बैशाख २७, २०८०
पत्रकार तथा साहित्यकार कमल रिजालको १४औं कृति सार्वजनिक भएको छ । धर्मदर्शन (प्रयोगात्मक) नामक कृति साझा प्रकाशनले प्रकाशित गरेको हो । स्वास्थ्य दर्शन, स्वभाव दर्शन र स्वधर्म दर्शन तीनखण्डमा विभाजित पुस्त...
गत वैशाख ३० गते आम्रपाली ब्याङ्क्वेट भाटभटेनी जाने अवसर जुरेको थियो नइ प्रकाशनको निमन्त्रणामा । कार्यक्रम थियो ‘नइ प्रकाशन कृति र आकृति’ नामक पुस्तक सार्वजनिक तथा त्यसमा आवद्ध लेखकलाई ‘नइ कीर्ति रत्न’ले अलंकृत गर्ने ।
स्वास्थ्यको कारणले खासै बाहिर जाने गरेको छैन, हिजोआज तर आफू समेत अलंकृत हुने निम्तो आएपछि जानै पर्यो । नानी छोरी शारदाको साधन मागेर गएँ । कार्यक्रम समयमै शुरू पनि भयो र समापन पनि । दाजु नरेन्द्रराज प्रसाईं दम्पतीले सञ्चालन गर्ने कार्यक्रम सबै यस्तै हुन्छन् । समयमै शुरू हुन्छन्, समयमै समापन पनि । कार्यक्रम सकियो उपहार स्वरूप प्राप्त पुस्तकको झोला बोकेर निस्कें ।
ढोकामा बसेका रहेछन् एक सज्जन भाइ । उनले पनि करीब २ किलो बजनको पुस्तक रहेको झोला थमाइदिए हातमा । होला कुनै सज्जनले लेखेका पुस्तक भन्ने ठानी बोकेर ल्याएँ घरमा । झोला खोल्दा थाहा भयो पुस्तकका लेखक रहेछन् पूर्व मुख्यसचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्की । भौतिक रूपमा जान–पहिचान नभए पनि नाम प्रशस्तै सुनिएका र लेखिएका व्यक्ति हुन् उनी । कुशल प्रशासक भएकाले होला भ्रष्टाचारीलाई देखिनसहने स्वभाव थियो उनको । उनका भष्टाचार विरोधी कार्यक्रमबाट प्रभावित भएर गोरखापत्रको सम्पादकीय नेतृत्वमा हुँदा एउटा लेखै लेखेको छु आफैंले । लिखित दस्तावेज हो, गोरखापत्रको पानामा अहिले पनि सुुरक्षित छ त्यो । तथापि कुशल प्रशासक हुनु एउटा कुरा हो, लेखक हुनु अर्को कुरा । प्रशासनमा कुशल हुँदैमा लेखनमा पनि कुशल हुनैपर्छ भन्ने छैन, हुँदैन । सायद यस्तै लागेर होला झोलामै रह्यो पुस्तक केही दिनसम्म ।
एक दिन सोही पुस्तकको झोला हात पर्यो, अर्कै पुस्तक खोज्दै जाँदा । खोलेर हेरें श्रीमद्भगवत गीताको नेपाली भाष्य रहेछ । लेखकीय मन्तव्य पढ्ने बित्तिकै पढौं–पढौं लाग्यो र पहिलो अध्याय पढेर सिध्याएँ पहिलो बसाइमै । यसले यति बढी आकर्षित गरायो कि पूरै पुस्तक नपढी धरै दिएन मनले । त्यसैले अन्य पढाइ र लेखन थाती राखेर भए पनि एक सारो पढेर सिध्याएँ यथा समयमै । त्यसपछि पो थाहा पाएँ आफूले अहिलेसम्म पढेको गीताको पुस्तकभन्दा अब्बल दर्जाको पो रहेछ त्यो पुस्तक त । हो, ओशोको गीता प्रवचनको छाप राम्रै पाइन्छ यसमा ।
ओशोको प्रवचन सुनेर लेखेको कुरा सगौरव उल्लेख गरेका छन् लेखक स्वयंले । यस्तो अवस्थामा उनको प्रभाव पर्नु अनौठो होइन आफैंमा तर लेखन जस्ताको त्यस्तै आएको छैन । उनको प्रवचनलाई पचाएर लेखिएको छ पुस्तक नितान्त मौलिकपनमा । त्यसैले त नितान्त गहिरो मिठास पाउन सक्छन् पाठक जो कोहीले पनि पढ्दै जाँदा ।
अहिलेसम्म थुप्रै अनुवाद तथा भाष्य भइसकेका छन् गीताको । विश्वमा सर्वाधिक भाषामा अनुवाद हुने पुस्तकमा गीता नै पर्छ भन्ने गर्छन् गीताका पारखीहरू । स्वामी ईश्वरानन्द तथा श्रील प्रभुपादजस्ता थुप्रै विद्वान्हरूबाट अनुवाद र भाष्य भइसकेका छन् नेपालीमै पनि । तथापि यति बढी मीठो र व्यवहार विज्ञानसम्मत भाष्य भने पढ्ने अवसर जुरेको थिएन यसअघि । धेरैले धार्मिक पुस्तक भनेर पूजा गर्ने गरेका र धार्मिक अनुष्ठानमा पाठ गर्ने गरेका पुस्तकको भित्रैसम्म पुगेर त्यसको व्यावहारिक र सामाजिक महत्त्वलाई उधिन्नु आफैंमा लर्तरो काम होइन तर लेखक खरो उत्रेको पाएको छु यसमा ।
लेखकले पुस्तकको कतै भनेका छन् – ‘कृष्णले अर्जुनकै धरातलमा उत्रेर ज्ञान दिएका छन् । वास्तवमा अर्जुन अहिंसावादी होइनन् । हिंसावादी हुन् र हिंसा गरेर नै आएका पनि हुन् । अहिले पनि हिंसाकै रगत सलबलाई रहेको छ उनको रगतमा । महाभारतको युद्धबाट कृष्णले मुक्ति दिएका भए पनि अर्को हिंसा गर्न पुग्थे होलान् । जंगलमै गएर बसेका भए पनि पशुपन्छीको हिंसा गर्थे सायद । उनले युद्ध गर्दिनँ भनेका त आफन्तलाई मार्नुपर्ने भएर मात्र हो । उनलाई आफन्तलाई मार्दा मात्र पाप लाग्छ भन्ने डर छ तर आफन्तबाहेक अरू जो भए पनि मार्छन् र मारेर नै आएका हुन् । यसैका लागि कहिले इन्द्रसमक्ष दिव्यास्त्र माग्न पुगेका छन्, कहिले पाशुतास्त्र माग्न महादेवसमक्ष । उनको यिनै मनोदशा बुझेर नै कृष्णले युद्ध गर्न उक्साएका हुन्, अनेक दृष्टान्त दिएर ।’
यो एउटा सानो उदाहरण हो । वास्तवमा १८ अध्याय गीताको अधिकांश श्लोकमा यस्तै–यस्तै व्याख्या पाउन सकिन्छ पुस्तकमा । स्थान अभावले सबै उल्लेख गर्न सम्भव छैन तर गीताको पारखी पाठक आफैं भने हेक्का राख्न सक्छन् यसमा । यति गहन व्याख्या गरी यति ठूलो पुस्तक लेखेर निःशुल्क वितरण गर्नु चानचुने मन र धनले सम्भव हुँदैन । यस्तो काम त लोकमानसिंह र उनको संस्थाजस्तै उदार मनाहरूबाट मात्र सम्भव हुुने कुरा हो भन्न हिच्किचाउनु पर्दैन भन्ने मान्यता छ मेरो ।
उनी भ्रष्टाचारी होइनन् । भ्रष्टाचार गर्न आएकै होइनन् । जसको पितापूर्खाको पालादेखिकै चाहिँदो सम्पत्ति छ, त्यस्तालाई भष्टाचार गर्नै पर्दैन । जसको जीवनको जग अध्यात्ममा अडेको छ, त्यस्ताले भ्रष्टाचार गर्नै सक्दैन । भ्रष्टाचार गर्ने भनेको त रातारात अर्बपति बन्नुपर्ने हात्ती छापेहरूलाई मात्र हो । उनी त भ्रष्टाचारीलाई तह लगाउन आएका थिए । त्यसैले त १२ भाइमध्येका सर्वाधिक बिक्रीको दावी गर्ने र कर तिर्ने मामिलामा हमेशा पुछारमा रहने केही भाइ र त्यस्तै मर्काका भ्रष्टाचारलाई पक्षपोषण गर्नेहरूले शुरूदेखि नै खेद्न शुरू गरे, उनलाई र निरन्तर खेदी रहे । तथापि उनी भने कुकुर भुकिरहन्छ हात्ती लम्किरहन्छ भने जस्तो खेद्ने खेदिरहे, उनी आफ्नो काममा डटिरहे । जब स्वार्थको ढोका पूरै बन्द हुने छाँटकाँट देखियो, तब एकै मुखले हावाकावा गर्न लागे सबैका सबै । राज्यको सबै लागेपछि एउटाको के लाग्ने भयो र ? देशको भलो चिताइ काम गर्दागर्दैै सत्ताबाट बहिर्गमन हुनुपर्यो एउटा देशभक्त सपुतले । उनीहरूले किन त्यसरी खेदेका रहेछन् भन्ने कुरा बल्ल आएर खुलेको छ भुटानी शरणार्थी प्रकरणमार्फत् ।
देशकै बदनामी हुने गरी खान नपाइने भएपछि पो त्यसरी एकोहोरिएका रहेछन् भन्ने सायद सबैले बुझिसकेको हुनुपर्छ अहिले आएर ।
भनिन्छ भगवान्ले एउटा ढोका बन्द गर्दा अर्को ढोका खुला गरिसकेका हुन्छन् । लोकमानसिंह कार्कीलाई पनि यस्तै भएको छ । सबै मिलेर उनलाई खेदे । खेदे र त वास्तविक ढोका पत्ता लगाए र भित्र पसेर लोकगीता जस्तो कालजयी कृति समाजलाई दिन सफल भए नि !
सत्ताकै वरिपरि बसेका भए मन्त्री हुन्थे, प्रधानमन्त्रीसम्म हुन्थे होलान् सायद । मुख्य सचिवलगायत संवैधानिक अंगको प्रमुख त भइसकेकै थिए । अब बाँकी थियो त त्यही मन्त्री वा प्रधानमन्त्री । कदाचित त्यहाँ पुगेका भए पनि सजिलै काम गर्न दिने थिएनन् पक्कै पनि । उनी खाने ढोका टाल्न चाहन्थे, अरूलाई मन पर्दैनथ्यो । अनि त्यही हुन्थ्यो, जुन अहिले भएको थियो । त्योभन्दा त कति हो कति ठूलो स्थान भेट्टाउन सफल भएका छन् उनी यता लागेर ।
एउटा निकै रोचक प्रसंग उठाएका छन् व्यासजीले भागवतमा । भगवान् कृष्णले आफैंलाई बाँण हान्ने व्याधालाई पनि आशीर्वाद दिएर पठाएका थिए रे ! उनकै सन्देशबाट प्रभावित भएकाले हुनुपर्छ आफूलाई खेद्नेहरू सबैलाई विनम्रतापूर्व धन्यवाद दिएका छन् लोकमानसिंहले पनि । यही हो सज्जनको विशेषता । अनि यही हो अध्यात्मको चमत्कार । अध्यात्मवादीहरू जस्तोसुकै विपत्तिमा पनि हडबडाउँदैनन् र लागिरहेका हुन्छन् कुनै न कुनै काममा । अन्ततः यस्तै लगनशीलताले नै गन्तव्यमा पुर्याउँछ उनीहरूलाई । लोकमानसिंहलाई पनि यस्तै भए जस्तो लाग्छ यस मामिलामा । लेखकको मन निरन्तर यस्तै काममा लागिरहोस् र सफलता पनि मिलिरहोस् । अस्तु अहिलेलाई यति नै ।
पत्रकार तथा साहित्यकार कमल रिजालको १४औं कृति सार्वजनिक भएको छ । धर्मदर्शन (प्रयोगात्मक) नामक कृति साझा प्रकाशनले प्रकाशित गरेको हो । स्वास्थ्य दर्शन, स्वभाव दर्शन र स्वधर्म दर्शन तीनखण्डमा विभाजित पुस्त...
सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका–२ का श्यामप्रसास श्रेष्ठ (वझान्थाक्षे) र उनका परिवारजनले स्थानीय राधाकृष्ण मन्दिरमा पुस्तकालय ...
सत्यम् शिवम् सुन्दरम्काे नेपाली अनुवाद प्रकाशमा आएको छ । हालै एक समारोहबीच सार्वजनिक भएको प्रस्तुत पुस्तक ४ खण्डमा विभाजित छ । एन कस्तुरीद्वारा अंग्रेजीमा लेखिएको पुस्तकलाई पूर्व सचिव तथा वरिष्ठ...
कुशल हास्य–व्यङ्ग्यशिल्पी भैरव अर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण गरिएको छ । लेखक प्रोल्लास सिन्धुलीयद्वारा लिखित भग्न भैरव काठमाडौंस्थित बत्तिसपुतलिको शिल्पी थिएटरमा लोकार्पण गरि...
काठमाडौंमा कामको चापले मानसिक शान्तिमा असर पर्न थालेपछि मैले बाहिर कतै घुम्न जाने निर्णय लिएको थिएँ । अहिले मुस्ताङ (मुक्तिनाथ) जाने सीजन चलिरहेकाले जस्ता किसिमका पनि ‘टुर प्याकेज’ हरू पाइने...
वरिष्ठ समालोचक गोपी मैनालीको ‘रमेश विकल : समालोचनात्मक अन्वेषण’ र वरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीको ‘हास्यव्यङ्ग्य महारथी भैरव अर्याल’ कृतिहरू विमोचन गरिएको छ । १६ औँ गणतन्त्र द...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...