×

NMB BANK
NIC ASIA

कसले भर्ला लगानीकर्ता डुबाउने नेपाल रिपब्लिक मिडियाको आईपीओ

लगातार ६ वर्षसम्म नोक्सानमा जाने विवरण पत्र सार्वजनिक

जेठ ७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल रिपब्लिक मिडियाले प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

हाल विदेशमा रहेका नेपालीका लागि न्यूनतम १० देखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन सकिनेगरी ३१ जेठबाट कम्पनीले आईपीओ जारी गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नागरिक दैनिक र रिपब्लिका प्रकाशन गर्दै आएको लिमिटेडले आईपीओ जारी गर्दा सार्वजनिक गरेको विवरण पत्रमै लगातार ६ वर्ष नोक्सानमा रहिरहने चित्र देखाइएको छ । कम्पनीको तथ्यांकअनुसार लगानी डुबाउने निश्चित छ ।


Advertisment
Nabil box
Kumari

पछिल्लो तीन वर्षमा ४१ करोडबाट ४६ करोड हुँदै ५१ करोड रूपैयाँ घाटामा गएको कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमै ४७ करोड रूपैयाँ घाटामा देखिएको छ । यो वर्ष विगतका वर्षभन्दा बढी घाटा हुने रिपब्लिक मिडियाको आगामी तीन वर्षसम्म पनि लगातार घाटामै रहने तथ्यांक सार्वजनिक गरेर आईपीओ सार्वजनिक गरिएको छ ।

Vianet communication
Laxmi Bank

विदेशमा रहेका नेपालीलाई १४ जेठसम्म आईपीओ भर्न समय दिएको यो संस्थाले त्यसपछि सर्वसाधारणबाट आवेदन माग गर्ने छ । 

कम्पनीको  प्रतिशेयर आम्दानी गत वर्षसम्म १० रूपैयाँ नकारात्मक थियो भने चालू आवको चैतसम्ममा ७ रूपैयाँ २२ पैसा देखाएको छ । तर, यही आर्थिक वर्षमा भने यस्को प्रतिशेयर आम्दानी जम्मा १ रूपैयाँ २२ पैसा मात्रै हुने विवरणपत्रमा उल्लेख छ । यस्तो आम्दानी ३ वर्षपछि ९ रूपैयाँ ६६ पैसा पुग्ने कम्पनीको दाबी छ । 

कम्पनीको वित्तीय अवस्थामात्रै नभएर रेटिङमा पनि कमजोर छ । कम्पनीको वित्तीय दायित्व बहन गर्न सक्ने क्षमता उच्च जोखिम रहेको यसले पाएको रेटिङमा देखिन्छ ।

वित्तीय अवस्था कमजोर भएको यो कम्पनीले सर्वसाधारणबाट ४३ करोड ५३ लाख रूपैयाँ संकलन गर्ने र त्यो रकम ऋण तिर्न प्रयोग गर्ने बताएको छ । यसले सर्वसाधारणबाट उठाएको रकमध्ये ३० करोड रूपैयाँ ऋण तिर्न प्रयोग गर्ने र बाँकी साढे १३ करोड अनुत्पादक क्षेत्रमा लगानी गर्ने स्पष्ट उल्लेख गरेको छ ।

यसले २ करोड रूपैयाँ अत्याधुनिक प्रविधियुक्त मिडिया बनाउने, २ करोड ५० लाख पत्रकारको क्षमता अभिवृद्धिमा खर्च गर्ने, ४ करोड रूपैयाँ छपाई केन्द्र बनाउनेसहितमा खर्च गर्ने भएको छ । 

हाल पत्रकारलाई तलब दिन नसेको भनेर बजारमा नकारात्मक हल्ला भइरहेको यो संस्थाले आईपीओबाट पनि लाभ गर्ने र लगानीकर्तालाई प्रतिफल दिने ग्यारेन्टी गर्न सकेको छैन । यो संस्थाले २ करोड रूपैयाँ त घरजग्गामा नै लगानी गर्ने भनेको छ ।

कम्पनीमा अध्यक्ष विनोदराज ज्ञवालीको ९८.२१ प्रतिशत उनकी श्रीमती शोभा ज्ञवालीको १.७२ प्रतिशत शेयर छ । यी सञ्चालकद्वयले गत आर्थिक वर्षमा १ करोड २३ लाख रूपैयाँ तलबभत्ता मात्रै बुझेका थिए ।

कम्पनीका अध्यक्ष विनोदराज, कार्यकारी सञ्चालकसमेत रहेकी श्रीमती शोभा र सीईओसमेत रहेकी छोरी समृद्धि ज्ञवालीले मात्रै वार्षिक डेढ करोड रूपैयाँ बुझेका छन् । लोकतन्त्र आएपछि प्रकाशनमा आएको यो मिडिया हाउसले नाफा कमाउन नसकेपछि सर्वसाधारणलाई डुवाउने गरी आईपीओ निष्कासन गर्दै छ ।

यसको आईपीओका लगानीकर्ताले वर्षौंसम्म लाभ नपाउने निश्चित छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x