×

Nic Asia
Prabhu Bank

बुटवलमा प्रथम राष्ट्रिय पार्क सम्मेलन हुँदै

जेठ ३, २०८०

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

बुटवलमा प्रथम राष्ट्रिय पार्क सम्मेलन हुने भएको छ ।

yONNEX
Frooti
Appy

सम्मेलन यही जेठ ६ र ७ गते बुटवलस्थित मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा हुने सम्मेलन आयोजक समितिका संयोजक खेमप्रसाद लुइटेलले जानकारी दिए । पार्कहरूले भोग्नुपरेका कानूनी जटिलता र नीतिगत समस्या पहिचान र समाधानमा साझा पहल गर्न राष्ट्रिय पार्क सम्मेलन आयोजना गरिएको हो ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक लुइटेलले हालसम्म नेपालमा पार्कसम्बन्धी कुनै कानून, नियमावली नहुँदा जुनुसुकै क्षेत्रबाट सञ्चालित पार्कहरूको विकास र संरक्षणमा समस्या देखिएको बताए । यसको नीतिगत तहमा समाधान खोज्न सम्मेलन आयोजना गरिएको उनले जानकारी दिए ।


Advertisment
Lokantar App
Saurya island

राष्ट्रिय पार्क सम्मेलन आयोजक समितिका संयोजकसमेत रहेका लुईटेलले सम्मेलनमा देशभरका करिब १५० पार्कका ३ सय जना प्रतिनिधिहरू सहभागी हुने र पार्कहरूको राष्ट्रिय नेतृत्व चयन गर्ने बताए ।

JYOTI
Vianet communication

देशको समृद्धिमा पर्यटन अभिन्न पाटो भएकाले पर्यटनको आधार स्तम्भ पार्क सञ्चालन गर्दा आइपर्ने समस्यालाई कानूनी र नीतिगतरूपमा सम्बोधनका लागि सम्मेलनले राजयका सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उनको विश्वास छ ।

सम्मेलनमा संविधानविद् काशीराज दाहाल र पत्रकार डिआर घिमिरेले कार्यपत्र पेस गर्ने र त्यसमाथि छलफल हुने अध्यक्ष लुइटेलले बताए ।

शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) का अध्यक्ष बेलप्रसाद शर्माले पर्यटन, वातावरण संरक्षण, मानव स्वास्थ्य र ठाउँको सौन्दर्यताका लागि पार्कहरूको ठूलो भूमिका र योगदान भए  पनि हालसम्म राज्यले कानूनी र नीतिगत रुपमा सम्बोधन नगरेको हुँदा आवश्यक कानून र नीति निर्माणमा सम्मेलनले दबाब दिने बताए ।

धेरैजसो पार्कहरू वन क्षेत्रभित्र सञ्चालनमा रहेकाले बेलाबेलामा वनसँग हुने विवाद र द्वन्द्व अन्त्यका लागि स्पष्ट कानून बनाउन राज्यको ध्यानाकर्षण गराउन सम्मेलनले भूमिका खेल्ने अध्यक्ष शर्माले बताए ।

दुई दिनसम्म चल्ने सम्मेलनमा करिब ३० लाख खर्च हुने आयोजकले जनाएको छ । सम्मेलनले नेपाल पार्क महासंघ गठन गरी बुटवल घोषणापत्र समेत जारी गर्ने सम्मेलनका सदस्य सचिव एवं मणिमकुन्द सेन उद्यानका प्रमुख कार्यकारी अधिकृत अनन्त सिलवालले जानकारी दिए ।

मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फूलबारी) र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को व्यवस्थापन सम्मेलन हुन लागेको हो ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १६, २०८०

नेपाली कांग्रेसकी नेत्री मीना पाण्डेको निधन भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकी पूर्वसदस्य एवं पूर्व महिला, बालबालिका तथा समाज कल्याणराज्यमन्त्री पाण्डेको मंगलवार काठमाडौंको गौशालास्थित निजी निवासमा...

जेठ १६, २०८०

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सेवाको गुणस्तर अभिवृद्धिमा कटिवद्ध हुन निर्देशन दिएका छन् । ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू...

जेठ १८, २०८०

बागलुङस्थित बलेवा विमानस्थल कालोपत्रसहित रङरोगन गरेर चिटिक्क परेको एक वर्ष बढी भयो । धावनमार्ग कच्ची हुँदा सञ्चालन हुन नसकेको विमानस्थल कालेपत्र गरिसक्दा पनि विमान कहिले सञ्चालन हुन्छ भन्ने अत्तोपत्तो छैन । विसं २...

जेठ १६, २०८०

एयर इन्डियाको विमानमा चालक दलका सदस्यमाथि दुर्व्यवहारको घटना फेरि बाहिर आएको छ । यात्राका क्रममा एक यात्रुले चालक दलका सदस्यलाई कुटपिट गर्नुका साथै गाली पनि दिए । एयर इन्डियाका प्रवक्ताले यसको आधिकारिक ज...

जेठ १५, २०८०

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेटले मुलुकको अर्थतन्त्रका समस्यालाई देख्न नसकेको प्रतिक्रिया दिएका छन् । सङ्घीय संसद्‌बाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, &l...

जेठ १५, २०८०

नेपाल सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सार्वजन...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

ad
x