२७ जेठ २०८३, बुधबार

स्काउटसम्बन्धी कानून समयानुकूल परिमार्जन गर्ने मन्त्री लिम्बूको प्रतिवद्धता

बैशाख ३१, २०८०
स्काउटसम्बन्धी कानून समयानुकूल परिमार्जन गर्ने मन्त्री लिम्बूको प्रतिवद्धता

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले युवाहरूलाई राष्ट्र विकासको मूलधारमा जोड्ने माध्यामको रूपमा स्काउटलाई उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल स्काउटले आइतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री लिम्बूले स्काउटलाई तल्लो तहसम्म लैजान सके युवाहरूलाई अनुशासित र राष्ट्रप्रति जिम्मेवार बनाउन सहज हुने बताएका हुन् । 

उनले ‘एक घरः एक स्काउट’को अवधारणाअनुसार अघि बढ्दा देश र जनताप्रति जवाफदेही युवाहरू उत्पादन गर्न सकिने बताए ।  'नेपाल स्काउटलाई तल्लो तहमा लिएर जान सकियो भने राम्रो हुन्छ । एक घर एक स्काउटको अवधारणा आइसकेकै छ,' उनले भने, 'युवाहरूलाई राष्ट्र विकासको मूल धारमा जोडने माध्यामको रूपमा स्काउटलाई उपयोग गर्न सक्छौं ।’

नेपाल स्काउटको प्रगतिका लागि आफूले सम्बन्धित कानुनहरूलाई समयानुकूल हुनेगरी परिमार्जन गर्ने प्रतिवद्धतासमेत उनले जनाए ।

कार्यक्रममा मन्त्री लिम्बूलाई नेपाल स्काउटको संरक्षकको रूपमा दीक्षितसमेत गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्