×

NMB BANK
NIC ASIA

टोपबहादुरको खोजी : प्रहरीको विशेष टोली भारततर्फ प्रस्थान

बैशाख २९, २०८०

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दाको अनुसन्धानका क्रममा प्रहरीले १२ जनालाई पक्राउ परेर अनुसन्धान गरिरहेको छ । 

Muktinath Bank

पक्राउ पर्नेमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजीत राई लगायत छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्य हाई–प्रोफाइलको नाम समेत मुछिए पनि प्रहरीले प्रमाणबाट पुष्टि भएकाहरूलाई मात्र पक्राउ गरिरहेको छ । पक्राउ नपरेकाहरू पनि अनुसन्धानको दायरामा छन् ।


Advertisment
Nabil box
Kumari

पक्राउ पुर्जी जारी भइसके पनि पूर्वमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छैनन् । उनका छोरा सन्दीप रायमाझीलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

Vianet communication
Laxmi Bank

अर्घाखाँचीको महेन्द्र विद्योदय माध्यमिक विद्यालयको हिरक जयन्तीमा सभामुखसँगै देखिएका टोपबहादुर भैरहवा झरेपछि सम्पर्कविहीन भएका हुन् ।

भैरहवाबाट काठमाडौं आउँदै गरेको सूचना आएपछि प्रहरी ढुक्क भएर बसेको थियो । तर, उनी काठमाडौं आएको पुष्टि हुन सकेन ।

‘हामीले खोजी गरिरहेका छौं, उहाँ (टोपबहादुर रायमाझी)को फोन १९ बेलुकादेखि नै अफ छ,’ काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले लोकान्तरसँग भनेका थिए ।

टोपबहादुर भारततर्फ भागेको हुन सक्ने आशंका पनि यसबीचमा भइरहेको छ ।

‘भैरहवालगायतका ठाउँहरूमा हामीले खोजी गरिसकेका छौं, तर उहाँ (टोपबहादुर) भेटिनुभएको छैन,’ एक प्रहरी अधिकृतले भने, ‘उहाँ भारततर्फ गएको हुन सक्ने आशंका समेत छ ।’

भारत छिर्ने रुपन्देही, कपिलवस्तु, दाङलगायतका नाकाहरूमा प्रहरीले सर्च गरिसकेको छ । सीसीटीभी फूटेज अनुसन्धान गर्दा पनि कुनै सुराक मिल्न सकेको छैन ।

उनी भारततर्फ गएको हुनसक्ने आशंकामा दुई अधिकृतसहित सादा पोशाकका प्रहरीहरूको एक टोली भारतर्फ गएको छ । औपचारिक रूपमा भारतमा गएर पक्राउ गर्न मिल्दैन ।

‘औपचारिक रूपमा त्यता गएर पक्राउ गर्न मिल्दैन,’ उच्च प्रहरी स्रोतले भन्यो, ‘भारतीय प्रहरीसँग समन्वय गरेर खोजीका लागि उक्त टोली बिहान ८ बजे दिल्ली प्रस्थान गरेको हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x