×

NMB BANK
NIC ASIA

सन्दर्भ : बुद्ध जयन्ती

२१‌औँ शताब्दीको आधुनिक समाजमा बौद्ध दर्शनको उपादेयता

बैशाख २२, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel
  • तेजनाथ दंगाल

सरल भाषामा भन्दा एकभन्दा धेरै मानिसहरू मिलेर बनेको समूहलाई समाज भनिन्छ । जहाँ  आचरण, सहयोग, सद्भाव, सामाजिक सुरक्षा र निर्वाह आदि क्रियाकलाप सम्मिलित हुन्छन् । समाजशास्त्रीहरू समाजलाई अन्तरक्रिया र संस्कृति भएका व्यक्तिहरूको समूह मान्छन् । मानवको संख्या र क्रियाकलाप वृृद्धि भएर गएपछि समाजका विभिन्न प्रकारहरू देखा पर्दै गए । यहाँ दर्शनको आधारमा समाजको चर्चा गर्दा वैदिक र बौद्ध समाजको विश्लेषण गर्न खोजिएको छ । 

Muktinath Bank

वैदिककालीन समाज
सभ्यता र संस्कृतिको प्रसंग उठान गर्दा वैदिककलीन समाजबाट शुरू गर्नुपर्ने हुन्छ । वैदिककाललाई पनि पूर्ववैदिककाल र उत्तर वैदिककालगरी दुई भागमा विभाजन गरिएको छ । पूर्व वैदिककाललाई १५०० ई.पू देखि १००० ई.पू सम्मलाई मानिएको छ । यसलाई ऋग्वेदकाल पनि मानिएको छ । यसकालको कुनै ऐतिकासिक साक्ष्य प्रमाण पाइँदैन, साहित्य स्रोतको आधारमा विश्लेषण गरिंदै आएको छ । वास्तवमा ऋग्वेद वैदिककालको एक महत्वपूर्ण रचना हो । सिन्धु, यमुना नदीको नाम ऋग्वेदमा उल्लेख भएको पाइन्छ । ऋग्वैदिककाल हिमालय क्षेत्र हुँदै तिब्बत, वर्तमान तुर्कमिनिस्तान, अफगानिस्तानदेखि दक्षिण भारतसम्म फैलिएको थियो भन्ने भनाइ पाइन्छ । वैदिककालीन समाज एक जनजातीय प्रकारको कबायली(समूहमा बस्ने)समाज थियो । वैदिककालीन समाज विभिन्न इकाईहरूमा बाँडिएको थियो । यसकालमा पुत्र र पुत्रीमा कुनै प्रकारको भेदभाव थिएन । पुत्रलाई ‘दुहिता’ शब्दको प्रयोग गरिन्थ्यो । विधवा विवाहको प्रचलन थियो । समाजमा दासप्रथा कायम थियो । यसकालमा जातप्रथा पनि कायम थियो । ब्रह्मण, क्षेत्रीय, वैश्य, शूद्र जस्ता वर्ण व्यवस्था पनि कायम थियो । विवाह प्रसंगको कुरा गर्दा अन्तरजातीय विवाहको प्रचलन थियो । ऋग्वेदमा सती जानुलाई आत्महत्या भनिएको छ र विधुवा विवाहलाई मान्यता दिइएको हुनाले स्वतः सतीप्रथा थिएन भन्ने बुझिन्छ । यसकालमा नारीहरूको अवस्था सन्तोषजनक थियो । महिलाहरूले सभा सम्मेलनमा भाग लिन्थे । वैदिक आर्यहरू एकेश्वरवादी थिए । ईन्द्रलाई प्रमुख देवता मान्दथे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उत्तर वैदिककाल 
कालक्रमका दृष्टिले ई.पू. १००० देखि ६०० सम्मलाई उत्तर वैदिककाल मानिएको छ । ऋग्वेदकालमा धार्मिक जीवन सरल थियो तर उत्तर वैदिककालमा धार्मिक जीवन जटिल भएर गयो । यस युगमा यज्ञको महत्वलाई बढवा दिइयो । धार्मिक कर्मकाण्डलाई व्यापकरूपमा विस्तार गरियो । यज्ञ र पशुबलिलाई अनिवार्य गरियो । मनुष्यको लौकिक र परलौकिक उन्नतिका लागि यज्ञ र पशुबलिलाई प्राथमिकताको पहिलो श्रेणीमा राखिएको थियो । वैदिककालमा कर्ममा आधारित भएर चल्दै आएको वर्ण व्यवस्थालाई हटाएर जन्मको आधारमा सीमित गराइयो । समाजमा बाह्मणहरूको वर्चस्व बढेर गयो । यज्ञ गरेर बलि नदिएमा देवता रिसाउने र उत्पात मच्चाउने त्रास सिर्जना गरियो । यसबाट राजा, जनता सबै त्रसित भएर ब्राह्मणको आदेशअनुुसार कर्म गर्न थाले । यसरी गराउने कर्मकाण्ड एकवर्ष अवधिभन्दा बढीको हुन्थ्यो । व्यापकरूपमा पशुबलि दिइन्थ्यो । यी ब्राह्मणीय क्रियाकलापले समाज विश्रृंँखलित हुँदै गइरहेको थियो । राजसूय यज्ञमा ब्राह्मणहरू प्रसस्तै गाई दानको रूपमा लिन्थे । यसका अतिरिक्त राज्यको केही भाग नै दक्षिणाको रूपमा ब्राह्मणहरू राजाहरूसँग लिने गर्दथे । राज्यमा कर तिर्ने अभिभारा वैश्यहरूको मात्र थियो । यस करबाट राजा र ब्राह्मणहरू विलासी जीवन विताइरहेका थिए । समाजमा नारीको अवस्था दयनीय थियो । वैदिककालको जस्तो नारी स्वतन्त्रता थिएन । नारीलाई भोग्याको रूपमा लिइन्थ्यो । शूद्रहरूको अवस्था टीठलाग्दो थियो । सबै धार्मिक अधिकारबाट शूद्रहरूलाई वञ्चित गरिएको थियो । शूद्रहरूको उपनयन संस्कार गर्न वर्जित गरिनुका साथै धार्मिक ग्रन्थहरूको अध्ययनमा प्रतिबन्ध लागाइएको थियो । दाइजो प्रथाले समाज आक्रान्त हुँदै गएको थियो । 


Advertisment
Nabil box
Kumari

वास्तवमा गौतम बुद्ध धर्म स्थापनाभन्दा पनि तत्कालीन समाजको बेथिति र अस्तव्यस्तता सुधार्न चाहन्थे ।
 

Vianet communication
Laxmi Bank

सिद्धार्थ गौतमको जन्म र बुद्धधर्मको प्रादूर्भाव 
वैदिककालीन परम्पराले समाज आक्रान्त भएको समयमा बौद्धधर्मका प्रवर्तक सिद्धार्थ गौतमको जन्म ई.पू. ५६३ मा लुम्बिनीमा भएको थियो । बुद्धकथाअनुसार सिद्धार्थ पूर्वजन्ममा वोधिसत्व भएकोले मानवको दुःखका कारण र यसको निरोध के हुन सक्छ भन्ने कुरामा संवदेनशील थिए । दुःख निरोधको कारण खोजी गर्दै २९ वर्षको उमेरमा दरबार छोडेर निस्के । निकै लामो ध्यान तपस्यागरी सिद्धार्थले एकदिन वोधगयाको एक पिपलको बोटमुनि ध्यान गरिरहेको अवस्थामा सम्यक सम्बोधि  प्राप्त भयो । यसपछि उनलाई बुद्धत्व प्राप्त भएपछि बुद्ध भन्न थालियो । 

बुद्धको बालककालको नाम  सिद्धार्थ थियो जसको अर्थ सबै कुरालाई सिद्ध गर्न सक्ने भन्ने हो । ज्ञान प्राप्त गरेपछि उनलाई बुद्ध भनियो । बुद्धको अर्थ जागृत वा प्रकाशवान भएको अवस्था हो । गौतम गोत्रमा जन्म भएकोले सिद्धार्थलाई गौतम पनि भनिएको हो । वस्तुहरूको वास्तविक स्वरूप जान्ने भएकोले उनलाई तथागत पनि भनिन्छ । बुद्ध मानव जातिका सच्चा प्रेमी थिए । उनी ज्ञान प्राप्ति गरेपछि वनमा ध्यान गरेर बसेनन् । जनजन र वस्ती वस्तीमा पुगेर लोकको भलाइ र मानवका दुःख मोचनका लागि आफ्नो तत्वज्ञानको प्रचार गरे । 
बुद्धले ज्ञानको प्रचार गर्दै हिँड्दा तत्कालीन समाजमा मानिसहरू वेदमा उल्लेखित ज्ञानको गलत अर्थ लगाएर आफ्नो स्वार्थ अनुकूल चलिरहेका थिए । जातीय भेदभाव, छुवाछूत जस्ता गलत प्रथाहरूले पराकाष्ठा नाघेको थियो । देवतालाई खुसी बनाउने बहानामा व्यापकरूपमा पशुबलि दिने प्रचलन बढेको थियो । पाखण्ड प्रवृत्तिले धर्मलाई मागेर खाने र शोषण गर्ने औजार बनाएका थिए । यसै घडीमा बुद्धको प्रादूर्भाव भएको थियो । बुद्धले तत्कालीन समाजमा व्यापक रुप लिएको विकृति,विसंगति,कुरीति र कुसंस्कारमा सुधार ल्याएर सत्य, अहिंसा, करुणा, प्रेम र सेवालाई नै धर्मको आधार बनाए । यही नै बुद्धका आदर्श भए । यही आदर्शलाई मूलमन्त्र मानेर नयाँ दर्शनको प्रतिपादन गरे त्यसैलाई बौद्ध दर्शन भनिएको हो ।

बुद्धका उपदेश स्वरूप नै बौद्ध धर्म र बौद्ध दर्शनको विकास भएको हो । कालान्तरमा यो बौद्ध दर्शनको व्यापक प्रचार प्रसार भयो र बौद्ध धर्म संसारभर पैmलिन पुग्यो । गौतम बुद्धको महापरिनिर्माणपछि बुद्धधर्मले झन् व्यापकता लियो । सम्राट अशोक र कनिष्कले यस धर्मलाई चीन, मध्यएशिया, दक्षिणपूर्व एशिया, तिब्बत, कोरिया, जापान र श्रीलंका जस्ता देशहरूमा पैmलाउन सफल भए । बौद्ध दर्शनले धर्मको रूप धारण गरेपछि यो ज्यादै लोकप्रिय भयो । यसरी बौद्धधर्म लोकप्रिय हुनुका पछाडि प्रसस्तै कारणहरू रहेका छन् ती कारणहरूलाई यसरी प्रष्ट्याउन सकिन्छ ।    

१. ब्राह्मणहरूको कर्मकाण्डी व्यवहारबाट मोह भंग हुनु
बौद्धधर्मले लोकप्रियता हासिल गर्नुको प्रमुख कारण ब्राह्मणहरूको कर्मकाण्डी व्यवहारबाट लोकमा असन्तोष पैदा हुनु नै थियो । मानिसहरू ब्राह्मणहरूको आडम्बरी व्यवहार र कर्मकाण्डी बोलवालापनबाट मुक्त हुन चाहन्थे । ब्राह्मण पुरोहितहरू हरेक कार्यलाई देवताको आदेश मान्दथे । धर्मका नाममा यज्ञ र बलिप्रथाले चरम रूप लिइरहेको थियो । पशुबलिका अतिरिक्त नरबलि दिनसमेत संकोच मान्दैनथे । यस्तो विभत्स र भयानक वातावरणमा नयाँ बौद्धधर्मले अहिंसाको उपदेश दिएर मानव जातिलाई आपूmतिर आकर्षित ग¥यो । उँचो, नीचो, नारी र पुरुषमा भेदभाव थिएन । निम्न वर्ग र जातिका मानिसहरू यस धर्ममा सम्मिलित भए । यसरी तत्कालीन ब्राह्मण कर्मकाण्डीय धर्मको तुलनामा धेरै नै  उदार भएकोले बौद्धधर्म लोकप्रिय हुन पुगेको हो ।   
 
२. बुद्धको प्रभावशाली व्यक्तित्व
बौद्धधर्मले लोकप्रियता र सफलता पाउनुमा बुद्धको व्यक्तित्वको पनि एक थियो । बुद्धको प्रभावशाली व्यक्तित्वबाट लाखौंको संख्यामा मानिसहरू प्रभावित भएका थिए । बुद्धत्व प्राप्त भएपछि बुद्ध ध्यानी बनेर बसेनन् । उनी गाउँ गाउँ गएर मानिसका दुःखका कारण र त्यसको निरोधका उपायहरू बताउँदै गए । उनले जनजनमा आफ्नो आदर्श र शालिनता प्रदर्शन गरे । वास्तवमा बुद्ध धर्मको स्थापनाभन्दा पनि तत्कालीन समाजको बेथिति र अस्तव्यस्ततालाई सुधार्न चाहन्थे । उनी अरुले गरेको गाली र घृणालाई सहर्ष स्वीकारेर हिंड्थे । उनले आफ्ना विरोधीहरूलाई तर्क र प्रेमले ज्ञानी बनाए । करुणामयी सद्व्यवहारबाट अधम अंगुलीमाल र नगरबधु आम्रपाली उनका अनुयायी बने । बुद्धका सारपूर्ण र ओजिलो प्रवचनबाट  कयौं मानिसहरू प्रभावित भएका थिए । 

३. बुद्धका ज्ञान पालीभाषामा प्रचार प्रसार हुनु
बुद्धकालीन समयमा ब्राह्मणहरू कठिन संस्कृत भाषाको प्रयोगगरी प्रवचन गर्दथे जो समाजले सजिलै बुझ्न सक्दैनथ्यो । समाजमा मानिसहरू पाली भाषा बोल्ने गर्दथे । पालीभाषा समाजमा लोकप्रिय भएको सबैलाई बुझ्न सजिलो भयो । गौतम बुद्धले सबैले बुझ्ने पालीभाषामा समाजलाई बुझाउने, सम्झाउने र उपदेश दिने गर्न थाले । बुद्धले पालीभाषामा उपदेश दिन थालेपछि सर्वसाधारणले सहज नै बुझे । जसले गर्दा बुद्धधर्मले लोकप्रियताको शिखर सजिलै चुम्न सफल भयो । 

४. बौद्धधर्म वैदिक क्षेत्रभन्दा बाहिर लोकप्रिय
बौद्धधर्म वैदिक क्षेत्रभन्दा बाहिरका मानिसहरूमा बढी लोकप्रिय थियो । यो धर्म तत्कालीक ब्राह्मण धर्मभन्दा फरक भएकाले विपरीत धर्म थियो । जसले गर्दा धेरै मानिसहरू यसतर्पm आकर्षित भए । मगध आर्यावर्त क्षेत्रको सीमाभन्दा बाहिर भएकोले ब्राह्मणहरू मगधवासीलाई हेयको दृष्टिले हेरी नीच व्यवहार गर्दथे जसले गर्दा मगधवासी बौद्धधर्मतिर आकर्षित भए । मगधका सम्राटहरूले बौद्धधर्मलाई राजकीय संरक्षण समेत दिने कार्य गरेकाले बौद्धधर्मले तीब्र गतिमा विस्तार हुने अवसर प्राप्त गर्‍यो ।  

५.बौद्ध संघको योगदान
बौद्धधर्मले लोकप्रियता पाउनुमा बौद्ध संघको ठूलो योगदान रहेको थियो । बुद्धले बौद्ध धर्मको प्रचार, प्रसार र विस्तारको लागि बौद्धसंघ स्थापना गरेका थिए । जसमा जो कोही भेदभाव रहित तरिकाले प्रवेश पाउँदथ्यो । भिछुहरू उत्साह पूर्वक विचरण गर्दथे ।  

६. सम्राट अशोकको योगदान
गौतम बुद्धको महापरिनिर्वाण भएको दुइसय वर्षपछि मगधका महान सम्राट अशोकले बौद्धधर्मलाई ग्रहण गरे । यो युगान्तकारी घटना थियो । उनले बौद्धहरूलाई अपार दान दिए । बुद्धसँग सम्बन्ध रहेका क्षेत्रहरूको भ्रमण गरे र त्यहाँ शिलास्तम्भसहित अभिलेख राखेका थिए । उनले नै तेस्रो बौद्ध संगायन गराए । उनले बौद्ध धर्मको विकास र विस्तारका लागि पश्चिम एशिया, पूर्व एशिया, दक्षिण–पूर्व एशिया र श्रीलंका जस्ता क्षेत्रमा बौद्धधर्मको विकास र विस्तारका लागि गहन भूमिका खेलेका थिए । उनले बौद्धधर्मको प्रचार प्रसारको लागि ‘धम्ममहाहोत्रो’ पद समेत सिर्जना गरेका थिए  ।

७. नवीन धर्म सरल हुनु 
तत्कालीन समयमा ब्राह्मण(कर्मकाण्डी)धर्मबाट आजित भइसकेका मानिसहरू पुरानो आडम्बरी धर्मबाट मुक्त भई यस सरल धर्मतिर लागे । बौद्धधर्ममा त्यतिखेर पुरोहित चाहिँदैन थियो । यज्ञ र बलिप्रथा थिएन । पूजा पाठको लागि जातीय भेदभाव पनि थिएन । जो कोही व्यक्ति पनि बौद्ध सिद्धान्तबाट प्रेरित भएर सांसारिक जीवन विताउँदै मध्यम मार्ग अपनाएर निर्वाण प्राप्प गर्न सक्दथ्यो । यस कारण समाजका निम्न तथा उपेक्षित वर्गहरूले उत्साहित भएर यस धर्मलाई अनुसरण गरे । 

८. व्यापारी र साहु महाजनहरूको समर्थन
तत्कालीन समयमा ब्राह्मण ग्रन्थमा समुद्रपारीको व्यापार गर्नु र ब्याज लिनुलाई अपराध मानिएको थियो । तर, बौद्धधर्ममा यी कार्यहरूलाई पावन्दी लगाइएको थिएन । यसले गर्दा व्यापारी र साहुहरू यसतर्फ आकर्षित भए । साम्राज्यवादी युद्धमा व्यापारीहरूको ठूलो नोक्सानी भएकोले अहिंसाको पक्षपाती बौद्धधर्म युद्ध विरोधी भएकोले व्यापारी, साहु महाजनहरू यसतर्पm आकर्षित भए । बौद्धधर्म अहिंसा र युद्ध विरोधी भएकोले व्यापारी तथा साहुहरूका लागि उपयुक्त भएकोले उनीहरूले धर्म प्रचारको लागि प्रसस्तै धन खर्च गरे । 

एउटा विशेष कुरा के थियो भने कुनै पनि ऋणी व्यक्तिलाई बौद्ध संघमा प्रवेश गर्न बन्देज लगाइएको थियो । यो कुरा वैश्यहरूको लागि अनुकूल थियो । व्यापार उन्नति र प्रगतिको लागि कारक पनि थियो । यस कारण धर्मले व्यापारको उन्नति र प्रगतिमा योगदान दिई उदार मान्यता राखेकोले यो वर्ग बौद्धधर्मको प्रचार, प्रसार तथा धन खर्चगरी प्रवलीकरण गर्न दिलो ज्यानले लागेको थियो । 

बुद्धकालीन समाज 
बुद्धकालीन समाज उत्तर वैदिककालको पराकाष्ठामा थियो । मानिसहरू ब्राह्मणद्वारा सिर्जित कर्मकाण्डीय पद्धतिले आक्रान्त थिए । कुनै नवीन विषयवस्तुको बारेमा सोच्न सकिने अवस्था थिएनन् । महिलाहरूको अवस्था दयनीय थियो । समाजमा महिलाहरूको अवस्था दयनीय थियो । समाजमा महिलाहरूलाई नीच व्यवहार गरिन्थ्यो । मानिसहरूलाई धार्मिक सीमामा बन्दित बनाएर राखिएको थियो । नारीहरूलाई खरिद बिक्रीको साधन बनाएर राखिएको थियो । महिलाहरूलाई हाट बजारमा खरिद बिक्री गरिन्थ्यो । महिलाहरूले दासता स्वीकारगरी आफ्नो भविष्य पुरुषहरूको हातमा सुम्पिसकेका थिए । तत्कालीन बैशालीकी सुन्दरी आम्रपालीले बज्जीसंघको नगरबधु  आम्रपालीले बैशालीका सामन्तहरूको यौनदासी बनेर नारकीय जीवन बिताउन बाध्य हुनु परेको थियो । आम्रपालीको अपरिमित वेदनाको कुनै सार पाइँदैन । यस्तो नारकीय अवस्थाकी आम्रपालीलाई बुद्धले बौद्ध धर्मको दीक्षा दिएर मुक्तिको श्वास फेराएका थिए । 

समाजमा देवपूजाको गहिरो प्रभाव थियो । ईश्वरीय प्रभावले मात्र जीवनमुक्तिको आभा पाउन सकिन्छ भन्ने रुढीग्रस्त विचारले जरागाडेको थियो । काल्पनिक ईश्वरमाभन्दा माता–पिताको सेवा गर्नु नै महान धर्म हो भन्ने सन्देश दिएर पारिवारिक मेलमिलाप र सद्भाव र प्रेममा अधिक बल दिएका थिए । बुद्धले पति–पत्नीको सम्बन्धलाई सर्वोच्च स्थान दिएका छन् । उनले पति–पत्नी एक अर्कामा परम विश्वासमा रहनु र एक अर्कामा सम्मान गर्नु भन्ने सन्देश दिएका थिए । पति–पत्नी आफ्ना उत्तरदायित्वप्रति दृढ रहन आह्वानसमेत गरेका थिए । बुद्धले मानिसहरूलाई मानसिक बिमारीबाट मुक्त हुनुपूर्व शारीरिक विमारीबाट मुक्त हुनु पर्ने कुरामा जोड दिएका थिए । उनले चिकित्सा विज्ञानमा पनि ध्यान पु¥याएका थिए । यसको परिणाम हरेक बिहारमा बिमारीको भीड लाग्न थालेको थियो । बिहारहरू चिकित्सा केन्द्र जस्ता भए । यसको परिणाम स्वरूप भारतका कयौं बौद्धमार्गी राजाहरूले विभिन्न स्थानमा मानिस र पशुहरूका लागि चिकित्सालयहरू खोलिदिएका थिए ।  

बौद्धधर्ममा भिक्षुणी संघ
उत्तर वैदिककालमा पूव वैदिकालको जस्तो नारीलाई महत्व दिइएको थिएन । बुद्धकालमा आइपुग्दा नारीको अवस्था दयनीय भइसकेको थियो । समाज ब्राह्मणीय कर्मकाण्डी सिद्धान्तले आक्रान्त भई यज्ञ, बलि र ब्राह्मण वचनको पालनाले अधोगतितिर लागेको थियो । महिलाका सम्बन्धमा बुद्ध पनि विचारमा स्पष्ट थिएनन् । ज्ञान प्राप्तगरी बुद्धत्व प्राप्त गर्नुअघि बुद्ध पनि नारीलाई समाजकै आँखाबाट हेर्थे भन्ने कुरा पाइन्छ । सिद्धार्थ गौतमले वोधिज्ञान प्राप्त गरेर शाक्यमुनि बुद्ध बनी मार्ग पहिल्याउने क्रममा लाग्दा भोकले मृत्युको मुखमा पुग्ने अवस्था भइसक्दा सुजाता  नामकी कन्याले दिएको खीर ग्रहण गरेपछि उरुबेला स्थित पिपलको वृक्षमुनि बसेर ध्यानमा लिन हुँदा आर्यसत्यको साक्षात्कार भएपछि बुद्ध बने । यसपछि बुद्धको नारी प्रतिको धारणामा क्रमिक परिवर्तन आउँदै गएको थियो । बुद्धले बुद्धत्व प्राप्त गरेपछि बौद्ध संघको स्थापना गरे । भिक्षुहरू संघमा आबद्ध भएर विशाल बौद्ध संघ बनिसक्दा पनि भिक्षुणी संघको गठन भएको थिएन । बुद्धकी सानीआमा प्रजापति गौतमीले भिक्षुणी हुने चाहना गरे तापनि बुद्धले भिक्षुणी संघ स्थापना गरेनन् । अन्ततोगत्वा भिक्षु आनन्दको सल्लाहमा बुद्धल सानीआमा प्रजापति गौतमी र यशोधरा सहित अन्य केही महिलाहरूलाई भिक्षुणी संघ गठन गरी धर्मदेशना गरेर सोही अनुसारको शीलको धर्मदेशना गरे ।

यसरी भिक्षणी संघ गठन भएपछि त्यस संघमा अन्य धेरै महिलाहरू समावेश भए । त्यस समयमा एउटा विशाल भिक्षुणी संघ बनेको थियो भन्ने कुरा ईतिहासमा पाइन्छ । समाजबाट अपहेलित भएका दुःखी, असाहय महिलाहरू भिक्षुणी संघमा आबद्ध भएका थिए । बुद्धले बैशालीकी नगरबधु आम्रपालीलाई स्वयंले धर्मदेशना गराई भिक्षणी संघमा आबद्ध गराएका थिए । बुद्धको यस कदमले समाजमा नारीहरूले समाजमा अपहेलत्व सहेर बस्नु पर्ने अवस्थाबाट मुक्ति पाएका थिए । 

समाज परिवर्तन वाहकको रूपमा बुद्ध 
सृष्टिक्रमसँगै मानव जाति एक आपसमा मिलेर बसेको कुरा मानव शास्त्रको अध्ययनले देखाउँछ । कालक्रमिकरूपमा समाजमा वर्ग विभाजन भएपछि विचारहरू पनि विभाजित भएर गए । सम्भ्रान्त वर्गले अन्य वर्गलाई थिचोमिचो गर्न थाल्यो । यस वर्गले आफूलाई ईश्वरीय अस्तित्वसँग जोडेर समाजमा प्रभुत्व कायम गर्न थाल्यो । त्यहाँ सत्य, असत्य, न्याय, अन्याय केही हेरिएन । प्रभुत्वशाली वर्गको आदेश नै सामाजिक नियम बन्न पुग्यो ।

धर्म के हो ? यसलाई बुझ्न आवश्यक छ । जसले असल विचार दिएर समाजलाई सत्मार्गमा लान्छ र सभ्य समाज निर्माण गर्छ । अनि सबैले सत्यलाई अनुसरण गरेपछि त्यो धर्म बन्न पुग्छ । यसबाट के स्पष्ट हुन्छ भने असल कुरा धारण गर्नु नै धर्म हो । पूर्व वैदिककालमा धर्मको सकारात्मक पक्षहरूको प्रभाव फैलिएको थियो तर उत्तरवैदिककालमा धर्मले उग्ररूप लियो र प्रभुत्वशाली व्यक्तिहरूले यसलाई गुलाम बनाए जसको परिणाम स्वरूप समाजमा अनेकौं किसिमका अन्धविश्वास, रूढिवादीता र आडम्बरिताले मानिसहरू दुःखित हुन पुगे । शोषण र विभेदले समाज छिन्नविन्न हुन पुग्यो । उँच, नीच, धनी, गरिबको भावना व्यापक भएर गयो । जाति, प्रजातिको भाव फैलियो । मानिसहरू विभिन्न वर्गमा विभाजित भए । धर्म आर्जन गर्न ब्राह्मण वर्गले तोकिएको यज्ञ, बलि, दक्षिणा पूरा गर्न साधारण वर्गको लागि असम्भव जस्तो भयो । यसैले समाजमा फैलिएको दुष्कर्म र कुरीतिको अन्त्यको लागि एक धार्मिक मसिहाको आवश्क्ता टड्कारो रूपमा देखिएको थियो । यसै घडीमा समाजमा बुद्धको प्रादूर्भाव भयो । यसपछि बुद्धको ज्ञान, उपदेशले दीन–हीन, दरिद्र, निर्धन, कंगालहरूले अभिजात्य वर्गबाट मुक्ति पाए । बौद्धधर्मको प्रभावले सबै प्रकारको विभेद र अन्यायको अन्त्य  भयो । समतामा आधारित समाजको निर्माण हुँदै गयो । 

यस्तो अन्धकारमा डुबेको समाजलाई नवीन चेतना, दर्शन ज्ञान र उपदेशले समाज मात्र नभई एशिया महादेशका अधिकांश भागमा बौद्ध दर्शनका चम्किला किरणहरू छरिएका थिए । एक सभ्रान्त राजकूलमा पैदा भएर बुद्धले दुःखको सागरमा डुबेका मानिसहरूलाई दुःख निरोधको मार्ग देखाएर मुक्ति दिलाएका थिए । बौद्धधर्मले आजसम्म पनि मानव जातिलाई शान्तिको मार्ग पहिल्याएर त्यस अनुरूप चल्न सन्देश दिइरहेको छ । दुःख आफैँभित्र छ र त्यसलाई आफैँले निरोध गर्न सक्नु पर्छ भन्ने बुद्धको सन्देश अहिले पनि उति नै सार्थक, सान्दर्भिक र मनन् योग्य छ ।

(तीन दशकदेखि शिक्षण पेशामा रहेका दंगालले बुद्ध दर्शनको अध्ययन गरेका छन्)  

    

    
      
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x