२७ जेठ २०८३, बुधबार

‘वेलकम टु हेम्जाकोट’ जेठ २६ गतेबाट प्रदर्शनमा आउने

‘वेलकम टु हेम्जाकोट’ जेठ २६ गतेबाट प्रदर्शनमा आउने

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र यही जेठ २६ गतेबाट प्रदर्शनमा आउने भएको हो । 

निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । 

यसअघि यो चलचित्र २०७९ को तिहारको छेकोमा प्रदर्शनमा ल्याउने तयारी थियो, तर प्राविधिक कारण प्रदर्शन मिति पछाडि सारिएको थियो । 

तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा रहेको चलचित्र सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको हो । चलचित्रमा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सिना, रश्मि भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, स्व.जयनन्द लामा लगायतका कलाकारको अभिनय छ । 

थिएटरका चर्चित गुरु सुवलमणी सापकोटाद्वारा १ महिना वर्कशप प्रशिक्षण गराएर चलचित्रको छायांकन प्रारम्भ गरिएको थियो । 

यो चलचित्र केही समयअघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा उत्कृष्ट नेपाली चलचित्रको अवार्ड जितेको थियो ।

यो चलचित्रमा समावेश आइटम डान्स ‘मायाको रेडियो’, तिहार सम्बन्धित गीत ‘सेलको बासना चलेको’ लगायतका प्रचार सामग्री यसअघि सार्वजनिक भएका छन् ।

पोखरामा रहेको पर्यटकीय स्थल हेम्जाकोटमा खिचिएको चलचित्रको नाम पनि त्यहीबाट राखिएको हो । यसले स्थानीयस्तरको पर्यटन क्षेत्रमा पनि योगदान गर्ने निर्माण पक्षको विश्वास छ । 

मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादनमा तयार चलचित्रका डिओपी दीर्घ गुरुङ हुन् । कविराज गहतराज, गम्भीर विष्टको कोरियोग्राफी, शाश्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको चलचित्रका गीतमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान लगायतका गायक–गायिकाको स्वर सुन्न सकिन्छ । चलचित्रलाई सुनिल मानन्धरले नेपालभरका लागि वितरणको जिम्मा लिएका छन् । 

यस्तै, निर्देशक सरोज पौडेलले भारत, अस्ट्रेलिया, जापान लगायत युरोपका विभिन्न देशमा चलचित्रको विदेश राइट्स समेत बिक्री भइसकेको जानकारी दिएका छन् ।

दर्शकले चलचित्रलाई मन पराउने विश्वास उनले लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्