×

NMB BANK
NIC ASIA

राउण्ड अप

सरसर्ती २४ घण्टा : रेशमलाई रिहा गर्ने तयारीदेखि ‘जनयुद्ध’ शब्दलाई लिएर संसदमा जुहारीसम्म

जेठ ९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध करीब २७ करोड बिगो कायम गरी मुद्दा चलाउनुपर्ने रायसहितको प्रहरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पुगेको छ ।
पक्राउ परेर हिरासतमा रहेका १६ र पक्राउ पर्न बाँकी १४ गरी ३० जनालाई प्रतिवादी बनाउनुपर्ने निष्कर्ष प्रतिवेदनमा रहेको प्रहरी र सरकारी वकिलको कार्यालय दुवैले पुष्टि गरे ।

Muktinath Bank

यसअघि ३२ जना प्रतिवादी रहेको भन्ने सूचना प्रहरीबाटै आएकोमा ३० जनालाई मात्र प्रतिवादी बनाउन राय पेश गरेको पाइएको हो । 
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले पनि प्रहरी प्रतिवेदनमा ३० जनालाई प्रतिवादी बनाउनुपर्ने निष्कर्ष रहेको लोकान्तरसँग बताए । 
००००
शरणार्थी प्रकरणमा संलग्न आरोपीविरुद्ध बुधबारसम्ममा अदालतमा मुद्दा दायर गर्ने तयारी भएको छ । 
प्रहरीले सोमबार बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन सकेर बुधबारसम्ममा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्ने तयारी भएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता नेउपानेले जानकारी दिए ।
००००
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले यसबीचमा मोबाइल नै परिवर्तन गरेको खुलासा भएको छ ।
खाँणको साथमा भेटिएको मोबाइल पहिले प्रयोग गर्ने गरेको भन्दा फरक रहेको पाइएको प्रहरी स्रोतले लोकान्तरलाई जानकारी दियो ।
००००
टीकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला हालै मात्र सर्वोच्च अदालतले सदर गरे पनि सरकारले उनलाई रिहा गर्ने तयारी गरेको छ ।
चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते राष्ट्रपतिबाट आममाफी दिलाउने प्रक्रिया अगाडि बढेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रेशमको कैद माफी मिनाहा गरी रिहाइका लागि प्रक्रिया अगाडि बढिसकेको छ । त्यसका लागि डिल्लीबजार कारागार कार्यालयमार्फत रेशम चौधरीले महान्यायाधिवक्ता कार्यालयमा पत्राचार समेत गरिसकेका छन् ।
००००
सरकारका नीति तथा कार्यक्रममा राखिएको जनयुद्ध शब्दलाई लिएर संसद्मा नेकपा एमाले र माओवादीका सांसदहरूबीच घोचपेच र जुहारी चलेको छ । माओवादी सशस्त्र संघर्षलाई जनयुद्धको भनेर लेखिएकोमा एमाले सांसदहरूले आपत्ति जनाएका थिए । 
सरकारका नीति तथा कार्यक्रममाथि सोमवार प्रतिनिधि सभामा भएको छलफलमा एमाले सांसद योगेश भट्टराईले माओवादी सशस्त्र संघर्षलाई जनयुद्ध मान्न नसकिने बताएका थिए ।
जवाफमा माओवादी सांसद माधव सापकोटाले योगेशलाई निष्ठा बन्दकी राख्ने बैगुनी कमरेड भनेर व्यंग्य गरेका हुन् । ‘बालाइ खुसी पार्न आफ्नो निष्ठा बन्दकी राखेर व्यंग्य गर्ने बैगुनी कमरेडलाई म भन्न चाहन्छु–जनयुद्ध त्यो महान क्रान्ति थियो । यो रोष्टमबाट गर्वका साथ जनयुद्ध जिन्दावाद भन्न चाहन्छु’ सापकोटाले भने । यसअघि माओवादीका सांसद देवेन्द्र पौडेललगायतले पनि योगेशको आलोचना गरेका थिए । 
००००
यसैगरी नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले भट्टराईलाई २०६५—६६ को नीति तथा कार्यक्रम स्मरण गराएका छन् । 
कांग्रेसले उक्त शब्द स्वीकार गरेको भन्दै ‘कांग्रेसको अन्त्य’हुन लागेको बताएपछि रिजालले सामाजिक सञ्जालमार्फत एमाले सम्मिलित सरकारको २०६५–६६ को नीति तथा कार्यक्रम अध्ययन गर्न सुझाएका हुन् । 
 रिजालले ‘जनयुद्ध शब्द हटाइयोस्’ भन्ने आफ्नो संशोधन प्रस्ताव एमाले समेतको मतबाट अस्वीकृत भएको बताए ।  
००००
सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा सत्तारूढ दलकै सांसदहरूले अविश्वास व्यक्त गरेका छन् । सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्ने सत्तारूढ दलका सांसदहरूले नै सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा विश्वस्त हुन नसकेको बताएका हुन् ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले वार्षिक नीति कार्यक्रमले देशकै भविष्य बिग्रने दाबी गरेका छन् । उनले नीति तथा कार्यक्रम पुर्नलेखन गर्न प्रधानमन्त्रीलाइ सुझाव दिए । 
यसअघि आइतवार एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि नीति तथा कार्यक्रम पुर्नलेखन गर्न माग गरेका थिए ।
००००
प्रहरी प्रधान कार्यालयले पाँच जना प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । प्रहरी आईजीपी बसन्त कुँवरले सोमबार पाँच प्रहरी उपरीक्षकहरुको सरुवा गर्ने निर्णय गरेका हुन् । 
प्रचलित नियमअनुसार तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी बसन्त रजौरे, नविनराज राई, चन्द्रदेब राई, राम प्रकाश शाह र अर्जुन प्रसाद तिमिल्सीनाको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
००००
यसैबीच प्रहरीका २२ प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको छ । जेठ ५ गतेको सचिवस्तरको बैठकबाट एसपीमा बढुवा भएकाहरूलाई प्रहरी प्रदान कार्यालयले सोमबार जिम्मेवारी प्रदान गरेको हो ।
००००
बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुरा जिल्लाको बिछिया वरपर केन्द्रविन्दु भएर सोमबार साँझ ६ बजेर ५४ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो ।
००००
कोशी प्रदेश सभाको बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 
जसअनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार नै प्रदेश प्रमुख प्रशुराम खापुङलाइ जानकारी गराइसकेका छन् ।
००००
सवारीसाधन चालक अनुमति पत्रको परीक्षा, वितरण, नवीकरण लगायतका कार्य गर्दै आएको यातायात व्यवस्था कार्यालय भक्तपुरले प्रदेश मन्त्रालयलाई पत्तै नदिई निजी क्षेत्रलाई परीक्षाको अनुमति दिएको छ । 
कार्यालयले सोमवारदेखि लागू हुने गरी मध्यपुरथिमि राधेराधेस्थित बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कूल प्रालिलाई सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको अनुमति दिएर परीक्षा सञ्चालन गरेको हो ।
००००
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले विद्यार्थीको ट्रान्सक्रिप्ट लगायतका विवरण अब प्रदेश कार्यालयबाट वितरण गर्ने भएको छ ।
००००
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमवार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त ३ जना मन्त्रीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका छन् । यद्यपि लुम्बिनी मन्त्रिपरिषद्ले अफै पूर्णता पाएको छैन । 
००००
जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन । संसदीय दलको नेता चयनका लागि गठित निर्वाचन समितिले सोमवार यादवलाई निर्वाचित भएको घोषणा गरेको हो ।
००००
आगामी महिना हुने आइसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार रोहित पौडेलको कप्तानीमा २२ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको हो ।
नेपाल एक हप्ताको बन्द प्रशिक्षणपछि अन्तिम तयारीको लागि दक्षिण अफ्रिका जानेछ । नेपालले एक हप्ताको तयारीपछि अन्तिम टोली घोषणा गर्नेछ । त्यसअघि नेपाली टोलीले मंगलवारबाट बन्द प्रशिक्षण शुरू हुने गर्ने छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x