फागुन ८, २०८०
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
मोफसलको संगीत यात्रामा एकछत्र राज गरेका छन् भन्दा फरक पर्दैन बुटवलका सुरेश सेन्चुरीलाई । पछिल्लो दशकमा बुटवल शहर साढे ३ दशकदेखि संगीत साधना यात्रामा लागेका सुरेशमय छ ।
अहिले सुरेशको एकेडेमीमा गीत/संगीतबाट करिअर बनाउन चाहने युवा पुस्ताको लर्को लाग्छ । बुटवलबाटै सांगीतिक भविष्य खोज्न चाहनेहरू सुरेशद्वारा सञ्चालित बागेश्वरी संगीतालयमा नपुग्ने सायदै होलान् । एक हिसाबले अहिले मोफसलमा सुरेश संगीतकारका ‘बादशाह’ मानिन्छन् ।
लुम्बिनी प्रदेशमा बागेश्वरी संगीतालय गौरव र प्रतिष्ठा बनेको छ । संगीतालयलाई माध्यम बनाएर सुरेशले गरेको कला कर्मले समाजमा बेग्लै छाप समेत छाड्न सफल छ ।
शास्त्रीय संगीत, नृत्य सिकाइ, सुर, ताल र संगीतको औपचारिक शिक्षामा सुरेश छाएका छन् । सफल एरेन्जर पनि हुन् सुरेश । उनैकी विद्यार्थी हुन् रूपन्देहीको कञ्चन (रूद्रपुर) की टेरिया फौजा मगर ।
टेरियाले भारतको डीआई लिटिल मास्टर उपाधि जितिन् । टेरियाले १६ लाख भारतीय रुपैयाँ र कार सहितको उपाधि जित्दा सुरेशको मेहनतलाई धेरैले खुलेर प्रशंसा गरेका थिए ।
लोकदोहोरीका लोकप्रिय गायक पुश्कल शर्मा पनि सुरेशकै चेला हुन् । संगीत सर्जक सुरेशसँगै गीत सिकेकी सुजाता पाण्डे पनि नेपाल आइडलको उपाधि नजिक पुगेकी थिइन् । दुवै हात गुमाएकी कलाकार रुपा रौतार सुरेशकै उत्पादन हुन् ।
सुरेशकै विद्यार्थीहरू अफतर अली, अर्जुन कौशल, चिरञ्जीवी भण्डारी, मञ्जु पौडेल लगायत दर्जनौं गायक–गायिका अहिले यही क्षेत्रमा नाम र दाम कमाइरहेका छन् ।
बागेश्वरी संगीतालयबाट प्रशिक्षण लिएका धेरैमध्ये १५० भन्दा बढी व्यावसायिक रूपमा कलाकारिता क्षेत्रमा लागेका सुरेश बताउँछन् । बुटवलमा ३ दर्जनभन्दा बढी संगीत सिक्ने केन्द्र चलाउनेहरू सुरेशकै उत्पादन हुन् । सञ्जीवनीले गाएको सबैको नजरमा दोषी बनायौ, कुमार सानु र सञ्जीवनीले गाएको बाँधी राखन मायाले, साधना सरगमले गाएको कहाँ राखुँ कता छेकँु गीतमा सुरेशले संगीत भरेका हुन् । आनन्द कार्की र प्रिया थापाले गाएको झस्केर ब्यूँझन्छु, मलाई हराउन भन्थ्यौं, सालको पात बजाउँदै, के पिएछु हिजो मैले लगायत सयौ गीतका संगीत पनि सुरेशका नै हुन् । पागल भएछु म, तिनाउ खोला बटौलीको छेउ, पलपल सपनीमा, तिमी मेरो जीवनको खुशी लगायत केही गीतमा सुरेशले आवाज समेत दिएका छन् ।
संगीतबाट नाम र सम्मान दुवै कमाएका सुरेशले पछिल्लो समय नाटक प्रदर्शन पनि गरिरहेका छन् । बागेश्वरले नाटक प्रदर्शनका लागि ठूलो थिएटर निर्माण गरेको छ ।
‘संगीतले मानिसको आत्मालाई छुन्छ,’ सुरेश भन्छन्, ‘मेरो नशानशामा संगीत बगेको छ । यहीँ क्षेत्रमा लाग्न र बाँच्न पनि सिकायो ।’ केन्द्रले मोफसलले लिएको उचाइलाई कहिल्यै चासो नदिने गरेको सुरेशको गुनासो छ ।
पछिल्लो समय संख्यात्मक हिसाबले गीत–संगीत यात्रामा बाढी नै आए पनि दर्शक र श्रोताको रोजाइँमा पर्ने गीत–संगीत कम आउने गरेको सुरेशको बुझाइ छ । सुरेश सगीतले समाजलाई जोड्नुपर्ने बताउँछन् । ३० वर्ष अगाडि सुनचाँदी व्यवसायमा जमेका सुरेशले त्यसबाट चटक्कै हात झिकेर बागेश्वरी संगीतालय खोलेका थिए । जुन अहिले बुटवलको प्रतिष्ठित संगीतालय बनेको हो ।
‘दाइ किशोर सेन्चुरीसँग व्यवसायमा लागेको थिएँ,’ सुरेश भन्छन्, ‘व्यवसाय माथि उक्लिँदै थियो, व्यवसायको सफलताले छुन सकेन । त्यसबाट बाहिर निस्केर बागेश्वरी खोलेको हुँ । संगीत सपना मेहेनतकै बलमा पूरा गरेजस्तो लागेको छ ।’
संगीत क्षेत्रमा लाग्छु भन्ने सुरेशको कुनै लक्ष्य थिएन तर गायन र वाद्यवादनमा उनको रुचि सानैदेखि थियो । उनले गोरखपुर गएर संगीत सिकेर आएको भनेपछि सबै साथीले गीत गाउन हौसला दिए । कोही गितार सिक्न आउँथे, कोही मादल बजाउन र तबला सिक्न आउँदा व्यवसायबाट फुर्सद निकालेर उनी सांगीतिक कार्यक्रममा व्यस्त हुन थाले ।
शुरूमा ६–७ जनाबाट संगीत सिकाउन थालेका सुरेशको संगीतालयमा अहिले ३०० भन्दा बढी विद्यार्थी छन् । संगीतालयमा गितार, हार्मोनियम, तबला, बाँसुरी र मादल बजाउन सिकाइन्छ । गायन र नृत्य पनि यहाँ सिक्नेको उत्तिकै चाप छ । एक्लैबाट संगीत सिकाउन शुरू गरेका उनीसँग अहिले गायन, नृत्य र गितार, हार्मोनियम, बाँसुरीमा गरी दर्जन प्रशिक्षकको टीम छ । भारतको गोरखपुरबाट संगीतमा डिप्लोमा गरेका उनले स्नातकोत्तर (संगीत प्रविण) गर्दैछन् ।
भविष्यको खोजीमा काठमाडौं जान खोज्नेका लागि मोफसलमै सबै अवसर खुला रहेको सुरेश बताउँछन् । मोफसलबासीको मायाले आफूले यहाँसम्म आएको उनको भनाइ छ । ‘संगीत भनेको साधना हो, यसमा निरन्तर लाग्नुपर्छ,’ सुरेश भन्छन्, ‘आफूलाई जे कुरामा आनन्द आउँछ, त्यो गर्नुपर्छ । म संगीतमा सन्तुष्टि पाउँछु । मेरा लागि संगीत ‘सरस्वती’ हो ।’
‘संगीत सिकेको व्यक्ति अनुशासित र धैयवान बन्छ । कलाकार नै नबने पनि जुनसुकै काम गर्दा पनि आनन्द दिन्छ,’ उमेरले ५ दशक पार गरेका सुरेश थप्छन्, ‘संगीतले आनन्द र आध्यामिक पनि बन्न सघाउ पुर्याउँछ ।’
सुरेशले लोकदोहोरी गीतमा पनि प्रवेश गर्न थालेका छन् । आफ्नो पहिलो लोकदोहोरी गीत डाँडैमाथि घामको किरणमा उनले स्वर दिएका छन् । गीत छिट्टै बजारमा आउँदैछ ।
संगीत क्षेत्रमा लाग्ने समयमा गायन, नृत्य र संगीत सिक्नेहरू अभिभावकलाई ढाँटेर आउने गरेका सुरेशले बताए । खाजाका लागि पाएको पैसाबाट विद्यार्थीले संगीत सिक्ने भएकाले सामान्य शुल्क तिर्थे । अहिले भने परिवेशमा आमूल परिवर्तन आएको छ । आफ्ना सन्तानको रुचिअनुसार संगीत सिकाउन अभिभावक नै हात समाएर लिएर आएको देख्दा सुरेशलाई खुशी लाग्छ ।
‘समाजको बदलिँदो सोंचसँगै आफूलाई पनि बदल्दै अघि बढ्न आवश्यक छ,’ सुरेश भन्छन् ।
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...