जेठ १९, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेका अनुसार शुक्रवार सबै अभियुक्तको बयान सकिएको हो। जिल्ला अदालत काठमा...
बैशाख २९, २०८०
मोरङको पथरी शनिश्चरेका खेम (नाम परिवर्तन) ऐलानी जग्गामा सामान्य घर बनाएर बसेका छन् । उनको ७ जनाको परिवार छ ।
दैनिक ज्याला मजदुरी र घरमा पालिएका बाख्रा/कुखुरा उनले बिहान बेलुका हातमुख जोर्ने कमाइका स्रोत हुन् । कोभिड– १९ का कारण लकडाउन हुनुभन्दा अगाडिसम्म उनी फर्निचर सामग्री पनि बनाउँथे ।
लकडाउनले व्यवसाय बन्द भएपछि खेम समस्यामा परेका थिए । त्यसैबेला उनले पहिलेदेखि नै नजिकबाट चिनेका सागर राईले अमेरिका जान सल्लाह दिए ।
तत्कालीन अवस्थामा पथरी शनिश्चरे नगरपालिका– १० का वडाध्यक्ष समेत रहेका राई तिनै पात्र हुन्, जो नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा छन् ।
अमेरिका जान मिल्ने भए जाऊँ न त भन्ने मनस्थिति बनाएका खेमलाई सागरले शुरूमा १० लाख दिनुपर्ने बताए । २ लाख रुपैयाँ साथीभाइसँग मागेका खेमलाई थप ८ लाख जुटाउन मुस्किल पर्यो ।
‘सागरले २ लाख तुरुन्तै ठीक पार्नुस् भनेपछि साथीभाइसँग मागेर दिइहालें । ८ लाख रुपैयाँ जोहो गर्न ससुरालीको जग्गा धितोमा राख्नुपर्यो,’ उनले भने, ‘न अमेरिका जान पाइयो, न त्यो जग्गा उकास्न सकेको छु ।’
आँखामा आँसु टिलपिल पार्दै उनले थपे, ‘ऋणको ब्याज तिर्न नै आफूसँग भएको १० धुर जग्गा बेच्नुपर्यो । यही आँसुको सहारामा दिन बिताइरहेको छु ।’
उनका ८७ वर्षीय बुवा र ७६ वर्षकी आमाको पनि आँखा नओभाएको लामो समय भइसकेको छ ।
खेमकी श्रीमतीले छोराछोरीको स्कूल फी समेत तिर्न नसकेको गुनासो गरिन् ।
तनावका कारण आफू माइग्रेनको रोगी भएर औषधि खानुपरेको उनको गुनासो छ ।
‘दुःख सहन नसकेपछि खाडी भए पनि जान्छु भनेर लागेको थिएँ,’ उनले भनिन्, ‘तर, मेरो स्वास्थ्य समस्यालाई देखाएर म्यानपावर कम्पनीले पठाउन मानेन ।’
पक्राउ पर्नुअघि उनीहरू सागरलाई भेटेर पटक–पटक रोएका रहेछन् । सागरले मिति उल्लेख नगरी बैंकको चेक पनि दिएका छन्, तर खातामा पैसा छैन ।
‘हामीलाई भेट्दा उसले तपाईंहरूको पैसा डुबाउँदिनँ भन्ने गरेको थियो, अहिले त पक्राउ पर्यो,’ खेमकी पत्नीले सुनाइन् ।
सागर पक्राउ परेपछि उनीमार्फत ठगिएकाहरूको डेढ करोड रुपैयाँसम्म तिरिन्दिछौं भनेर सागरका बुवाले भनेको हल्ला उनीहरूले सुनेका छन् ।
त्यो कुराले थोरै आशा भने पलाएको छ । सागरका बुवाआमा अमेरिकामा बस्छन् ।
****
सागरलाई पैसा बुझाएर ठगिनेमध्ये अर्का व्यक्ति हुन्, नवीन (नाम परिवर्तन) ।
अमेरिका जाने सबै प्रक्रिया पूरा भइसक्यो भनेपछि जग्गा बन्दकी राखी ३६ प्रतिशत ब्याजमा ऋण लिएर बुझाएको उनले बताए ।
सागर नजिकको साथी भएकाले पनि ऋण लिएर पैसा बुझाउने हिम्मत गरेको उनको भनाइ छ ।
‘पहिला २ लाखले हुन्छ भनेपछि साथीभाइसँग मागें । अमेरिका जाने भएपछि तिरिहाल्छ भनेर सहजै पैसा दिए । सागरले तीन महिनामै अमेरिका पुगिन्छ भनेको थियो । तीन महिना नपुग्दै ८ लाख ठीक पारिहाल्नुस्, अब जाने बेला भयो भनेर ताकेता गर्यो,’ नवीन भन्छन् ।
त्यतिबेला लिएको १० लाखको सावाँ र ब्याज गरी अहिलेसम्म १४ लाख तिरिसकेको उनको भनाइ छ ।
उनीसहित पीडितहरू कानूनी झमेलामा फसिने डरले पहिचान खुलाउन तयार छैनन् । शरणार्थी बन्न खोज्नेहरूलाई पनि कारवाही हुनुपर्छ भनेको सुन्दा मनमा चिसो पसिरहेको छ ।
पैसा संकलनपछि अस्वाभाविक जीवनशैली
सागर पहिलेदेखि नै स्थानीय युवाबीच लोकप्रिय थिए । सोही कारण केशव दुलाल (सुजाता कोइरालाका स्वकीय सचिव)ले कांग्रेस प्रवेश गराएर वडाध्यक्षको टिकट दिलाएका थिए ।
कांग्रेसमा लामो समयदेखि क्रियाशील रहे पनि केशवको भने खासै प्रभाव थिएन । उनी क्षेत्रीय सभापतिको उम्मेदवार बन्दा जम्मा १६ मत प्राप्त गरेका थिए ।
सोही अधिवेशनका बेला नेताहरूलाई प्रभावित पार्न केशवले विराटनगरकै एक होटलमा ककटेल पार्टी दिएका थिए ।
उक्त पार्टीमा उठेको १ लाख ५० हजार रुपैयाँको बिल केशवले भुक्तानी गरेपछि कांग्रेसका नेताहरू अचम्ममा परेका थिए ।
‘सामान्य परिवारको र त्यसअघि त्यत्तिको खर्च गर्न सक्ने हैसियत नभएको केशवले उक्त बिल भुक्तानी गरेको सुन्दा नै हाम्रो मनमा चिसो पसेको थियो,’ कांग्रेस नेताहरूसँग राम्रै चिनजान रहेका खेम (पीडित) ले लोकान्तरसँग भने ।
केशव पनि अमेरिका लैजाने धन्दामा संलग्न छन् भन्ने उनलाई थाहा थियो, तर सागरले अरू कसैसँग कुरा नगर्नु भनेकाले यसबारे कुराकानी गरेका थिएनन् ।
आफूहरूले पैसा बुझाएको केही दिनमा सागरले गाडी किनेको पनि उनी बताउँछन् ।
‘सागरले नयाँ गाडी किनेर धुपबत्ती बाल्दैछ भन्ने सुनेदेखि नै हो म बिरामी पर्न थालेको,’ खेमकी पत्नीले लोकान्तरसँग भनिन् ।
यी दुई त प्रतिनिधि पात्र मात्र हुन् । अमेरिका जाने प्रलोभनमा पैसा बुझाउने धेरैको यस्तै बिचल्ली भएको छ । न म पीडित हुँ भनेर भन्न सकेका छन्, न त लागेको ऋण तिर्न नै ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेका अनुसार शुक्रवार सबै अभियुक्तको बयान सकिएको हो। जिल्ला अदालत काठमा...
नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षक (एसपी) र तीन डीएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरी अंग रक्षक गण नक्सालमा कार्यरत एसपी काजीकुमार आचार्यलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी स...
धनकुटामा जङ्गली च्याउ खाएर एक महिला र उनका सात वर्षीय छोराको उपचारका क्रममा मृत्यु भएको छ । सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरागरी बस्ने २८ वर्षीया मुना राई र उनका छो...
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका इन्द्रजित राईले आफूले कसैलाई पैसा दिन नभनेको बयान दिएका छन् । काठमाडौं जिल्ला अदालतमा भएको बयानमा सानु भण्डारीसँग पैसाको बारेमा आफ्नो कुनै पनि कुरा नभएको दाबी ...
जेठ १६ गते अपराह्न ०४ः२५ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका खण्डमा बस र कार ठोक्किँदा दुई जनाको मृत्यु भयो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार र विपरीत दि...
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संगठनलाई प्रभावकारी बनाउनका लागि आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् । इन्टरपोलको १००औं वार्षिकोत्सवको अवसरमा शुक्रवार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएक...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...