×

NMB BANK
NIC ASIA

विदेश पठाईदिन्छु भन्दै करोडौं ठगी गर्ने तीन जना पक्राउ

बैशाख २९, २०८०

NTC
Sarbottam
फाइल तस्बिर
Premier Steels
Marvel

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाई दिने भन्दै करोडौँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

प्रहरीका अनुसार सिङ्गापुर पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा झापा बाह्रदशी गाउँपालिका-६ घर भई काठमाडौं-१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौलालाई बुधवार राति पक्राउ गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निरौला समेतले १२ जनालाई वैदेशिक रोजगारीको लागि सिङ्गापुरको होटलमा काम लगाइदिन्छु भन्दै ९५ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि प्रहरीले पक्राउ गरेको हो ।


Advertisment
Nabil box
Kumari

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले उनलाई काठमाडौं सिनांगलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

Vianet communication
Laxmi Bank

त्यस्तै वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेको धुलिखेल-९ घर भई काठमाडौं-३२ जडिबुटी बस्ने ४६ वर्षीय अन्जन सिग्देललाई प्रहरीले बिहीवार पक्राउ गरेको छ । उनलाई पनि वैदेशिक रोजगारका लागि माल्दिभ्स पठाईदिन्छु भन्दै प्रलोभनमा पारी ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन विभागबाट पत्राचार भएपछि पक्राउ गरिएको हो । 

उनले ठगी गरेको रकमबारे केही खुलाइएको छैन ।

यस्तै वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रसुवाको कालिका गाउँपालिका-८ घर भई हाल काठमाडौं-३ बसुन्धारा बस्ने ३८ वर्षीय होम बहादुर तामाङलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ । उनलाई पनि पक्राउगरी कार्यालयमा उपस्थित गराउन विभागले पत्राचार गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले पनि ठगी गरेको रकमबारे प्रहरीले केही खुलाएको छैन ।

उनीहरू तीनै जनालाई पक्राउगरी वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x