका नयाँ-नयाँ काण्ड

भ्रष्टाचारका फाइल खोल्न रवि लामिछानेलाई सुवर्ण अवसर !

बैशाख २२, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

‘धोती पहननेवाला हर आदमी गान्धी नहीं होता’ । भारतमा उपदेश दिने हरेक व्यक्तिको मुखबाट यो आदर्श वाक्यांश फुत्किन्छ । युवतीहरूसँग ना‌ंगै सुत्नु गान्धीको सोख थियो । आफ्नो संयमको परीक्षा लिन पनि गान्धीले यसो गर्ने गरेका थिए । त्यस्तो बेला गान्धी धोतीलाई पर राख्थे । उनी भन्थे– ‘धोती पवित्रताको प्रतीक हो ।’

Muktinath Bank

धेरैलाई जिज्ञासा हुनसक्छ, के गान्धीले सधैं धोती लगाए ? होइन, उनले धोती लगाउने कामको शुरूआत १९२१ सेक्टेम्बर २२ देखि गरे । त्यतिबेला उनको उमेर ५२ वर्ष थियो । अहिंसाका पुजारी गान्धीले भारतभर धोतीलाई पहिचानको पहिरन बनाइदिए । गान्धीको अंग्रेज धपाउने क्रान्तिको रूपान्तरित रूप थियो ‘धोती ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सही समयमा गरेका हरेक निर्णय दूरगामी प्रभाव पार्ने गरी प्रतीक बन्छन् भन्ने उदाहरण हो, गान्धीको ‘धोती’ । 


Advertisment
Nabil box
Kumari

अब नेपालको प्रसंगमा कुरा गरौं । केबल पार्टीको संख्या थप्न मात्र हैन राजनीतिमा रवि लामिछानेको उदय । सही समयको राजनीतिलाई सही राजनीतिक इतिहास बनाउनु छ । ती तमाम मतदाता र भीडको मनोविज्ञानलाई आधार मान्ने हो भने अहिले नै कुशासन अन्त्य हुन्छ भन्ने अपेक्षाले तृष्णा पोखिएका छन् । जनतालाई यति हतार छ कि बिहान भ्रष्टाचारी पक्राउ गरियोस्, बेलुका जेल पुर्‍याइयोस् । जनताको सुशासनको भोक चरमोत्कर्षमा छ ।  

Vianet communication
Laxmi Bank

फेरि अर्को प्रश्न छ यहाँ, के रविले यो काम अहिले नै गर्न सक्छन् ? कसरी सम्भव छ ? न सत्ता, न सम्पूर्ण राज्य शक्ति । कहाँ सम्भव होला र ?

फेरि भारतकै प्रसंगमा जाऔं– सन् २०११ म अन्ना हजारेले भ्रष्टाचारविरुद्ध अभियान छेड्दा उनीसँग पार्टी त के, कुनै समूह थिएन । उनले अभियान छेड्दा स्वतस्फूर्त लाखौं नागरिक जोडिए । यही जनबलमा उनी अनशन बसे । उनको यो जागरणबाट शासक हायलकायल भएपछि जनलोकपाल विधेयक संसद्बाट पारित भयो । एकैचोटी ५ हजार जनाभन्दा बढीको भ्रष्टाचारका मुद्दा अघि सरे । दर्जनौं शीर्ष नेताहरूले अहिले पनि जेलको हावा खाइरहेका छन् । यही जगबाट अरविन्द केजरिवालजस्ता दूरदर्शी नेताको उदय भएको थियो ।

रविसँग के छ, के छैन ?

रविसँग अहिले देशको चौथो ठूलो दल छ । संसदमा कुनै दलको बहुमत छैन । राष्ट्रिय स्वतन्त्र पार्टी निर्णायक शक्ति छ । यो त्यो अवसर हो, जुन भ्रष्टाचारका मुद्दा उधिन्न रविका लागि ब्रह्मास्त्र बन्न सक्छ । केन्द्रबिन्दुमा भएको रास्वपाको यो न्युक्लियर्सलाई भ्रष्टाचारविरुद्ध बमको रूपमा उपयोग गर्न सकिन्छ ।

एकछिन माथि उल्लेख गरिएको गान्धीको प्रसंगमै जाऔं । यो आलेखमा प्रेरणादायक प्रसंग किन जोडिएको हो भने रास्वपा पार्टीको स्कूलिङ प्राथमिक तहमा चलिरहेको छ, जुन अनुच्छेद पाठ बन्न सक्छ । धोती लगाउने सबै गान्धी हुँदैनन् भनेझैँ सुशासनको नारा लगाउने जति सबै सदाचारी हुँदैनन् । रवि लामिछानेले यो आमभनाइलाई व्यवहारले खण्डन गर्न सक्नुपर्छ । रवि र उनको पार्टीले उठाएको प्रथम जुन मुद्दा हो, त्यो नै उनीहरूका लागि पहिलो गृहकार्य हो । अहिले जुन कक्षामा रास्वपा छ, त्यो कक्षा डिग्री तहको अर्थात उच्च तहको होइन । प्राविमा भएका हरेक विद्यार्थी भविष्यका कर्णधार भएझैँ रास्वपा नेपालको राजनीतिमा वर्तमानको कर्णधार हो जसले पढ्नु पनि छ, काम गर्नु पनि छ । बिहान कक्षा लिने, दिउँसो काम गर्ने । एउटा मेहनती विद्यार्थीका रूपमा रास्वपा नेपालको राजनीतिक मैदानमा खडा छ । 

भारतमा गान्धीको धोतीजस्तै एउटा उदाहरण नेपालको इतिहासमा पनि स्थापित छ । नेपालमा भादगाउँले टोपीको महिमालाई परिवर्तनसँग जोडिएको छ । वि.सं. २०२२ पछि राजा महेन्द्रले पहाडबाट केही परिवारलाई तराईमा स्थानान्तरण गरे । जग्गा वितरणका क्रममा हरेक नेपालीले अनिवार्य टोपी लगाउने नियम राखिदिए । हालको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा राखिएका यी परिवारका हरेक पुरुषले टोपी लगाउनै पर्ने नियम बसाइदिए । मल्लकालमा शुरूआत भएको भादगाउँले टोपी नेवारहरूको खास प्रतीक थियो । पछि राजा महेन्द्रले टोपी लगाउन अनिवार्य गरिदिएपछि ढाकाको टोपी पनि देशभर प्रचलनमा आएको थियो ।  

जनताले वर्षौंदेखि भोगिरहेको घुसखोरी र भ्रष्टाचारको पीडालाई मल्हम लगाउन रास्वपाका लागि ढोका खुलिसकेको छ । बालकोट, बालुवाटार, धुम्बाराही, कोटेश्वर र खुमलटार धाएर रास्वपाले शक्ति आर्जन गर्दैन, झन् क्षयीकरण हुनेछ । धाउने जनताकै दैलोमै हो ।

रास्वपा अलग दल बन्ने कि दलदलमा फस्ने ?

रास्वपाले भारतमा गान्धीको ‘धोती’ र नेपालमा राजा महेन्द्रको ‘टोपी’ पहिचानलाई एक क्रान्तिका आँखाले हेर्न सक्नुपर्छ । यी दुवै पहिरन मात्र थिएनन्, नागरिकमा अपनत्व र दायित्वबोध गराउने सूत्र थिए । रास्वपालाई कुनै पोशाक उत्पत्ति गर भन्न खोजिएको होइन । जसरी राजा महेन्द्रले देशभर नेपालीको मिश्रित बसोवास गर्ने अभियान शुरूआत गरे, त्यसरी नै अबको राजनीति भ्रष्टाचाररहित प्रमाणित गर्न रास्वपाका लागि यो समय गान्धी र महेन्द्रकाल हो । यहाँ राजा महेन्द्रको प्रसंग उठाउँदै गर्दा कुनै तन्त्रको प्रशंसा गरिएको होइन । इतिहासलाई हामीले स्वीकार गर्नुपर्छ, जुन नागरिकका लागि व्यवहारमा रूपान्तरणको माध्यम बन्न सक्छ । रास्वपाले भ्रष्टाचाररहित समाज बनाउन इतिहास रच्न सक्छ भन्ने अभिप्राय मात्र यहाँ व्यक्त गरिएको हो ।

रास्वपाले राजनीति फोहोरी खेल हो भन्ने भाष्यलाई चिर्न सक्नुपर्छ । जनजनमा राजनीतिप्रति जति चासो छ, त्यति घृणा पनि छ । हो, पछिल्लोपटक रास्वपाले तन्नेरीमाझ राजनीतिको माहोल सिर्जना गरिदिएको छ । अब राजनीति सकुनी मामाको खेल होइन, कृष्णको जस्तो चलाखी र न्यायपूर्ण खेल हो भन्ने स्थापित गर्नुपर्ने छ । यो जिम्मेवारी रास्वपाको काँधमा छ । हैन भने दलहरूको भीडमा अर्को एउटा दल राजनीतिको दलदलमा फसेको साबित हुनेछ । संघीयताका घोरविरोधी चित्रबहादुरको राजमोदेखि राजतन्त्र पक्षधर राप्रपासम्म, समाजवादको खोस्टा ओढेका बाबुराम भट्टराईका अनेक पार्टीदेखि ७५ वर्षयता लमतन्न सुतिरहेको नेपाली कांग्रेससम्म ज्युँदैछन् । बग्रेल्ती कम्युनिस्ट त यसै छन् । अनि, किन चाहियो उस्तै अर्को दल ?

यी हुन्, रास्वपाका ४ सुवर्ण अवसर :

१. भ्रष्टाचारको फाइल खोल्नु ‘लुगाको फस्नर खोलेजस्तो’ सजिलो छैन । जहाँ राज्यका न्यायिक प्रणाली सेटिङमा चलेका हुन्छन्, त्यहाँ भ्रष्टाचारीलाई कारवाही गर्नु फलामको च्युरा चपाएसरह असम्भव हुन्छ । त्यसैले, यसको एकमात्र समाधानको उपाय भनेको जनतामै फर्किनु हो । रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेट्दा दिएको भ्रष्टाचारका फाइल खोल्ने आश्वासन आफैंमा हास्यास्पद छ किनकी भ्रष्टाचारको अनुसन्धान प्रचण्ड, शेरबहादुर देउवा, केपी ओली, माधव नेपालका घरका दराज र बैंकका लकरबाट शुरू गर्नुपर्ने आवश्यकता छ । नत्र यी सब हावादारी गफ मात्र हुनेछन् ।

के पुराना दलहरूले ३३ वर्षदेखि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा फलाकेनन् र ? जति भ्रष्टाचारविरुद्ध यी दलहरू बोल्थे उति यी आफैं भ्रष्टाचारमा चुर्लुम्म डुब्थे । यसको प्रमाण खोज्न कतै जानु पर्ला र ? हिजोको यिनको पैत्रिक सम्पतिमा आजको विलासी जीवन घटाउँदा आउने सम्पूर्ण शेष जायजेथा भ्रष्टाचार होइन र ? किनकी, व्यवसाय, इलम र जागिरविना व्यतीत जीवनशैली भ्रष्टाचारका मूल खम्बा हुन् । यी स्वतः प्रमाणित उत्तर हुन् । यसका पात्रहरूलाई कारवाही गर्न र यो क्रमलाई भंग गर्न जनताकै अदालतमा पुग्नुको विकल्प छैन । रामशाहपथको अदालतले त यिनलाई छाता ओढाउँछ, तर जनताको अदालतले यिनलाई नंग्याउने निश्चित छ । भ्रष्टाचारीहरूलाई खोजीखोजी सार्वजनिक गर्नु रविका लागि सुवर्ण अवसर हो किनकी अहिले जनमत रवितिर सोहोरिएको अवस्था छ । 

२. नक्कली भुटानी शरणार्थी तयार गरेर अमेरिका पठाउन खोज्ने जालो अहिले क्रमशः उदांगिएको छ । पूर्वमन्त्रीदेखि उच्चपदस्थ कर्मचारीसम्म यसमा जोडिएका खबरहरू बाहिर आएका छन् । भलै कारवाही हुन्छ हुँदैन भोलिका दिनले देखाउला । तर, यस्ता मुद्दाहरूमा अब दलहरूबीच गलफत्ति शुरू हुन्छ । ‘हाम्रो पार्टीको मान्छे मात्र कारवाही गर्ने, तिम्रो पार्टीको नगर्ने’ भन्ने आशय बोकेर एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई जवाफ फर्काइसकेका छन् । नक्कली भुटानी शरणार्थी मुद्दामा टोपबहादुर रायमाझीहरू जाकिँदै गर्दा शक्तिखोरका लडाकुको रकम हिनामिनाको मुद्दा उठ्नेछ ।

वाइडबडी, एनसेल, ३३ किलो सुन, यती, ओम्नी, अरुण– ३, कोरोनाकालमा पचाएको कमिसनलगायत मुद्दा उठाएर यी पुराना दलहरूले एकअर्काबीच पोलापोल गर्नेछन् । अनि एकले अर्काका मुद्दा नउठाउने समझदारीमा यी दलहरू पुग्नेछन् । अनि ‘तैं चपु मैं चुप’ लागेर यी तमाम मुद्दालाई विषयान्तर गर्नेछन् । अनि भन्नेछन्, ‘भ्रष्टाचार सहँदैनौं ।’ यस्तो शैली विगतदेखि चल्दै आएको छ । हो, पुराना दलहरूको यही गम्भीर गल्तीमा टेकेर रास्वपाले अभियान छेड्नुपर्छ । अनि, शुरू हुनेछ, भ्रष्टाचारविरुद्ध साँच्चिकैको महाअभियान । जुन सुवर्ण अवसर अहिले रवि लामिछानेलाई छ ।

३. पूर्व कर्मचारीलाई मुखिया बनाएर भ्रष्टाचार छानबिन गर्ने शासकीय प्रणाली संसारमा कुनै देशमा छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, राष्ट्रिय सर्तकता केन्द्र, सार्वजनिक खरिद अनुगमन कार्यालयजस्ता अड्डामा दलहरूले भागबण्डा लगाएर तल्ला कर्मचारीदेखि उच्च अधिकारीसम्म भर्ना गर्दै आएका छन् । नेताहरूका लागि यो सबैभन्दा भ्रष्टाचार गर्ने तरिका बनेको छ । 

यी पुराना दलहरूले दुनियाँमा कहीँ नभएको भ्रष्टाचार नियन्त्रणको ढोंग चलाएको कुरामा आमजनता जानकार छन् । अड्डा अदालतदेखि भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने तमाम निकायहरूमा लाभको पदमा नबसेका स्वतन्त्र व्यक्ति नियुक्त गर्नुपर्छ । त्यो पनि जनताकै मतको आधारमा । अहिले अनलाइन मतदानको खुला प्रक्रिया निकै सजिलो छ । विकसित देशले यही गर्दै आएका छन् । रास्वपाले यो माग जोडले उठाउनुपर्छ । साँच्ची नै भ्रष्टाचार नियन्त्रण गर्न नयाँ सिराबाट जाने हो भने रास्वपा र रवि लामिछानेका लागि सुवर्ण अवसर छ ।

४. फोन संवादको भरमा देखिएको कमजोरीकै आधारमा आफ्ना सांसद ढाकाकुमार श्रेष्ठलाई ७२ घण्टाभित्र कारवाही गरेर रास्वपाले जनताबीचमा भरोसाको नयाँ तरंग सिर्जना गरिदिएको छ । यता एमाले भने प्रहरीले प्रमाण फेला पारेर कारवाही गर्न न्यायिक हिरासतमा राख्न खोज्दा घूस प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीको बचाउ गर्न दौडधूप गरिरहेको छ । अध्यक्ष केपी ओली स्वयंले रायमाझीलाई अनुसन्धानमा ‘तानिएको हो कि तनाएको हो’ भन्ने अभिव्यक्ति दिएर दुनियाँलाई तिरिमिरीझ्याइँ पार्न खोजिरहेका छन् । यसले प्रस्ट पार्छ, नयाँ र पुराना राजनीतिक दलबीचको अन्तर । हो यही अन्तरलाई विश्वासमा बदलेर रास्वपाले देशभर भरोसाको जग निर्माण गर्न सक्नुपर्छ ।

जनताले वर्षौंदेखि भोगिरहेको घुसखोरी र भ्रष्टाचारको पीडालाई मल्हम लगाउन रास्वपाका लागि ढोका खुलिसकेको छ । बालकोट, बालुवाटार, धुम्बाराही, कोटेश्वर र खुमलटार धाएर रास्वपाले शक्ति आर्जन गर्दैन, झन् क्षयीकरण हुनेछ । धाउने जनताकै दैलोमै हो । जनताकै आँगनमा पुगेर अनि उनीहरूसँगै शक्ति हात पारेर धमाधम भ्रष्टाचारीको कठालो समाउनुपर्छ, नत्र रास्वपाको जग नबसेको घर आगामी चुनावमा गर्ल्यामगुर्लुम ढल्नेछ । पुराना दल त कम्तीमा पनि नीति र सिद्धान्तमा टिकिरहेका छन् । रास्वपाको त्यो आधार शून्य छ । रास्वपाको उदय र सफलताको मुख्य आधार भनेकै जनतालाई सेवाप्रवाह हो । जुन भ्रष्टाचार नियन्त्रणको शून्यबिन्दुबाट शुरू हुन्छ । यो शुभकामका लागि सबैभन्दा सुवर्ण अवसर अहिले नै हो । धन्यवाद ! 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x