×

NMB BANK
NIC ASIA

चर्चा प्रतिस्पर्धीको

खाँण पक्राउपछि चर्चा प्रतिस्पर्धीको : नबोली चुनाव जितेका बोहोरा अझै किन छन् चुपचाप ?

बैशाख ३१, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा सांसद दीपक बोहोरा अहिले गुमनामजस्तै छन् । गत मंसिरमा सम्पन्न आम निर्वाचन–२०७९ मा रूपन्देही–३ बाट 'चुपचाप' तत्कालीन बहालवाला गृहमन्त्री बालकृष्ण खाँणलाई हराएका ७३ वर्षीय बोहरा चुनावछि भने नबोली गुमनाम बनेका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

उनी किन गुमनाम बने ? जान्नुअघि गत चुनावमै फर्कौं। गत चुनावमा बोहराले हराएका खाँण तत्कालीन बहालवाला गृहमन्त्री मात्रै थिएनन् नेपाली कांग्रेसका प्रभावशाली नेता पनि थिए/हुन् । खाँण एक्लै चुनावमा होमिएका थिएनन् । उनलाई कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत दलको समेत साथ थियो । उनी तत्कालीन सत्ता गठबन्धनका साझा उम्मेदवार थिए । तर, सत्ता, शक्ति र गठबन्धनको केही चलेन । नेकपा (एमाले)समेतको साथ पाएका बोहराले एक शब्द नबोली बहालवाला गृहमन्त्रीलाई पराजयको स्वाद चखाए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बोहोराले दुई हजार ६८१ मतान्तरले नेता खाँणलाई हराएका थिए । बोहोराले ३६ हजार ७१७ मत ल्याउँदा खाँणले ३४ हजार ३६ मत मात्र ल्याउन सकेका थिए ।


Advertisment
Nabil box
Kumari

बोहोरासँग पराजित कांग्रेस नेता खाँण अहिले प्रहरी हिरासतमा छन् । उनी र पत्नी तथा प्रतिनिधिसभा सदस्य मन्जु खाँणमाथि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह संलग्न भएको आरोप छ । मन्जु भने प्रहरी सम्पर्कबाहिर छिन् । 

Vianet communication
Laxmi Bank

बोहोरा चुनावको बेला दैनिक दर्जनौं कार्यक्रममा सहभागी हुन्थे । तर, बोल्न सक्थेनन् । सेतो पाइजामामा मञ्चमा बसेर मात्रै उनले कांग्रेसको बलियो आधार क्षेत्रमा खाँणलाई हराए ।

हरेक चुनावी सभामा उनी मञ्चमा बस्थे, पार्टीको तर्फबाट पूर्वगृहमन्त्री तथा राप्रपा नेता निरञ्जन थापाले भाषण गरिदिन्थे । त्यस्तै वाककलामा निपूर्ण बोहोराकी नातिनी स्वाती थापाले भाषण गर्थिन् ।

बहालवाला गृहमन्त्रीलाई हराएपछि उनको चर्चा चुलिएको थियो । अहिले फेरि उनका प्रतिस्पर्धी खाँण पक्राउ परेपछि उनको खोजी हुन थालेको छ । तर बोहरा अझै चुपचाप छन् ।

‘पोष्ट कोभिड’का कारण बोहराको घाँटीमा समस्या देखिएको परिवारको दाबी छ ।  उनी कसैसँग पनि फोन र प्रत्यक्ष भेटमा बोल्दैनन् । बोहोराको वास्तविक स्वास्थ्य समस्याबारे परिवारले नबताएको जिल्लाकै अन्य पार्टीका नेताहरूको गुनासो छ । उनी भारतको राजधानी दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराइरहेका छन् ।

एमाले रूपन्देहीका उपसचिव हितराज पन्थीले पार्टीको प्रतिष्ठासँग जोडिएकोले बोहोरालाई चुनाव जिताए पनि अहिले आफूहरूको सम्पर्कमा नरहेको बताए । ‘चुनावको बेला तीन महिनामा आवाज आउँछ भन्थे । चुनाव सकिएको पनि पाँच महिना बढी भयो । अब बोहोराको आवाज आउलाजस्तो मलाई लाग्दैन,’ पन्थीले भने ।

यता राप्रपा रूपन्देहीका अध्यक्ष सागरप्रताप राणा बोहोराको आवाजमा पोष्ट कोभिडले समस्या उब्जाएको बताउँछन् । ‘उहाँ(बोहोरा)मा देखिएको समस्या आजको भोलि निको हुने समस्या रहेछ,’ राणा भन्छन्, ‘मंसिरको चुनाव हुनुभन्दा एक/डेढ महिना अगाडि उहाँलाई कोरोना हुँदा लामो बिरामी पर्नुभएको हो । अहिले उहाँ कहिले दिल्ली कहिले काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा स्पिच थेरापी गराइरहनुभएको छ ।’

बोहोराको घर रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर–६ भैरहवा हो । वैशाख १० गते उनले घरमै नयाँ वर्षको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम राखेर सबैलाई निम्तो दिएका थिए । तर, त्यहाँ पनि  कसैसँग बोल्न सकेनन् । उनी निर्वाचित भए पनि अहिलेसम्म जनताका आवाज राख्न सकेका छैनन् । बोहोराकी नातिनी स्वाती थापा बोहोराको 'स्पिच थेरापी'बाट उपचार भइरहेको बताउँछिन् । ‘उहाँको आवाज बन्द नैं भएको होइन,’ उनले भनिन्, ‘थेरापीले नैं आउटपुट दिने हो । सुधार हुनेमा हामी आशावादी छौं । सदन गइराख्नुभएको छ । स्वास्थ्य अवस्था सामान्य छ ।’

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा. सुदर्शन थापाले पोष्ट कोभिड भएका बिरामीमा आवाज हराउने समस्या कम हुने बताउँछन् । ‘कोभिडले फोक्सोमा असर गरेकाहरूको आवाज हराउने समस्या हुँदैन,’ डा. थापा भन्छन्, ‘दीर्घ रोगीलाई दिमागसम्म असर गर्‍यो भने केही बिरामीमा आवाज हराउने सम्भावना पनि हुन सक्छ । त्यो पनि हजारौमा १/२ जनामा हुन सक्छ ।’ पोष्ट कोभिडले शारीरिक र मानसिक समस्या भने निम्ताउन सक्ने डा. थापाको भनाइ छ ।

पटक–पटक मन्त्री भइसकेका बोहोरा राजनीतिमा भने परिचित व्यक्ति हुन् । पञ्चायतकालमा खरो भाषणगरी उनले जनता उत्तेजित बनाउँथे । पञ्चायतकालदेखि नै सांसद र मन्त्री हुँदै आएका बोहोरालाई जनताले चुपचाप बसे पनि फेरि प्रतिनिधिका रूपमा अनुमोदित गरे । चार दशकदेखि राजनीतिमा क्रियाशील नेता बोहोराको संसदीय यात्रा वि.स.२०३६ सालदेखि शुरू भएको थियो । उनी रूपन्देहीबाट वि.स.२०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यबाट संसद् यात्रा शुरू गरेका थिए ।

त्यसअघि वि.स. २०३८ र २०४० मा पर्यटन राज्यमन्त्री बनेका बोहोरा वि.स. २०५७ मा बैंक अफ काठमाडौंको अध्यक्ष बनेका थिए । बोहोरा वि.स.२०६७ मा वन तथा भू–संरक्षण मन्त्री तथा २०६७ मै राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष बनेका थिए । वि.स. २०७० तत्कालीन रूपन्देही–२ बाट संविधानसभा सदस्य निर्वाचित उनी २०७२ मा श्रम तथा रोजगारमन्त्री, २०७३ सालमा आपूर्तिमन्त्री र वि.स. २०७४ मा स्वास्थ्यमन्त्री बनेका थिए । निवासी बोहोरा २००७ साल चैत १८ गते पाल्पामा जन्मेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x