×

NMB BANK
Dabur

विवादमा ‘पाटा एड्भेन्चर मार्ट’

पर्यटन बोर्डको खर्चमा पाटाको सम्मेलन, कानूनविपरीत डलर असुली, कर छलीको प्रयास !

जेठ ८, २०८०

NTC
Sarbottam
Premier Steels

नेपाल पर्यटन बोर्ड समेतको सहकार्यमा आगामी साता (१६–१९ जेठ) पोखरामा हुने ‘पाटा एनुअल समिट तथा एड्भेन्चर मार्ट’ विवादमा तानिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

ट्राभल व्यवसायीको अन्तर्राष्ट्रिय छाता संस्था प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले बोर्डसँगको सहकार्यमा नेपालमा गर्ने कार्यक्रमका लागि कानूनविपरीत शुल्क असुली गरिरहेको पाइएको छ । जबकि उसले नेपालस्थित आफ्नै प्रतिनिधिमूलक संस्था पाटा नेपालसँग भने कुनै सहकार्य गरेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्यटन बोर्डले डेढ करोड रुपैयाँ खर्च गर्न लागेको उक्त कार्यक्रमको आयोजक भने पाटा हो । पाटाको कार्यक्रम भए पनि बोर्डले नेपालमा विदेशी पर्यटक आकर्षित हुने र पर्यटन प्रवर्द्धन पनि गर्न सकिने भन्दै खर्च गर्न लागेको छ ।


Advertisment
SBL

बोर्डले गर्न लागेको खर्च

Vianet communication
Laxmi Bank

बोर्डले चालू आव २०७९/८० को बजेटमा अन्तर्राष्ट्रिय स्तरको मेला तथा मार्ट आयोजना गर्न भनेर ५ करोड ८० लाख रुपैयाँ छुट्याएको थियो । त्यसैबाट डेढ करोड रुपैयाँ पाटा मार्टमा खर्च गर्न लागिएको हो ।

बोर्डले पर्यटन सम्बद्ध छाता संस्थाहरू, पर्यटन व्यवसायीहरू तथा स्थानीय तहसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन गर्न बिजनेस मार्टसहितका कार्यक्रमका लागि यो रकम बजेटमा व्यवस्था गरेको थियो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मी र पाटा नेपालका पूर्व अध्यक्ष तथा पाटाका सचिव सुमन पाण्डेको अग्रसरतामा उक्त मार्ट हुँदैछ ।

नेपालमा शुल्क उठाएर गरिने कुनै पनि मेला महोत्सवका लागि मूल्य अभिवृद्धि कर ऐन, २०५२ अनुसार आन्तरिक राजस्व कार्यालयबाट अनिवार्य अस्थायी दर्ता अनुमति लिनुपर्ने व्यवस्था छ । तर, पाटाले उक्त अनुमति लिएको छैन । 

मूल्य अभिवृद्धि कर ऐनको दफा १० (क) अनुसार अस्थायीरूपमा हुने प्रदर्शनी, मेला तथा यस्तै कारोबार गर्न मूल्य अभिवृद्धि करमा अनिवार्य रूपमा दर्ता हुनुपर्छ ।

यसरी कार्यक्रमका लागि मात्रै दर्ता भएका करदाताले मेला महोत्सव सकिएको एक साताभित्र कारोवारको विवरण पेश गरेर लाग्ने सम्पूर्ण करसमेत दाखिला गरी अस्थायी दर्ता खारेज गर्नुपर्ने कानूनी व्यवस्था छ ।

कानूनी व्यवस्था

यो व्यवस्थालाई लत्याउँदै पाटाले स्वदेश तथा विदेशबाट डलरमा शुल्क उठाएर कार्यक्रम गर्न लागेको हो । नेपालमा हुने कार्यक्रमका लागि डलरमा शुल्क असुली गर्नु पनि आफैंमा कानूनविपरीत काम हो ।

पाटाले मार्टमा सहभागी हुने प्रदर्शक (पाटाकै सदस्य)लाई १ हजार डलर, नेपाली ट्राभललाई ११ सय डलर र सदस्यबाहेक अन्य प्रदर्शकलाई १५ सय डलर शुल्क तोकेको छ । 

नेपाली व्यवसायीले पनि शुल्क तिरेरै सहभागिता जनाउनुपर्छ ।

नेपाली व्यवसायीले मार्टमा ‘बायर’ (क्रेता) भएर सहभागिता जनाउँदा १८० डलर र कन्फ्रेन्समा मात्रै सहभागी हुँदा १३० डलर तिर्नुपर्ने गरी शुल्क तोकिएको छ ।

पर्यटन बोर्डका अनुसार उक्त मार्टमा सहभागी हुन नेपालका दुई दर्जन जति ट्राभल एजेन्सीले इच्छा देखाएका छन् । उनीहरूसँग शुल्क असुलीसहितका काम पाटाले नै गरिरहेको बोर्डले जनाएको छ ।

नेपाल हुने कुनै पनि मेला तथा महोत्सवबाट आम्दानी हुन्छ भने अनिवार्य रूपमा अस्थायी प्यान तथा भ्याटमा दर्ता गर्नुपर्ने आन्तरिक राजस्व विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेल बताउँछन् ।

ऐनमा भएको व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय संस्था होस् वा नेपाली, सबैले मेला महोत्सव गर्दा अनिवार्य अस्थायी दर्ता गर्नुपर्छ । अहिले पाटाको हकमा पनि जुन ठाउँमा कार्यक्रम गर्ने हो सोही क्षेत्रको आन्तरिक राजस्व कार्यालयबाट अनुमति लिनुपर्छ ।

आन्तरिक राजस्व कार्यालय पोखराका सूचना अधिकारी रमेश शर्मा पनि करयोग्य आम्दानी गर्ने गरी जुनसुकै संस्थाले गर्ने कार्यक्रमका लागि अस्थायी अनुमति लिनुपर्ने बताउँछन् । तर, पाटाले अहिलेसम्म कार्यक्रमको अनुमति नलिएको उनले बताए ।

‘पोखरामा हुने भनिएको पर्यटन मेला आयोजकले नै सबै प्रक्रिया र उचित व्यवस्था मिलाउनुपर्ने हुन्छ । नेपालमा हुने पाटाको कार्यक्रममा नेपाल पर्यटन बोर्ड पनि आयोजक भनिएकाले प्रक्रिया पूरा गर्नु उसको समेत दायित्व हो,’ शर्माले भने ।

अस्थायी दर्ता नगरी कार्यक्रम गरिएमा करयोग्य आयमा दोब्बर शुल्कसहितको जरिवाना र कारवाही हुने उनले बताए ।

कार्यविधिको धज्जी !

पोखरामा हुँदै गरेको पाटा मार्ट पर्यटन बोर्डकै ‘अन्तर्राष्ट्रिय ट्राभल मार्ट सञ्चालन कार्यविधि २०७५’ विपरीत समेत रहेको पाइएको छ ।

बोर्डको उक्त कार्यविधि अनुसार अन्तर्राष्ट्रिय मार्ट गर्दा मूल आयोजक समिति गठन गर्ने र त्यसले स्वीकृत गरेअनुसार मात्र कार्यक्रम गर्नुपर्ने हुन्छ ।

मार्टको आर्थिक कारोबार गर्दा राष्ट्रिय स्तरको वाणिज्य बैंकमा खाता खोलेर मात्रै गर्नुपर्ने व्यवस्था छ । मार्टसम्बन्धी वस्तु तथा सेवा खरिद बोर्डकै आर्थिक तथा खरिद नियामावली अनुसार गर्नुपर्ने पनि कार्यविधिमा उल्लेख छ । 

हेर्नुहोस्, कार्यविधि :

null

null

null

null

null

कार्यविधि अनुसार सञ्चालन भएको अवस्थामा शुल्क उठाए पनि नेपालमै अडिट भएर कर समेत दाखिलाको ‘ग्यारेन्टी’ हुन्छ । तर, यो मार्टमा भने पर्यटन बोर्डले आयोजक पाटा नै हो भनिरहेको छ । पाटाले नै शुल्क उठाएको र सम्बन्धित ट्राभल एजेन्सीले पाटाकै ‘साइट’बाट दर्ता गरेर तोकिएको शुल्क तिर्नुपर्ने व्यवस्था गरेको भन्दै बोर्ड जिम्मेवारीबाट पन्छिन खोज्यो ।

नेपाल पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मी आफूहरूले प्रस्ताव जितेर उक्त कार्यक्रम नेपालमा ल्याएको भन्दै आफ्नो सफलताको रूपमा व्याख्या गर्छन् ।

‘पाटाको यो मार्ट नेपालले प्रस्ताव जितेर ल्याएको हो । यो पाटाको वार्षिक साधारण सभा हैन, वार्षिक समिट मात्रै हो, यसले नेपालकै प्रवर्द्धन गर्छ । नेपालको प्रवर्द्धन हुने भएकाले हामीले खर्च गरेरै नेपालमा ल्याएका हौं ।’

संसारभरीका पर्यटनका विद्वान ल्याएर कार्यक्रम गर्न खोजिएको भन्दै उनले कसैले विरोध गर्दैमा केही फरक नपर्ने जिकिर गरे ।

मार्टबाट हुने आम्दानीको ५० प्रतिशत रकम बोर्डले पाउन सक्ने भन्दै रेग्मीले त्यसका लागि अर्थमन्त्रालयले पहल गर्नुपर्ने बताए ।

त्यस विषयमा अर्थमन्त्रालयलाई जानकारी समेत गराइएको उनको भनाइ छ । जबकि बोर्डले मुनाफाको हिस्सा पाउने कुनै ग्यारेन्टी छैन ।

कर छल्ने प्रयासका विषयमा पनि उनले पाटाको बचाउ गर्न खोजे ।

पाटाले ‘ट्याक्स फ्री’ संस्थाको प्रमाणपत्र दिएकाले राजस्व विभागबाट अनुमतिको प्रक्रिया अगाडि नबढेको पनि रेग्मीले बताए । मार्टबाट भएको आम्दानीमा पर्यटन बोर्डले पाउने हिस्साको भने कानूनअनुसार राजस्व बुझाउने उनको तर्क छ ।

नेपाल राष्ट्र बैंकले पनि पाटाले नेपालमा उठाउने शुल्कका विषयमा आफूहरूलाई कुनै जानकारी नभएको बताएको छ । 

नेपालमा हुने कुनै पनि गतिविधिका नाममा डलरमा शुल्क उठाउन नपाइने राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु सापकोटाले बताए ।

‘डलरमा त कुनै पनि कम्पनीले नेपालमा पैसा उठाउनै पाउँदैन,’ उनले भने, ‘नेपाली रुपैयाँ उठाएको छ भने पनि डलर साटेर बाहिर लैजान अनिवार्य अनुमति लिनुपर्छ ।’

पाटा नेपाल असन्तुष्ट

पाटाले यहाँ कार्यक्रम गर्दा आफूहरूसँग सहकार्य नगरिएको भन्दै पाटा नेपाल असन्तुष्ट छ । आफ्नै छाता संस्थाले गर्ने कार्यक्रममा कुनै सहकार्य र समन्वय नभएको भन्दै पाटा नेपालले असन्तुष्टि जनाएको हो ।

पाटा नेपालले छुट्टै हिमालयन ट्राभल मार्टको तयारी गरिरहेको छ । 

पाटा नेपालका अध्यक्ष विभुतिचन्द्र ठकुरीले आफू आयोजक संस्थाको बोर्ड सदस्य समेत भएकाले उक्त मार्टमा उपस्थित हुनै पर्ने बाध्यता रहेको गुनासो गरे ।

बाध्यात्मक उपस्थिति जनाउनु परे पनि आफूहरूसँग समन्वय नगरिएकोमा गुनासो रहिरहने उनको भनाइ छ । 

 

 

 

 


 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २७, २०८०

कास्कीको माछापुच्छ्रेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्‍ग्रा लिएर आए ।  बागलुङसम्म आउँदा उनले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गरे । बागलुङ, पर्वत, कास्क...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

एमाले–माओवादी ‘सजातीय’ गठबन्धन

एमाले–माओवादी ‘सजातीय’ गठबन्धन

फागुन २२, २०८०

वि.सं. २०७९ पुस १० गते गठन भएको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले आफ्नो प्राथमिकता तोक्यो– सुशासन, सामाजिक न्याय र समृद्धि । सोही मार्गचित्रका आधारमा सरकार अगाडि बढ्दै जाँदा सत्तागठबन्धन दलहरूबीच कार्यन...

कहाँ चुक्यौँ हामी ?

कहाँ चुक्यौँ हामी ?

फागुन १९, २०८०

हामी सबैको आकाश एउटै छ । धर्ती एउटै छ । हावा, पानी, माटो एउटै छ । अग्नि, वायु, सूर्य एउटै छ । जन्म प्रक्रिया एउटै छ, मरण प्रक्रिया एउटै छ । जीवन प्रक्रिया एउटै छ, जीवन प्रणाली एउटै छ । मांसपेशी प्रणाली एउटै छ ...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

x