असोज ६, २०८०
एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारणसभा असोज २८ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न हुने भएको छ । असोज ५ गते सम्पन्न बैंकको ६३० औं संचालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो । ...
के तपाई काठमाडौं महानगरपालिकामा कुनै उद्योग व्यवसाय सञ्चालन गरिरहनु भएको छ ? कि धरान र बुटवल उपमहानगरपालिका वा धुलिखेल नगरपालिकामा घर, जग्गा छ वा व्यवसाय गरिरहनु भएको छ ? छ भने पक्कै पनि पालिकालाई कर तिरिरहनु भएको होला ।
त्यस्तो कर तिर्न तपाईँ महानगरपालिका वा नगरपालिकाको कार्यालयमा पुग्नु पर्ने झन्झट भने गर्नु पर्दैन ।
एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ एप वा इन्टरनेट बैंकिङबाट यस्तो कर सजिलै दाखिला गर्न सकिन्छ ।
बैंकले काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिका, बुटबल उपमहानगरपालिका र धुलिखेल नगरपालिकासँग समझदारी गरेर कर तिर्ने सहज व्यवस्था मिलाएको छ । यस समझदारीअनुसार सम्पूर्ण करदाताहरूले बैंकको मोबाइल एप वा इन्टरनेट बैंकिङबाट आफ्नो कर दाखिला गर्ने व्यवस्था मिलाइएको छ ।
बैंकले यस सुविधा उपलब्ध गराएसँगै करदाताहरूले काठमाडौं महानगरपालिका, धरान उपमहानगरपाकिला, बुटवल उपमहानरपालिका र धुलिखेल नगरपालिका भित्र व्यवसाय कर, घर बहाल कर, सम्पत्ति कर तथा अन्य सबै प्रकारका करहरू बैंकको मोबाइल एपबाट सजिलै दाखिला गर्न सक्छन् ।
एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानले हरेक क्षेत्रका ग्राहकहरूलाई डिजिटल बैंकिङ उपलब्ध गराउने बैंकको उद्देश्यअनुसार पालिकाभित्र घर जग्गा भएका वा व्यवसाय सञ्चालन गरिरहेका व्यक्तिहरूलाई बैंकको डिजिटल प्लेटफर्मबाट कर भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराएको बताए । मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङबाट कर तिर्दा ग्राहकहरूले कुनै पनि अतिरिक्त शुल्क तिर्नु नपर्ने उनले जानकारी दिए ।
कर तिर्न धेरै सजिलो र सरल
काठमाडौं महानगरपालिका, धरान तथा बुटवल उपमहानगरपालिका र धुलिखेल नगरपालिकाको कर भुक्तानी गर्न सबैभन्दा पहिला यस बैंकको मोबाइल एप लगइन गर्नुहोस् । एपभित्र ‘पेमेन्ट’ अप्सन छ र पेमेन्टभित्र ‘गर्भमेन्ट रेभिन्यु’मा ट्याप गर्नुहोस् । त्यसपछि ‘लोकल गर्भमेन्ट पेमेन्ट’मा छनोट गर्नुपर्छ । ‘सेलेक्ट काउन्टर’ भन्ने अप्सन देख्नुहुन्छ । यस अप्सनमा जानु भयो भने काठमाडौं महानगरपालिका, धरान उपहानगरपालिका, बुटवल उपमहानगरपालिका र धुलिखेल नगरपालिकामध्ये एक छनोट गर्न सक्नुहुन्छ ।
आफूले कुन पालिकामा कर तिर्न लाग्नु भएको हो उक्त पालिका छनौट गरेपछि आफ्नो आइडी नम्बर उल्लेख गर्दै आवश्यक विवरण भरेर कर दाखिला गर्न सक्नुहुन्छ ।
यस एपबाट सरकारको कर, ट्राफिक प्रहरीको जरिबाना, सवारी नवीकरण शुल्कसहित सामाजिक वेलफेयर काउन्सिलको शुल्क पनि बुझाउन सकिने व्यवस्था मिलाइएको छ ।
साथै, यस एपबाट अन्य विभिन्न भुक्तानीहरू पनि गर्न सकिन्छ । बस र हवाइजहाज टिकट काट्ने, सरकारी कर, स्कुल तथा कलेजको शुल्क, आईपीओ, युटिलिटी बिल पेमेन्ट, फन्ड ट्रान्सफर, मोबाइल टपअप, शेयर कारोबार, रेमिट्यान्स, खानेपानी, विद्युत, इन्टरनेट, केवल, बस, एयरलाइन्स, रिचार्ज कार्ड, इन्स्योरेन्स शुल्क पनि तिर्न सकिन्छ ।
एनआईसी एशिया बैंकले ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिकरुपले डिजिटलबाट गर्ने लक्ष्य राखेको छ ।
हाल कुल कारोबारको झन्डै ८० प्रतिशत डिजिटल कारोबार गरिरहेको बैंकले नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा धेरै एटीएम, पीओएस, क्युआर नेटवर्क निर्माण गर्दै ‘डिजिटल फर्स्ट बैंक’ को अवधारणालाई प्राथमिकतामा राखेर अगाडि बढेको छ ।
वणिज्य बैंकहरूको प्रतिस्पर्धामा यस बैंकले डिजिटल कारोबारमा अग्रणी स्थान हासिल गरेको छ । पछिल्लो पाँच वर्षमा आर्थिक वर्ष २०७३/७४ मा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकको संख्या १ लाख २१ हजार रहेकोमा गत आवमा यो संख्या १६.३ गुणाले वृद्धि हुँदै १९ लाख ७२ हजार ६ सय पुगेको थियो भने चालू आवको तेस्रो त्रैमाससम्ममा यो संख्या २३ लाख २३ हजारबाट माथि लागिसकेको छ । त्यसैगरी, इन्टरनेट बैंकिङमा हेर्ने हो भने ४७ हजार ९ सयबाट ३ गुणा वृद्धि हुँदै १ लाख ९१ हजारभन्दा बढी पुगेको बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारणसभा असोज २८ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न हुने भएको छ । असोज ५ गते सम्पन्न बैंकको ६३० औं संचालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो । ...
यो साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो । कूल चार दिनको कारोबारमा तीन दिन बढेको बजार एक दिन घटेकोे थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार शेयर बजारमा यो ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । मंगलवार नेप्से परिसूचक १८ दशमलव ४५ अङ्कले बढेर दुई हजार २२ दशमलव ९१ को बिन्दुमा कायम भएको हो । मंगलवार विभिन्न कम्पनीका दुई सय ...
नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगलाई सहुलियत दिएको छ । केन्द्रीय बैंकले आज चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै उत्पादनमूलक उद्योगक...
मुक्तिनाथ विकास बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सस्टेनेबल इनर्जी च्यालेन्ज फन्ड (एसईसीएफ) अन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ । यो सम्झौता बमोजिम बैंकले बैकल्पिक उर्जा क्षेत्रमा लगानी विस्तार गर्न...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव २६ अङ्कले उकालो लागेर एक हजार नौ सय ६९ दशमलब १८ मा पुगेको छ । ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...