×

Nic Asia
Dabur
Prabhu Bank

राजवंशी कोटामा जापान लैजाने भन्दै ४० जनाबाट साढे २ करोड उठाएका अजय पक्राउ

विराटनगर | जेठ ९, २०८०

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

राजवंशी कोटामा ४० जना राजवंशीलाई रोजगारीका लागि जापान लैजाने भन्दै आफन्तमार्फत रकम असुली गरेर सम्पर्कविहीन भएका १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

yONNEX
Frooti
Appy


जापान लैजाने भन्दै मोरङको सुनवर्षी नगरपालिका र कटहरीका ४० युवाबाट साढे २ करोड बढी रकम लिएर ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

यसरी पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका–६ का ३५ वर्षीया अजय राजवंशी रहेका छन् । मोरङ प्रहरीले ठगी आरोपमा विराटनगरबाट उनलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । 

पक्राउ परेका राजवंशीको ६ जनाको समूहले सुनवर्षी नगरपालिका र कटहरीका ४० बढी युवालाई जापान पढाउने भन्दै २ करोड ५३ लाख ७५ हजार रुपैयाँ असुली गरेका छन् । राजवंशीलाई १ जना युवाले जापान लैजाने सपना देखाएर १८ लाख रुपैयाँसम्म बुझाएको खुलेको छ । 


Advertisment
Lokantar App
Saurya island

१ वर्षअघि जापानमा बसेर नाता पर्ने सुरेन्द्र राजवंशी लगायत ४० जनालाई फोन गरेर जापान लैजाने भन्दै २ करोड ५३ लाख ७५ हजार रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।


मोरङ प्रहरीका अनुसार गिरोहका रन्जितकुमार राजवंशी, प्रमोदकुमार राजवंशी, विद्याकुमारी राजवंशी र अनुराधा राजवंशी फरार छन् । प्रहरीका अनुसार पीडित ४० जनाले अजयसहित ६ जनाविरुद्ध ठगी आरोपमा प्रहरीमा उजुरी दिएका थिए । तीमध्ये अजयका बुवा विशमलाललाई प्रहरीले पीडितको उजुरीलगत्तै नियन्त्रणमा लिएर सोधपुछ गरी हाजिरी जवानीमा छाडेको थियो । ४ वर्ष जापानमा बसेका अजयले जापानमै रहेको समयमा मोरङ र झापामा बसोबास गर्ने ४० जना राजवंशी परिवारलाई राजवंशी कोटामा रोजगारीका लागि जापान लैजाने भन्दै आफन्तमार्फत रकम असुली गरेर सम्पर्कविहीन भएका थिए । 

JYOTI
Vianet communication

यसरी ठगीएका थिए ४० युवा 

सुनवर्षी नगरपालिका–३ भेलाहीका ३६ वर्षीय मदनकुमार राजवंशी शिक्षक हुन् । उनले विराटनगरको एक निजी विद्यालयमा अध्यापन गराउँदै आएका छन् । उनकै साथी सुनवर्षी–३ का ३६ वर्षीय अजय राजवंशीले जापानमा मासिक साढे २ लाख रूपैयाँ कमाइ हुने सुनाएपछि उनले जापान जाने निधो गरे । मेनेजर पदमा जापान जाँदा १६ लाख रुपैयाँ लाग्ने अजयले उनलाई सुनाए । सोही अनुसार ऋण काढेर मदनले २ किस्ता गरी १६ लाख अजयलाई बुझाए । 

अजयले भनेका व्यक्ति फिरोद कार्कीको नाममा गत वैशाख १४ गते ५ लाख र २०६९ भदौ २७ गते रन्जीताकुमारी राजवंशीको नाममा ११ लाख रुपैयाँ मदनले बैंंकमा हालिदिएको भौचर सुरक्षित राखेका छन् ।

१६ लाख रुपैयाँ अजयलाई बुझाएपछि उनलाई भिसा पनि पठाइएको थियो । ढिलोमा गत कात्तिकसम्ममा जापान पठाउने वाचा गरिएको थियो । अजयले दिएको समय ३ पटक सरेको उनी बताउँछन् । पटक–पटक भाका सारेपछि गत मंसिरदेखि अजय सम्पर्कमा नआएको मदन कुमारले बताए । उनले पठाएको भिसा  पनि नक्कली भएको मदनले बताए । 

मोरङको कटहरी–३ हल्दीबारीका ३६ वर्षीय विवेक राजवंशीले मासिक ४ लाख रुपैयाँ कमाइ हुने आश्वासनमा १८ लाख पैसा अजयलाई बुझाए । उनले ४ किस्ता गरी १८ लाख रुपैयाँ अजयले भनेको व्यक्तिको नाममा बैंकमा जम्मा गरेको भौचर राखेका छन् । स्नातक उत्तीर्ण गरेका विवेकलाई पनि जापानमा मेनेजरमा पठाउने भनिएको थियो ।

‘जग्गा धितो राखेर ऋण खोजेर पैसा बुझाएँ,’ उनले भने, ‘विदेश पठाउने अजय सम्र्पकविहीन भएका थिए, अहिले पक्राउ परेका छन् ।’

जापान जान पाउने हल्लाले कतिले घरजग्गा बन्धकी राखेर साहुसँग रकम लिएका छन् । सयकडा ३–५ सम्मको ब्याजले उनीहरूको साँवा र ब्याज बढेको छ ।

झापाको कनकाई–१ क भवानी प्रसाद अधिकारीले ८ लाख रुपैयाँ बुझाएको बताए । ऋण काढेर वैदेशिक रोजगारको नाममा पढाएको पैसा कसरी फिर्ता ल्याउने र कसरी ऋण बुझाउने भन्ने चिन्ताले सताएको उनले सुनाए । 

मोरङका ४० र झापा १ जना गरी ४१ जना युवाहरूलाई वैदेशिक रोजगारको नाममा ठगेका अजय पक्राउ परे पनि उनका भाइ रन्जित, बुहारी अनुराधा र चितवनका राजेन्द्र अधिकारी फरार छन् । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १४, २०८०

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बाट नियन्त्रित लागूऔषध डाइजेपाम ४९ थान, नोर्फिन ४७ थान, फेनारगन ५० थान र नगद २५ हजार ५०० रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्व...

जेठ १३, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ । प्रहरीले शुक्रवार थप १ जनालाई पक्राउ परेपछि संख्या १७ पुगेको हो । पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेका जिल्ला प्रहर...

जेठ ११, २०८०

विराटनगरबाट २० तोला सुन र ३६ किलो चाँदीका गरगहना चोर्ने ३ जना पक्राउ परेका छन् । विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ...

जेठ ११, २०८०

जिल्ला प्रहरी कार्यालय पर्साले अनलाइनमार्फत सट्टाबाजी गर्ने ४ जनालाई पक्राउ गरेको छ । बुधवार वीरगञ्ज महानगरपालिका–१५ स्थित सञ्जय श्रीवास्तवको ३ तले पक्की घरको माथिल्लो तलाको उत्तरपट्टिको कोठामा अनलाइनमार्फत...

जेठ १२, २०८०

संखुवासभामा एक युवाले युवतीको हत्यागरी आफैंलाई खुकुरी प्रहार गरेका छन् । खाँदबारी नगरपालिका–१ का नन्दराम गदामले उनकै प्रेमिका भनिएकी एक युवतीको हत्या गरेका हुन् । हत्यापछि आफैँलाई खुकु...

जेठ १३, २०८०

झापामा घरेलु हतियारको प्रयोग गरी विगत १० महिनामा १२ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।  आर्थिक वर्ष २०७९ साउनदेखि २०८० वैशाखसम्ममा अधिकांशको आफन्तबाट हत्या भएको सो तथ्याङ्कल...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

जेठ १२, २०८०

हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...

नक्कली शरणार्थी प्रकरणका आरोपितहरूलाई नमेटिने ‘भ्रष्टाचारी दाग’

नक्कली शरणार्थी प्रकरणका आरोपितहरूलाई नमेटिने ‘भ्रष्टाचारी दाग’

जेठ १०, २०८०

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...

ad
x